बाढीले काठे पुल बगाए पछि उत्तरी गाउसग सम्पर्क विच्छेद

धादिङ, ४ साउन । विकट उत्तरी धादिङको खनियावास गाउँपालिका–२ क्यूङ गाउँबाट अन्य गाउँतर्फ जाने एक मात्र काठेपुल बाढीले बगाएपछि सो गाउँको अन्य गाउँसँग सम्पर्क विच्छेद भएको छ । केही दिनदेखिको लगातारको वर्षाले मुङगङ खोलामा रहेको काठेपुल बगाएपछि एक सातादेखि गाउँमा आवतजावत बन्द भएको खनियावास गाउँपालिका–२ नम्बर वडाध्यक्ष टेकबहादुर तामाङले बताए। ६३ घरधुरी रहेको सो विकट […]

कास्कीमा सडक कालोपत्रे गरिदै

कास्की, ४ साउन । कास्की जिल्लाको भौगोलिक हिसाबले सानो एवं प्रकृति सौन्दर्यले भरिपूर्ण रुपा गाउँपालिकामा सर्वोत्कृष्ट अस्फाल्ट  प्रविधिबाट सडक कालोपत्रे गरिने भएको छ । दुई वर्षअघि ट्रयाक खोलिएको रामकोट–रामदी सडक रु सात करोड ३५ लाखको लागतमा पक्की गरिने भएको छ । पाँच दशमलभ एक किलो मिटर लम्बाइ र छ मिटर चौडाइको एकतर्फी ढलसहितको सो सडक […]

भक्तपुरमा जुवातास खेल्ने १६ पक्राउ

भक्तपुर,४ साउन । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा दुई ठाउँबाट १६ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायकस्थित हरिबहादुर खड्काको घरमा गए राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले नगद रु एक लाख ३३ हजार ३५० र रु ३४ लाख ३० हजारको विभिन्न […]

सीपमूलक तालीमबाट स्वरोजगार बन्दै युवा

बाँके, ४ साउन । नेपालगञ्जस्थित व्यावसायिक तथा सीप विकास तालीम केन्द्रले प्रदान गर्ने सीपमूलक तालीमप्रति बेरोजगार युवाको आकर्षण देखिएको छ । केन्द्रबाट प्रदान हुने विभिन्न समयावधिका तालीममा यस क्षेत्रको बाँके, बर्दियालगायत टाढा–टाढाबाट समेत युवाहरु आउने गरेको केन्द्रका प्रमुख जेन्टिल गौतमले बताए । उनले तालीम केन्द्रले तालीममार्फत वर्षेनी सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्दै आएको जानकारी दिँदै […]

लोकसेवाको परीक्षा बिथोल्न खोज्ने चार जना पक्राउ

खोटाङ, ४ साउन । लोकसेवा आयोगको परीक्षा विथोल्न खोजेको भन्दै प्रहरीले खोटाङमा आज बिहान चार जनालाई पक्राउ गरेको छ । खाेटाङकाे सदरमुकाम दिक्तेलमा शनिवार बिहान भएको आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर विथोल्न खोजेको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङका सचिव रवीन खम्बु, सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन […]

छात्रालाई आत्मरक्षा तालिम दिने क्रम बढ्दो

बाँके, ४ साउन । महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई आत्मरक्षाको प्रशिक्षण दिइएको छ । बाँके जिल्ला खेलकूद विकास समितिको समन्वयमा राष्ट्रिय खेलकूद परिषद्ले राष्ट्रपति खेलकूद महिला सहभागिता अभिवृद्धि कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत १५० छात्रालाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिएको छ । समितिका अध्यक्ष आतङ्क बस्नेतले खेलकूदको माध्यमबाट महिलामाथि हुने हिंसा न्यूनीकरण र […]

दिनमा ३० मिनेट खर्च गर्नुहोस जीवनमा परिवर्तन आफैले देख्नुहोस (भिडियो सहित)

योगा गर्न को लागि सबै भन्दा आवश्यक कुरा तपाईं को शरीर र मन हो । योग ले शान्ति दिन्छ । जब तपाईं आफै भित्र शान्ति हुन्छ तब तपाईं अरूसित शान्ति संग बाँच्न सक्नु हुन्छ । यांत्रिक अभ्यास भन्दा ज्ञान राम्रो हो । ज्ञान भन्दा राम्रो ध्यान हो । योग स्वतंत्रता को बाटो हो , योग […]

सडक संजाल पुगे पनि हवाई चापमा कमि आएन

डोल्पा,३ साउन। डोल्पालाई सडक सञ्जालले जोडे पनि हवाई जहाजमार्फत यात्रा गर्ने यात्रुको चापमा कमी आएको छैन । जुफालस्थित विमानस्थलमा नेपाल वायुसेवा निगम, तारा एयर, समिट एयर र सीता एयरले उडान भर्ने गरेका छन् । जति जहाजले उडान भरे पनि यात्रुको चाप भने थेगी नसक्नुभएको युना ट्राभल्सका प्रतिनिधि श्रीया डाँगीले बताइन । जाजरकोट–डोल्पा सडक सञ्जालभित्र अस्थायी […]

१० वर्ष पछि बल्ल बन्यो माडी पुल

रोल्पा, ३ साउन । शिलान्यास गरेको १० वर्षपछि रोल्पाको माडी खोला पुलले बल्ल पूर्णता पाएको छ । रोल्पाको पश्चिम भेगलाई जिल्ला सदरमुकामसँग जोड्ने उक्त पुल निर्माणपछि जिल्लाका आधा दर्जनभन्दा बढी गाउँपालिकामा आवतजावत गर्न सहज हुने भएको छ । पहिलो निर्माण व्यवसायीले काम गर्न नसकेको भन्दै सरकारले दोस्रो पटक बोलपत्र आह्वान गरी अर्को निर्माण व्यवसायीलाई उक्त […]

ठूला उद्योगीलाई मात्र भिसीटिएस लागु गर्न माग

सप्तरी, ३ साउन । सप्तरीका उद्योगी व्यवसायीहरुले सरकारले मालवाहक सवारीसाधनलाई विद्युतीय माध्यमबाट ट्र्याकिङ गर्ने गरी ल्याएको भेइकल एण्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भिसीटिएस) ठूला उद्योगीहरुमा मात्र लागू गर्नुपर्ने माग गरेका छन् । सप्तरी उद्योग वाणिज्य सङ्घले बिहीबार सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मझौला तथा साना उद्योगी व्यवसायीका हकमा भिसीटिएस खारेज […]