काठमाडौँ, ४ साउन । नेपाल चेम्बर अफ कमर्शले आर्थिक विधेयकमा राखिएका केही प्रावधानले व्यावसायिक उन्नयनमा कठिनाइ ल्याउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी आर्थिक क्षेत्रमा देखिएका विद्यमान व्यावसायिक कठिनाइ तथा ढुवानी व्यवसायका समस्याबारे जानकारी गराएका थिए। चेम्बरले ठूलास्तरका उद्योगबाट उत्पादित वस्तुको ढुवानीमा ‘भेइकल […]
Author: Sanjeep Ghimire
सांसदहरु बाढी प्रभावित क्षेत्रमा
धनुषा, ४ साउन । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकारले बाढीपीडित समक्ष राहत पु¥याउन नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि बनाएको उपसमितिका सदस्यसमेत रहेका महतोले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग समेत गरे । विस्थापितको पुनःस्थापना गर्न उहाँले सरकारसँग माग गरे […]
सर्पले डस्दा एक जनाको मृत्यु
गौशाला, ४ साउन । महोत्तरीको बर्दिवास नगरपालिका–२ मा सर्पले डस्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४५ वर्षीय शिवनाथ महतो रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । बर्दिवास–४ मा चिया पसल सञ्चालन गर्दै आएका महतोलाई पसलमै सर्पले डसेको हो । उनको उपचारका क्रममा बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा मृत्यु भएको […]
म जेल जान तयार छु – प्रियङ्का गान्धी
मिर्जापुर, भारत, ४ साउन । भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएकी छिन् । गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उनले यस्तो बताएकी हुन् । “पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु,” उनले ट्विटरमा लेखेकी छिन । उनले […]
प्रदेश २ का २८ छात्रछात्रालाई आन्द्रप्रदेश सरकारले छात्रवृत्ति दिने
जनकपुर,४ साउन । प्रदेश नं २ सरकारको सिफारिसमा भारतको आन्ध्र प्रदेश काकिनाडास्थित आदित्य एजुकेशनल इन्स्टिच्युसनले २८ जना छात्रछात्रालाई पूर्ण छात्रवृत्ति दिने भएको छ । इन्स्टिच्युसनले प्रदेश सरकारको सिफारिसमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत प्रदेश नं २ का १८ छात्रा तथा शहीद परिवार सम्मान कार्यक्रमअन्तर्गत १० जना छात्र–छात्रालाई सिभिल, मेकानिकल, कम्प्युटर साइन्स, इन्फोेरमेशन टेक्नोलोजी, माइनिङ, पेट्रोलियम, […]
भरतपुरमा एक वडा एक रङ लागु गरिने
चितवन, ४ साउन । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार यसै आर्थिक वर्षबाट निर्माण हुने तथा निर्माण भइसकेका भवनमा तोकिएको रङ लगाई सकेपछि मात्र भवन निर्माण […]
कालोपत्रे गरेको एक महीनामै उप्कियो
गलकोट, ४ साउन । बागलुङको दक्षिण क्षेत्र जैमिनी नगरपालिकाको केन्द्र कुस्मिशेरा जाने सडक कालोपत्रे गरेको एक महीनामै उप्किएको छ । रु दुई करोडको लागतमा गुङ्दी खोला–कुस्मिशेरा सडकखण्डको १६६० मिटर लम्बाइ तथा ३.७५ मिटर चौडाइ कालोपत्रे गरेको सडक एक महीनामै उप्किएको छ । केन्द्र सरकारको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकद्वारा विनियोजित रु […]
वर्षाले सडक निर्माण प्रभावित
मकवानपुर, ४ साउन । सडक दायाँबायाँ २५ मिटर फराकिलो बनाउने काम वर्षाका कारण रोकिएको छ । वर्षाका कारण विभिन्न ठाउँमा भएको सडकको अवरोध खुलाउन एक्साभेटर प्रयोग गर्नुपरेकाले डिभिजन सडक कार्यालयले सडक विस्तार अभियान रोकेको हो । गत असार २३ गतेबाट मकवानपुरको लोथरबाट सडक विस्तार शुरु गरिएको थियो । असार २६ गते रातिदेखि अविरल वर्षाका कारण […]
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध
काठमाडौँ, ४ साउन । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिकामी जनताको आस्थामा आघात पारेको जनाएको छ । महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै बुद्धको पवित्र जन्मभूमि परिसर क्षेत्रबाट हिंसात्मक गतिविधिसहित अशान्ति मच्चाउने निस्किृष्ट कार्य हुनु क्षोभपूर्ण घटनाले […]
अफगानिस्तानमा सेनाको कारबाहीमा २४ जना विद्रोही मारिए
कान्दहार, ४ साउन । अफगानी सुरक्षा फौजको कारबाहीमा उरुग्जान प्रान्तमा कम्तीमा २४ जना तालिबान लडाकू मारिएको सेनाले जनाएको छ । सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट अरु १७ जना लडाकू घाइते भएका छन् । सेनाका प्रवक्ता सेलाबले एक विज्ञप्ति प्रकाशन गरी गोप्य सूचनाका आधारमा सेनाले कारबाही प्रहार गरेको बताए । तर वक्तव्यमा उक्त क्षेप्यास्त्र अफगान सेनाले गरेको […]