प्रवेश पत्र उपलब्ध गराईदिने भन्दै विद्यार्थीसँग घुस लिदै गर्दा रंगेहात हेडमास्टर पक्राउ

जनकपुरधाम, ५ चैत । धनुषामा विद्यार्थीसँग घुस लिने हेडमास्टर रंगेहात पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतोलाई अख्तियारले विद्यालयबाटै घुसहित पक्राउ गरेको हो । बिहीबारदेखि सुरु हुन लागेको एसईई परीक्षाको फारम अघि नभरेको बहानामा प्रवेश पत्र उपलब्ध गराउन एक परीक्षार्थीबाट घुस लिँदै गर्दा उनलाई पक्राउ गरिएको छ […]

एनआरएनए स्पेनले भन्यो ‘ संकट्को समयमा सहयोगको लागि तयार छौं’

५ चैत, । गैरआवासी नेपाली संघ स्पेनले कोरोनाको कारणले त्रासमा रहेका स्पेनवासी नेपालीका लागि सहयोग गर्न तयार रहेको बताएका छन् । एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङ सहितको टिमले यस आपतिकालिन अवस्थमा आफूहरु सहयोग गर्न तयार रहेको भन्दै एक सूचना जारी गरेका छन् । ‘हामीहरू केही समयदेखी कोरोनाको महामारीबाट त्रसित छौ । हालसम्म हामी नेपालीहरू सुरक्षित […]

दुई साताका लागि नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक

काठमाडौँ,५ चैत । कोरोना भाइरस ९कोभिड–१९० को जोखिम नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले चैत ५ गतेदेखि १८ गतेसम्म नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो । मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले बुधबारदेखि लागू हुने यो नियम आगामी मार्च ३१ वा चैत १८ गतेसम्म लागू हुने जनाएको छ । मलेसिया सरकारले लगाएको प्रवेश रोकले नेपाली […]

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर, ५ चैत । चैत ६ देखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलि भोलि चैत ६ देखि शुरु भई १७ गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । यस वर्षको एसइई परीक्षामा कूल चार लाख ८२ […]

नेपाल मात्रै (कोभिड-१९) संक्रमणलाई पूर्ण समाधान गर्ने देशको सूचिमा

काठमाडौं, ५ चैत्र । चीनको हुवानबाट फैलिएको कोरोना भाइरस अर्थत् (कोभिड-१९) अहिले विश्वको १६५ देशमा फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको छ । कोरोना भाइरसको तीव्र रूपमा फैलिरहँदा विभिन्न देशले संक्रमणलाई समाधान गर्नको लागि विभिन्न सतर्कता अपनाएको छ । स्रोत, साधनले सम्पन्न देशहरुले कोरोना भाइरसको संक्रमण केही समाधान गरेको […]

उकालो लाग्यो सुनको मूल्य कति पुग्यो तोलाको हेर्नुहोस!

काठमाडौँ, ५ फागुन । केही दिनदेखि ओरालो लागेको सुनको मूल्य बुधबार फेरि एक हजार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा एक हजार रुपैयाँले बढेर ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार […]

कुन ब्लड ग्रुपलाई कोरोनाको संक्रमण बढी खतरा, कुनलाई कम ? हेर्नुहोस!

हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्ट समाचारपत्रका अनुसार (कोभिड-१९) को उदगम थलो हुवेई प्रान्तको वुहान र सेन्जनमा गरिएको अध्ययनले ब्लड ग्रुप ए भएका मानिसमा यसको संक्रमण धेरै देखिने र रोग लागिसकेपछि अवस्था पनि गम्भीर हुने देखिएको छ। अर्कातिर ब्लड ग्रुप ओ भएका मानिसमा भने कोरोनाको संक्रमण कम हुने अध्ययनको प्रारम्भिक निष्कर्ष छ । वुहान […]

पाल्पा रामपुरबाट ५ जना जुवाडे पक्राउ

पाल्पा, ५ चैत । पाल्पा जिल्लाको रामपुर नगरपालिका–७, डुम्रीगाउँस्थित यमबहादुर सारुको घरमा जुवा–तास खेलिरहेको सूचना प्राप्त गर्नासाथ ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी सहायक निरीक्षक श्रवणकुमार थापाको कमाण्डमा पुगेको टोलीले ४१ हजार ४ सय २२ रुपैयाँ नगद, ३ गड्डी तास सहित पाँच जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पक्राउ पर्नेमा घरधनी यमबहादुर […]

इटलीमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २ हजार ५ सय नाघ्यो

काठमाडौं, ५ चैत । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड-१९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट पछिल्लो समय इटलीमा ज्यान जानेको संख्या २ हजार ५ सय नाघेको छ । इटलीमा बितेको २४ घण्टामा थप ३ सय ४६ कोरोना संक्रमितको ज्यान […]

ट्रकभित्र किशोरीमाथि सामूहिक बलात्कार

काठमाडौं, ५ चैत । तीनथानामा रोकिराखिएको ट्रकभित्र किशोरी बलात्कृत भएकी छन् । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५, मा किशोरी बलात्कृत भएकी हुन । घटनालगत्तै प्रहरीले त्यसमा संलग्न दुई किशोरसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । तीनथानाको सडक किनारामा पार्किङ्ग गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्र १७ वर्षीया किशोरी बलात्कृत भएकी हुन् । महानगरीय प्रहरी वृत्त […]