काठमाडौँ, ५ फागुन । केही दिनदेखि ओरालो लागेको सुनको मूल्य बुधबार फेरि एक हजार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा एक हजार रुपैयाँले बढेर ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार रुपैयाँले बढेर ७६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।