पर्सामा थप २१ जना कोरोनामुक्त, अस्पतालबाट फर्किए घर

काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिकाका २१ संक्रमित कोरोना जितेर घर फर्किएका छन् । नारायणी अस्थायी कोभिड अस्पतालबाट गएराती साढे १० बजे २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार पछिल्लो दुईवटा पीसीआर रिर्पोट नेगेटिभ आएपछि २१ जनालाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा ४ […]

आफ्ना मागप्रति ध्यानाकर्षण गराउँदै शिक्षकहरुले पठाए ७७ जिल्लाकै सांसदलाई पत्र

काठमाडौं । शिक्षकहरुले ७७ वटै जिल्लाका सांसदहरुलाई आफ्ना माग समेटेर पत्र पठाएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनले शुरु गरेको डिजिटल आन्दोलन अन्तर्गत ७७ जिल्लकै शिक्षकहरुले मंगलवार  आ–आफ्ना क्षेत्रका सांसदहरुलाई पत्रलेखेका हुन् । संसदमा वजेट भाषण र त्यसमाथिको छलफलको पूर्व सन्ध्यामा शिक्षकहरुले आ–आफ्ना क्षेत्रका सांसदहरुलाई सम्बोधन गर्दै लेखिएको पत्रमा भनिएको छ– भोकोपेटले गुणस्तरीय शिक्षा […]

भक्तपुरमा टिपरको ठक्करबाट डिउटीमा रहेका प्रहरीको मृत्यु

भक्तपुर । भक्तपुरको नयाँठिमी चोकमा टिपरको ठक्करबाट डिउटीमा रहेका प्रहरीको मृत्यु भएको छ । सोमबार राती साढे ९ बजे काठमाडौंबाट भक्तपुर तर्फ आउँदै गरेका दुई टिफरहरु एकआपसमा ठक्कर खाँदा महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत प्रनानि निम बहादुर घर्तीको मृत्यु भएको हो । मध्यपुर ठिमी नपा ४ नयाँ ठिमी चोकमा काठमाडौंबाट भक्तपुर आउँदै गरेको बा ४ […]

हेर्नुहोस् प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाईंमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौं । यसै क्रममा मुलुक ६३ दिनदेखि लकडाउनमा छ । कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीन जना नागरिकको दुःखद् निधन भएको छ । उहाँहरूसहित […]

विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएकालाई रोजगारीको अवसर उपलब्ध गराइने छ– प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएकाहरुलाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराइने बताएका छन् । मुलुकमा विद्यमान र यस्ता विभिन्न ढङ्गले सिर्जना भएको रोजगारीको अवसर उनीहरुलाई उपलब्ध गराउने उनले बताए । सोमबार राष्ट्रका नाममा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले ‘श्रम गर्नै नसक्नेलाई राहत दिऊँ, बाँकी सबैलाई काम दिऊँ र आर्थिक रुपमा […]

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले समयमै उद्दार गर्छ – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्ने स्पष्ट पारेका छन् । सरकारले कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजना सहितको आदेश तत्काल जारी गर्ने उनले बताए । सोमबार राष्ट्रका नाममा सम्वोधन गर्ने […]

कोरोना विरुद्धको हाम्रो लडाइँ निकै चुनौतीपूर्ण र लामो छ– प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको लडाइँ निकै चुनौतीपूर्ण र लामो रहेको भन्दै नेपाल र नेपालीले यसलाई पराजित गर्ने विश्वास व्यक्त गरेका छन् । सोमबार राष्ट्रका नाममा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस महामारीलाई नियन्त्रण गर्न प्रारम्भिक दिनका तयारीमा केही अलमलजस्तो देखिएतापनि हालसम्म आइपुग्दा सरकारले लिएका कदमहरु सफल भएका बताए । लकडाउनले […]

थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौँ । नेपालमा थप ७२ जनामा कोरोना भाइरसको संक्रमण पृष्टि भएको छ । यो संँगै संक्रमित हुनेको संख्या ६ सय ७५ पुगेको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सुनसरी, बर्दिया, बाँके र दैलेखका […]

थप १९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौं । आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार दिउँसो थप १९जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका अनुसार  प्रादेशिक जनस्वास्थ्य प्रयोग शाला विराटनगरमा गरिएको परिक्षणमा मोरङ बाह्रदशी ३ का ४५ वर्षीय पुरुष […]

शिक्षक कर्मचारीका मागप्रति शिक्षा मन्त्रालय निरिह भएपछि सिधै प्रधानमन्त्रीको ध्यानाकषर्ण

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले डिजिटल आन्दोलनमार्फत् शिक्षा वजेट २० प्रतिशत पुर्याउँदै इसिडि शिक्षक एवं विद्यालय कर्मचारीहरुको सुविधा बढाउन माग गरेको छ । साथै, निजी विद्यालयमा कार्यरत डेढलाख बढी शिक्षकहरुको सामाजिक सुरक्षा कोष लागु गर्नुपर्ने संगठनको मान रहेको छ । इसिडि शिक्षक र विद्यालय कर्मचारीको श्रम ऐनले तोके वमोजिम तलवभत्ता र दरवन्दी सिर्जना […]