बुटवल । रुपन्देहीको एक क्वारेन्टाइनभित्र भएको कुटपिटमा एक व्यक्ति घाईते भएका छन् । जिल्लाको मझगाँवा माविको क्वारेनटाइनमा एक व्यक्तिलाई त्यहाँ रहेका ४ जनाले कुटपिट गरेका हुन् । कुटपिट हुने क्वारेन्टाइनमा १५२ जना रहेका छन् । कुटाईबाट घाईते हुने र कुटने व्यक्तिहरु सबै स्थानीय नै हुन् । भारतबाट आएका उनिहरुलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ । कुटाईबाट […]
Author: Roshan
सङ्क्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ र शङ्कास्पदको परीक्षण चुनौतीपूर्ण
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस सङ्क्रमित भेटिएको क्षेत्रका जनप्रतिनिधिहरूले सङ्क्रमितहरूको सम्पर्कमा रहेका सबै व्यक्तिहरूमा सङ्क्रमण छ कि छैन भन्ने पत्ता लगाउने कार्य “निकै चुनौतिपूर्ण देखिएको” बताएका छन्। कतिपय सङ्क्रमितहरूले ‘आफ्नो सम्पर्कमा रहेका व्यक्ति र आफ्नो यात्राबारे गलत विवरण दिँदा’ तथा परीक्षण किटको अभावले यस्तो अवस्था आएको उनीहरूको भनाइ छ। सङ्क्रमित भेटिएको क्षेत्रका बासिन्दाले पनि सङ्क्रमितको […]
थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो
काठमाडौँ । शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा बैतडीका ४, झापाका १, बाँकेका २७, बर्दियाका १ […]
३२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५ सय ४८ पुग्यो
काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय ४८ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ४८ पुगेको हो । शनिबार संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही, चितवन र […]
नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित
काठमाडौँ ।सरकारले जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशित भएको छ । शुक्रबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यसलाई राजपत्रमा प्रकाशित गरेको हो । भारतले अतिक्रमण गर्दै आएको लिपुलेक, कालपानी र लिम्पियाधुरालाई समेटेर सरकारले बुधबार नयाँ नक्सा जारी गरेको थियो । मन्त्री स्तरीय निर्णय गरी शुक्रवार नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न मुद्रण विभागमा […]
थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५१६ पुगे
काठमाडौं । शुक्रबार राति थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मकवानपुर हेटौडा–३ की महिला र […]
संसदमा दर्ता भयो संविधान संशोधन प्रस्ताव
काठमाण्डौँ । सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक संसद सचिवालयमा दर्ता गर्नुभएको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो […]
थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो
काठमाडौं । नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसबाध चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला रहेका छन् । त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका ५ र […]
थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो
काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन्। बिहीबार बिहान नयाँ संक्रमित थपिएसँगै कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४४४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित थपिएको जानकारी दिए। अधिकारीकाअनुसार झापा, कचनकवल गाउँपालिका-३, ६, ८ निवासी […]
थप २५ जनामा कोरोना संक्रमण पृष्टि, संक्रमित ४२७ पुगे
काठमाडौं । नेपालमा आज (बुधबार) थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससंगै संक्रमितको संख्या ४२७ पुगेको छ । आज (बुधबार) बाँकेमा ६ जना, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ जना र पश्चिम नवलपरासीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । बाँकेमा ६ […]