पेट्रोलियम पदार्थमा कालोबजारी गर्नेलाई जनकारवाही गर्ने नेकपाको चेतावनी (विज्ञप्तिसहित)

बुटवल ।  नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद्ले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने पेट्रोल पम्प सञ्चालनहरुलाई कारवाही गर्ने जनाएको छ । अवध स्वायत्त प्रदेश अन्तरगत कपिलवस्तु जनपरिषदले मंगलबार एक विज्ञप्ति जारी गरेर पेट्रोलियम व्यवसायीहरुले योजनावद्धरुपमा नाफा र कमिशन थुपार्ने उद्देश्यले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्दै जनाउँदै जनकारवाही गर्ने चेतावनी दिएको […]

जलेश्वरका सातजना वडाध्यक्ष आन्दोलनमा, माग पुरा नभए आमरण अनशनमा बस्ने चेतावनी

गौशाला ।  महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका सातजना वडाध्यक्ष नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रेका छन् । जलेश्वर नगरपालिकाका–१ का वडाध्यक्ष अनिल कुमार झा, वडा नं २ का बरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का रामछविला यादव, ८ का विजय सिंह, ९ का रवीन्द्र यादव र १० का विकाउ दास आन्दोलनमा उत्रेका छन् । उनीहरुले मंगलबार साँझ पत्रकार […]

साइपालका कार्यकारी अधिकृतमाथि नेकपाले यसकारण गर्‍यो जन कारवाही

बझाङ ।  नेपाल कम्युनिस्ट पार्टीले जिल्लामा एक अधिकृतलाई कालोमोसो दलेको छ । बझाङको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीले भ्रष्टाचार गरेको र सहुलियतमा आएको चामल यार्सा गुम्बा टिप्नेलाई बेचेकोले नेकपाले कालोमोसो दलेको हो । जोशीले सोही गाउँपालिकाको लागि आएको २ हजार कुइन्ट चामलमध्ये १५ सय कुइन्टल चामल लेकमा यार्सागुम्बा टिप्न गएकाहरुलाई राईढुङगी वनमा लगेर बेचेको […]

विश्वकप फुटबल: अर्जेन्टिना र मेसीलाई आज अन्तिम मौका

काठमाडौं । रुसमा जारी विश्वकपमा अर्जेन्टिना खराब खेलबाट ग्रज्रिरहेको छ । विश्वकै स्टार खेलाडी लियोनल मेसीको टोली अर्जेन्टिना एउटामा अनेपिक्षित हार र अर्कोमा बराबरीको दबाबमा छ । त्यसैले उसलाई मंगलबार (आज) राति ११ः४५ मा हुने समूह चरणको अन्तिम खेल जित्नैपर्ने दबाब छ । नत्र उसको विश्वकप यात्रा र मेसीको सपना यहीबाट तुहिने छ । मंगलबार […]

पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको मृत्यु

बाग्लुङ । भीषण वर्षापछि गएराति पहिरोले घर भत्काउँदा बाग्लुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेका बेला एक्कासी खसेको ठूलो पहिरोमा परी उनीहरुको मृत्यु भएको हो । […]

महोत्तरी । महोत्तरी जिल्लाको औरही नगरपालिका–२ फुलबरिया गाउँकी एक बालिका घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बलात्कृत भएकी छिन् । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टका अनुसार आइतबार साँझ स्थानीयवासी एक १३ वर्षीया बालिका घर नजिकै भएर बग्ने जंघा खोलामा भाँडा धुन गएका बेला दुईजना युवकले सामूहिक बलात्कार गरेको आरोप लगाइएको […]

अखिल क्रान्तिकारीको कैलाली संयोजकमा बबरजङ चयन

धनगढी ।  अनेरास्ववियु (क्रान्तिकारी) को कैलाली संयोजकमा बबरजङ सिंह चयन भएका छन् । आइतबार बसेको जिल्ला समितिको बैठकले सिंहको संयोजकतत्वमा २९ सदस्यीय जिल्ला समिति चयन गरेको छ । त्यस्तै बैठकले रमेश साउदलाई सहसंयोजक चयन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको बैठकले यही असार ३० गते संगठनको जिल्ला सम्मेलन गर्ने निर्णय पनि गरेको […]

असार २२ गते नेकपाको विशाल जनसभा, क-कसले गर्दैछन् सम्बोधन ?

मुगु ।  नेपाल कम्युनिस्ट पार्टीले यही असार २२ गते जिल्लामा जनसभा गर्ने भएको छ । कर्णालीमा ‘एकीकृत जनजागरण अभियान’ संचालन गरेको नेकपाले विभिन्न ठाउँमा जनसभा तथा घरदैलो अभियान जारी राखेका छ । जिल्ला पार्टीको आयोजनमा मुगुको जिल्ला सदरमुकाम गमगढीमा विशाल जनसभाको आयोजना गरेको हो । स्थानीय जनप्रतिनिधिले गरेका भ्रष्टाचारको लिष्ट तयार गर्दै गरेको नेकपाले जनसभाबाटै […]

४ ठाउँमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्डका, आवागमन ठप्प

चितवन । असार लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध हुन पनि सुरु भएको छ । आइतबार राति मात्रै विभिन्न ४ स्थानमा पहिरो खस्दा सोमबार बिहानैदेखि सवारी आवागमन अबरुद्ध बनेको छ । सडकखण्डको जलवीरे, कालिखोला, चारकिलो र ३ नम्बर पुललगायतका स्थानमा पहिरो खस्दा सडक अबरुद्ध बनेको हो । प्रहरीले पूरै पहिरो पन्छाउन अझैं केही घण्टा लाग्ने जनाएको […]

विश्वकपबाट पोल्याण्ड बाहिरियो, कोलम्बियाको सम्भावना जिवितै

काठमाडौं । युरोपेली टोली पोल्याण्ड विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । आइतबार राति कोलम्बियासँग पराजित भएपछि पोल्याण्ड विश्वकपको समूह चरणबाट बाहिरिने निश्चित भएको हो । पहिलो खेलमा सेनेगलसँग २–१ ले पराजित भएको पोल्याण्डले कोलम्बियासँग ३–० गोलको पराजय ब्यहोर्यो । पोल्याण्डले समूहको २ खेलबाट अंक जोड्न सकेको छैन भने आजको जितपछि कोलम्बियाको ३ अंक भएको छ […]