कसले खाइदियो नेपाली सेनाको २९ करोड ?

काठमाडौं ।  नेपाली सेनाले विभिन्न बैंक तथा वित्तीय संस्थामा राखेको २९ करोड रुपैयाँभन्दा बढी निक्षेप असुल्न गरेको छैन । कर्जा अपचलन अभियोगमा सञ्चालक तथा कर्मचारी पक्राउ परेसँगै राष्ट्र बैंकको हस्तक्षेपपछि खारेजी प्रक्रियामा रहेका तथा खारेज भएका बैंक वित्तीयसंस्थाबाट सेनाले करिब २९ करोड रुपैयाँ निक्षेप उठाउन नसकेको हो । कारोबार दैनिकले समाचार छापेको छ । सैनिक […]

अब गोपनीयता भंग गरे कैद, सार्वजनिक पदाधिकारीको विवरण पनि गोप्य राखिने

काठमाडौं ।  राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक–फरक विषयवस्तुलाई समाचारको रुप दिएर छापेका छन् । सवा चार लाखको घरमा गोबरग्यास पुर्याउने भनेर प्रधानमन्त्रीले व्यक्त गरेको प्रतिबद्धतादेखि संसदमा दर्ता भएको गोपनीयता र शिक्षा विधेयकसम्मका विषयवस्तुमाथि पत्रपत्रिकाहरुले समाचार लेखेका छन् । सरकारी टोलीको अनुगमनविरुद्ध उत्रेका कालीमाटीका तरकारी व्यवसायीले मंगलबजार बजार ठप्प पारेका छन् । यो विषयलाई […]

प्रधानमन्त्री खान सरकारी निवासमा नबस्ने, गाडी पनि लिलामी गरिदिने

काठमाडौं । पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खान सरकारी निवासमा नबस्ने भएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै खानले राज्यको खर्च कम गर्न आफ्ना सेवासुविधामा कटौती गर्न लागेको बताए। आफूले बानिगालास्थित आफ्नै घरमा बस्न चाहेको भए पनि सुरक्षा अधिकारीहरुले खतरा देखाएकाले सैनिक सुरक्षा भएको घरमा बस्नुपरेको उनले बताएका छन्। उनी अब इस्लामवादको तीन बेडरूम भएको एउटा घरमा […]

निर्मला हत्या प्रकरणः कंचनपुर तनावग्रस्त, प्रहरीद्वारा ८ राउन्ड अश्रुग्याँस प्रहार

कञ्चनपुर । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै स्थानीयले आन्दोलन गरेपछि तनाव सिर्जना भएको छ । प्रहरीले ‘नक्कली’ अभियुक्त सार्वजनिक गरेको विरोधमा स्थानीय वासिन्दाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि स्थानिले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनमा उत्रिएको भीड नियन्त्रण गर्न भन्दै प्रहरीले ८ राउन्ड अश्रुग्याँस […]

यी हुन बलात्कारपछि निर्मलाको विभत्स हत्या गर्ने दिलिप, दिए यस्तो बयान

काठमाडौं । प्रहरीले कंचनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको छ । हत्या भएको २६ दिनपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका भीमदत्त नगरपालिका-१९ बस्ने दिलिपसिंह विष्ट ‘मानसिक सन्तुलन गुमाएका’ व्यक्ति रहेको र भिनाजुको हत्यामा ९ वर्ष जेल बसेर जेठ ०७४ मा छुटेको […]

ओली-प्रचण्डका मेयरले बढाएको कर काँग्रेसबाट निर्वाचित वडा अध्यक्षले उल्टाए

काठमाडौं । जनताको ढाड सक्नेगरी केपी-प्रचण्डको ठाडो निर्देशनमा अत्यधिकरुपमा बढाइएको करको जताततै विरोध भैरहेको बेला धरानमा जनप्रतिनिधिहरुले विद्रोह गरेका छन्। धरान उपमहानगरपालिकाले ऐन, कानुन र जनहीत विपरित चर्को कर वृद्धी गरेको भन्दै काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले विद्रोह गरेका हुन्। विद्रोह गरेका उनीहरुले आफहरुको सम्वन्धित वडामा पञ्जिकरण सम्बन्धि सेवाहरु निःशुल्क गराएका छन्।धरान उपमहानगरपालिकाको नेपाली काँग्रेसले जीतेका वडाहरु […]

प्रकाण्डलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले काभ्रे प्रहरीको थुनामा रहेका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । विश्वकर्माको रिहाईको माग गर्दै वीरेन्द्र विश्वकर्माले दायर गरेको रिटमाथि सोमबार सुनुवाई गर्दै न्यायाधीश ईश्वरराज खतिवडाको एकल इजलासले २४ घण्टाभित्र प्रकाण्डलाई अदालतमा हाजिर गराउन सरकारका नाममा आदेश जारी गरेको हो । संगठित अपराधको अभियोगमा काभ्रे प्रहरीले […]

श्रीमती फकाउन छोराको अपहरण !

कैलाली ।  कैलालीबाट अपहरणमा परेका ५ वर्षीय बालकको ९ घण्टापछि सकुशल उद्दार गरिएको छ । सोमबार विहान ९ बजे कैलारी गाउँपालिका-६ बेलौनी गाउँ बस्ने पाँच वर्षीय बालक छेमाङ चौधरीको अपहरण भएको थियो । अपहरणकारीले खेमाङकी आमा बिना चौधरीलाई फोन गर्दै भोली विहान काठमाडौँ बसपार्कमा भेट्न आउनु भन्दै मार्ने धम्की दिएका थिए । कैलारी गाउँपालिका-६ का […]

पूर्वराजदूत केशव झाको बबरमहलस्थित निवासमै हत्या भयो

काठमाडौं । पूर्वराजदूत केशव झाको हत्या भएको छ । ८० वर्षीय झा बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । प्रहरी अहिले घटनास्थलमा छ । प्रहरीका अनुसार उनको टाउको र घाँटीमा चोट लागेको छ । भान्साको चक्कु प्रहार गरी उनको हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । घरमा झा, उनकी श्रीमती र सुरक्षागार्ड सानु […]

अध्यक्षका लागि रञ्जित तामाङ र ऐन महरबीच यस्तो रस्साकस्सी, कसले पाउदैछ चान्स ?

काठमाडौं । तत्कालिन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रनिकट विद्यार्थी अखिल क्रान्तिकारीको एकताका लागि गठित कार्यदलले नेतृत्व टुंगो लगाउन सकेको छैन । अध्यक्षका लागि रञ्जित तामाङ र ऐन महर अा-आफ्नै कोशिसमा जुटेका छन् । संस्कृति, पर्यटन तथा नागरिकमन्त्रीसमेत रहेका नेता रवीन्द्र अधिकारी नेतृत्वको कार्यदलले ४ सय ९९ सदस्यीय केन्द्रीय समिति, त्यसको एक तिहाई संख्यामा […]