काठमाडौं । एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । लगातार दुई खेल हारेर जित्ने पर्ने दबाबमा रहेको नेपालले मलेसियालाई १९ रनले पराजित गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेटको क्षतिमा १६९ रन मात्र बनाउन सक्यो । नेपालका लागि बसन्त […]
Author: Desk Nonstop
८ महिने शिशुको अपहरणपछि हत्या, उच्चस्तरीय समितिले घटनाको छानविन गर्ने
महोत्तरी । महोत्तरी औरहीमा भएको आठ महिने शिशुको अपहरणपछि हत्या भएको घटना छानबिन गर्न प्रदेश सरकारले उच्चस्तरीय समिति गठन गर्ने भएको छ । प्रदेशसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले शिशु हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन हुने बताएका हुन्र । ‘घटनाको निष्पक्ष छानबिन गरी हत्यामा संलग्न व्यक्तिलाई कडा कारवाही […]
अन्ततः एजेन्सीले नै पाए पर्यटकको उद्धारको जिम्मा
काठमाडौं । अन्ततः सरकारले पर्यटकको खोज, उद्धार र उपचारको जिम्मेवारी सम्बन्धित ट्राभल, ट्रेकिङ, एक्सपिडिसन तथा र्याफ्टिङ एजेन्सीलाई नै दिएको छ । रेस्क्युका नाममा हुने फर्जी उद्धार लगायतका विकृतिको अनुगमन र नियमन र नियन्त्रणको जिम्मा पर्यटन विभागलाई दिइएको छ । यसअघि पर्यटकको फर्जी उद्धारबारे छानविन गर्न बनेको समितिले पर्यटक उद्धारको जिम्मा प्रहरीलाई दिन सुझाव दिएको थियो […]
नाडाल युएस ओपनको प्रिक्वार्टरफाइनलमा
काठमाडौं । विश्व नम्बर १ राफेल नाडाल युएस ओपन टेनिसको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । शनिबार बिहान राउण्ड ३२ मा भएको खेलमा स्पेनिस खेलाडी नाडालले रसियाका क्यारेन खचानोभमाथि कठिन जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । डिफेन्डिङ च्याम्पियन नाडालले ३-१ को सेटमा पराजित गर्ने क्रममा पहिलो सेट नै गुमाएका थिए । बाँकी सेटमा […]
‘क्रान्तिकारी सन्त’ तरुण सागरको निधन
काठमाडौं । ‘क्रान्तिकारी सन्त’ भनेर चिनिने भारतका जैन मुनि तरुण सागरको निधन भएको भएको छ । उनी लामो समयदेखि जण्डिस रोगबाट पीडित थिए । भारतीय समयअनुसार शनिबार बिहान सवा तीन बजे दिल्लीको शाहदरास्थित कृष्णानगरमा निधन भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् । लामो समयदेखि औषधिको असर देखिन छाडेपछि उनले थप उपचार गर्न इन्कार गरेका थिए […]
भारतीय सेनाद्वारा एक नेपालीको हत्या, गोली प्रहारबाट एक घाइते
काठमाडौं । सीमावर्ती गाउँमा बस्ने राजापुर–६ का गोपाल चन्दा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट आइतबार घाइते भए । नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारपछि चन्दको अवस्था सामान्य भए पनि उनको परिवार अझै त्रसित छ । सीमा नजिक बसोबास भएकाले भारतीय सुरक्षाकर्मीले चन्दलाई पुनः आक्रमण गर्ने हो कि भन्ने परिवारको आशंका छ । भदौ ५ गते जंगलमा माछा मार्न […]
जाँदाजाँदै मोदीले पाए लुम्बिनी भ्रमणको निम्तो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लुम्बिनी भ्रमणको निम्तो दिएका छन् । शुक्रबार पशुपतिनाथ क्षेत्रमा नेपाल भारत मैत्री धर्मशालाको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले मोदीलाई छिटै लुम्बिनी भ्रमण गर्न आग्रह गरेका छन् । लुम्बिनी भ्रमणको निम्तोसँगै ओलीले मोदीलाई बुद्धिष्ट सर्किटमा साथ र समर्थन दिन पनि आग्रह गरेका छन् । लुम्बिनी बुद्धधर्मको मुहान […]
जनकारवाही गरेको हप्तादिन नपुग्दै राेल्पामा वडा सदस्यकाे घर नेकपाद्वारा कब्जा
रोल्पा । आफ्नो जनकारवाहीमा परेका एक वडा सदस्यको घर नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको छ । उनले भ्रष्टाचार गरेको पुष्टि भएको जानकारी दिँदै नेकपाले कारवाहीमा परेको हप्तादिन नपुग्दै माडी गाउँपालिका वडा नम्बर १ का सदस्य हरि प्रसाद घर्तीको घर कब्जा गरेको हो । घर्तिलाई नेकपा माडी गाउँपालिकाको स्थानीय जनसरकारकाे कारवाहीमा परेका घर्तीलाई जनताका बीचमा राखेर छलफल […]
बिमस्टेकमा मोदीले अघि सारे यस्तो प्रस्ताव, होलान त अरु राष्ट्रप्रमुख सहमत ?
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास -बिमस्टेक) सदस्य देशहरूका लागि विभिन्न प्रस्ताव अघि सारेका छन् । काठमाडौंमा बिहिवार चौथो बिमस्टेक शिखर सम्मेलनको उदघाटन गर्दै मोदीले महिला सांसद्हरूका लागि बिमस्टेकस्तरीय साझा मञ्च बनाउन प्रस्ताव गरे । शान्ति र समृद्धि सबैको चाहना भए पनि अहिलेको युगमा कसैले पनि एक्ला-एक्लै […]
बागलुङका ३४ वर्षीय युवकद्वारा इटालीमा झुण्डिएर आत्महत्या
काठमाडौं । बागलुङका एक युवाले इटालीमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको तानग्राम–२ स्थायी घर भएका ३४ वर्षीय नविन थापाले आत्महत्या गरेका हुन् । गत अगष्ट १६ तारिख बिहानीपख पार्कमा झुण्डिइरहेको अवस्थामा थापाको शव फेला परेको जानकारी प्राप्त भएको स्वीट्जरल्याण्डस्थित नेपाली दूताबासले जनाएको छ । यो नेपाली दूताबासले इटालीलाई समेत हेर्दै आएको छ […]











