काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह २०७५ को असोज महिना पनि विदेशमै रमाउने कार्यक्रम रहेको थाहा भएको छ । उनका ती भ्रमणहरु राजनीतिकदेखि पारिवारिक र पर्यटकीयसम्म हुनेछन् । देशदेशावरको यात्रामा निस्केका ज्ञानेन्द्र अहिले श्रीलंकाको राजनीतिक भ्रमणमा व्यस्त छन् । भदौ २९ मा थाइल्याण्ड भ्रमणमा निस्केका शाहले एक महिना पूरै विदेशमा बिताउने छन् । २९ भदौमा विदेश भ्रमणमा निस्केका […]
Author: Desk Nonstop
सक्रिय राजनीतिबाट सन्यास लिँदै माधव नेपाल !
काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम बोल्न सुझाव दिएका छन् । कार्यक्रम यू स्टार्ट अगेनसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताए । ‘अहिलेको समय परिणाम आउने गरी काम गर्ने बेला हो’, नेता नेपालले प्रधानमन्त्रीलाई सुझाव […]
हङकङ-चीन बुलेट ट्रेन सुरु
हङकङ । हङकङलाई चीनको मूख्य भूमिसँग जोड्ने बुलेट ट्रेन सुरु भएको छ । स्वतन्त्र हङकङ पक्षधर र केही अधिकारवादीको विरोधका बीच यो रेल सेवा सुरु भएको हो । यो एक्सप्रेस बुलेट रेलले हङकङलाई चीनको दक्षिणी शहर ग्वान्जाउसँग जोडेको छ । यो रेलमार्फत हङकङबाट ग्वान्जाउ पुग्न ४० मिनेटमात्रै लाग्छ । तर विवादास्पद कुरा के छ भने यो […]
दशैंको मुखमा सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो
काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । चाडबाडको मुखमा चारैतिर बढ्ने महंगीलाई नियन्त्रण गर्न सर्वसाधारणले माग गरिरहेको बेला सरकारले भने सार्वजनिक यातायातको भाडामा भारी बृद्धि गरेको छ । यातायात व्यवसायीहरूले भाडा बढाउन माग गर्दा सरकरले १० प्रतिशत भाडा बढाएको छ । यातायात व्यवसायीसँग सरकार झुकेको आरोप लागेको छ । एकै पटक १० […]
हजार मेगावाटको माथिल्लो अरुण प्राधिकरणले अघि बढाउने
काठमाडाैं । सरकारले माथिल्लो अरुण जलविद्युत् आयोजना विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण गर्ने निर्णय गरेको छ । नेपाल विद्युत् प्राधिकरणको ५१ प्रतिशत र सर्वसाधारण जनताको ४९ प्रतिशत सेयर स्वामित्व रहने गरी निर्माण गर्न सरकारले अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेडलाई दिने निर्णय गरेको हो । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ – पिक रन अफ रिभर (आरओआर) आयोजनका रूपमा […]
विहानैबाट उपत्यका ठप्प, नेकपा कार्यकर्ताले बन्दमा अपनाए यस्तो नयाँशैली
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले आज (आइतबार) उपत्यका बन्दका कारण विहानैबाट राजधानीको जनजीवन प्रभावित भएको छ । आइतबार विहानैबाट बन्दको अवज्ञा गरेको भन्दै केही सवारी साधानमाथि तोडफोड गरेको बताइएको छ । ललितपुरको च्यासल, काठमाडौँको मनमैजु, धोवीघाटमा ट्याक्सीलाई सम्झाएर छोडिएको बताइएको छ । ट्याक्सी चालकले आफूलाई जानकारी बनाएकै कारण चलाएको भनेपछि सम्झाएर पठाएको नेकपाका एक कार्यकर्ताले […]
बन्दको पूर्वसन्ध्यामा काठमाडौंमा नेकपाको मसाल जुलुस
काठमाडौं । बन्दको पूर्व सन्ध्यामा नेपाल कम्युनिष्ट पार्टीले उपत्यकामा मसला जुलुस गरेको छ । असोज ७ गते आइतबार अर्थात् भोलीको बन्द सफल पार्न नेकपाका कार्यकर्ताहरुले आज साँझ काठमाडौं, भक्तपुर र ललितपुरका बिभिन्न ठाउँमा मसाल गरेका हुन् । नेकपाले संचार केन्द्रलाई दिएको जानकारी अनुसार काठमाडौं बानेश्वर, बगाबजार र कलंकी,बांगेमुढा, ललितपुरको जावलाखेल र भक्तपुरको ठिमी लगायतका स्थान […]
नेकपाद्वारा असोज ७ गते उपत्यका बन्दको घोषणा, यस्तो छ कारण (विज्ञप्तिसहित)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले अाफ्ना पार्टी प्रवक्ता प्रकाण्डलगायत पीबीएमहरू, सीसीएमहरू तथा सबै तहका नेता–कार्यकर्ताको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारी गरेको भन्दै विरुद्ध असोज ७ गते आइतबार उपत्यका बन्दको कार्यक्रम घोषणा गरेको छ । गिरफ्तारीमा परेका नेता–कार्यकर्ताहरूलाई यथाशीघ्र स–सम्मान रिहाइको माग गर्दै उक्त बन्दको कार्यक्रम घोषणा गरेको नेकपाकाे उपत्यका विशेष ब्युरोले जनाएको छ । ब्युरो इन्चार्ज […]
नेपाली सैनिक जर्णेलका श्रीमतीलाई ‘रानी साब’ भन्ने चलन हटाइयो
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको नेतृत्व सम्हाले लगत्तै केही सुधारका घोषणा गरेका छन् । प्रधानसेनापति थापाले देशभरका सैनिक व्यारेकमहरुमा आफ्नो तस्वीर नराख्न सर्कुलर गरेका छन् । यसअघि मुख्यालयसहित बाहिनी, पृतना, तालिमकेन्द्र, गण र गुल्महरुमा प्रधानसेनापतिको तस्वीर झुण्ड्याउने गरिन्थ्यो । अबदेखि भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र परमाधिपतिका हैसियतमा राष्ट्रपतिको मात्र तस्वीर राख्न थापाले निर्देशन […]
तान्जानियामा भयानक फेरी दुर्घटना, ४२ जनाको मृत्यु, ३२ को अवस्था चिन्ताजनक
काठमाडौं । तान्जानियाको भिक्टोरिया तालमा भएकाे फेरी दुर्घटनामा कम्तीमा ४२ जनाको ज्यान भएको छ भने कैयन हराइरहेका छन् । तान्जानियाका सरकारी अधिकारीहरुका अनुसार १ सय जनाको भने जीवितै उद्धार गरिएको छ । जसमध्ये ३२ को अवस्था चिन्ताजनक छ । बिहीबार उकारामा दुर्घटनामा परेको एमभी नेरेरे नाम दिइएको फेरीमा झण्डै ४ सय जना रहेको र झण्डै […]










