एसिया कप क्रिकेट: फाइनलका लागि पाकिस्तान र बंगलादेश भिड्दै

काठमाडौं । यूएईमा भैरहेको एसिया कप क्रिकेट अन्तर्गत फाइनल प्रवेशका लागि पाकिस्तान र बंगलादेश आज खेल्दैछन् । नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे सुरु हुने खेलको विजेताले शुक्रबार भारतसँग उपाधि भिडन्त गर्ने छ । पहिलो पटक सेमिफाइनलमा पुगेका चार टिमका बीचमा सुपर फोरको फरम्याटमा खेलाइएको हो । जस अनुसार सुपर फोरमा भारत, पाकिस्तान, बंगलादेश […]

अन्तिम चार मिनेट जोगिन नसक्दा बायर्नले अंक बाँड्यो

काठमाडौं ।  डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा अग्सवर्गसँग १-१ गोलको बराबरी खेलेको छ । मंगलबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा बायर्नले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । अघिल्ला चार खेलमा लगातार जित निकालेको बायर्न अग्सवर्गसँग भने रोकिएको हो । पहिलो हाफमा दुबै टिमले बराबरी खेलेका थिए । खेलको […]

४९ दिनपछि रिहा भए प्रकाण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रवक्ता ‘प्रकाण्ड’ रिहा भएका छन् । गत साउन २२ गते काठमाडौंको चोभारबाट २ कार्यकर्तासँगै गिरफ्तार परेका प्रकाण्ड आज ४९ दिनपछि रिहा भएका हुन् । सर्वोच्चले पटकपटक रिहा गर्न आदेश दिएपनि प्रहरीले भने उनलाई सर्वोच्च परिसरबाटै ४ पटक गिरफ्तार गरेर झुटा मुद्दामा बिभिन्न जिल्ला घुमाएको थियो । रिहालगत्तै नेकपा कार्यकर्ताले उनलाई […]

धरपकको विरोधमा भोली असोज १० गते रोल्पा बन्द

रोल्पा । नेपाल कम्यूनिष्ट पार्टी रोल्पाले अआश्विन १० गते रोल्पा बन्द गर्ने भएको छ । गत असोज १ गते प्रहरीले जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई समेत विनाकारण पक्राउ गरेपछि त्यसको विरोधमा नेकपाले १० गते रोल्पा बन्दको घोषणा गरेको हो । लामो समयदेखि नेकपाका नेता कार्यकर्तामाथिको धरपकड, दमन र गिरफ्तारीबिरुद्ध मंगलबार बन्द आवहान गरिएको सो पार्टीकी नेतृ असिनाले […]

निर्मला हत्या प्रकरणः प्रतिवेदन बुझ्दै गृहमन्त्रीले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या काण्डको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक हरिप्रसाद मैनालीको टोलीले गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा घटनाको सम्भावित कारण, घटनास्थलको विवरण, प्रहरी अनुसन्धानलगायत सम्भावित आरोपीबारे पनि उल्लेख गरिएको बताइएको छ । गृहमन्त्री थापाले […]

दरबार हत्याकाण्डका अर्का प्रत्यक्षदर्शीको मृत्यु

काठमाडौं । राजा वीरेन्द्रका परिवारका सबै सदस्यको ज्यान जाने गरी भएको राज दरवार हत्याकाण्डका अर्का एक प्रत्यक्षदर्शीको पनि मृत्यु भएको छ। १९ जेठ २०५८ मा दरवारमा आयोजित रात्रिभोजका एक शाही निम्तालु महेश्वर कुमार सिँहको २ असोजमा ८४ को बर्षको उमेरमा निधन भएको हो। भारतको रजौटाका सन्तानसमेत रहेका सिँहको राजा त्रिभुवनकी दर्जनमध्येकी एक रानीकी छोरी विमला राज्यलक्ष्मीसँग […]

ओली देशबाहिर भएका बेला धुम्बाराहीमा प्रचण्डको उत्सव !

काठमाडौं । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर भएका बेला प्रचण्डले कांग्रेसका नेतालाई पार्टीमा भित्र्याएका छन् । सोहि अवसरमा नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार नेता कार्यकर्ताले उत्सव मनाइरहेका छन् । नेपाला टेलिभिजनका पूर्वअध्यक्ष एवम् नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य महेश दाहाल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)मा प्रवेश गरेका मंगलबार छन् । […]

एउटा छोराका लागि न्याय माग्दै अनसनमा गंगामाया, अर्का छोरा ज्यान मुद्दामा पक्राउ

काठमाडौं । असनसनकै क्रममा मृत्यु भएका बाबुको शव नबुझी फरार रहेर लामो समयपछि प्रहरीले नियन्त्रणमा लिएर छाडेका गोरखा फुजेलका नुरप्रसाद अधिकारी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले नुरप्रसादलाई सोमबार पक्राउ गरेको हो । परिसर प्रमुख एसएसपी रवीन्द्र धानुकले अदालतबाट सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिइएको बताए । उनीमाथि कर्तव्य ज्यान मुद्दाअन्तर्गत कारबाही […]

आफैंमाथि गोली हानेर कुलप्रसादले गरे आत्महत्या

रोल्पा ।  रोल्पामा एक ५१ वर्षीय पुरुषले आफैंमाथि गोली प्रहार गरी आत्महत्या गरेका छन्। जिल्लाको रुन्टीगडी गाउँपालिका वडा नं. ६ डुव्रिङ निवासी कुलप्रसाद विकले आफैंमाथि गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी प्रमुख दीपक खड्काले जानकारी दिए । प्रहरी प्रमुख खड्काका अनुसार विकले बिहान ८ बजेतिर आफ्नै घरभित्रै आफैमाथि गोली हानेका हुन् । घटना घटेको १ घण्टापछि आफन्तले प्रहरीलाई खबर […]

सांसद बन्न मरिहत्ते, ओलीलाई घेराबन्दी गर्न वामदेव कार्ड

काठमाडौं – गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएपछि नेकपाका नेता (तत्कालीन एमालेका उपाध्यक्ष) वामदेव गौतम उपनिर्वाचनमार्फत संसद्मा जान लागिपरेका छन्। ०७० को निर्वाचनमा जन्मथलो प्यूठानबाट उम्मेदवार बनेका उनी ठूलो मतान्तरले विजयी बनेका थिए। तर बर्दियामा तत्कालीन एमाले र माओवादी गठबन्धनको मत कांग्रेसको भन्दा धेरे हुँदा पनि उनले निर्वाचनमा सफलता प्राप्त गर्न सकेनन्। […]