तीन महीनादेखि मार्तडी–कोल्टी सडक खुलेन

मार्तडी, १८ भदौ । जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक लगातारको अविरल वर्षाका कारण अवरुद्ध भएको तीन महीना बित्दा पनि अझै खुलेको छैन । लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् । मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हुँदै आएका मालवाहक र अन्य सवारीसाधन ठप्प भएका छन् । दैनिकरूपमा चल्ने मार्तडी–कोल्टी सडक […]

१० बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट

हेटौँडा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले यही भदौ १६ गतेबाट शुरु गरेको गाँजा फडानी अभियानअन्तर्गत करीब १० बिघा क्षेत्रफलमा लगाइएको अवैध लागुऔषध गाँजा र ब्याड नष्ट गरेको छ । प्रहरीले लागुऔषध नियन्त्रण गर्न ब्याडदेखि नै नष्ट गर्ने रणनीति लिएर सयौँ बिघामा लगाउन तयार पारिएको लागुऔषध गाँजाको लाखौँ बिरुवा र भर्खरै बेर्ना सारेर सुरु […]

क्रिप्टोकरेन्सीले अमेरिकी डलरलाई विस्थापित गर्न सक्ला

लन्डन, १८ भदौ । बैङ्क अफ इङल्यान्डका गभर्नर मार्क कार्नीले फेसबुकको लिब्राजस्तै क्रिप्टोकरेन्सीले एक दिन विदेशी विनिमय बजारमा अमेरिकी डलरको एकल साम्राज्य ढाल्न सक्ने चेतावनी दिएका छन । कार्नीले हालै केन्द्रीय बैङ्करहरूको ज्याक्सन होल सिम्पोजियममा अमेरिकी डलरको विश्वव्यापी आधिपत्य जोगाउन केही सुझावहरु दिए । यहाँ किन अमेरिकी हरियो नोटले आफ्नो चमक गुमाउँदैछ र कार्नीको नयाँ […]

न्युजिल्याण्डमा बस दुर्घटनामा छ जना चिनियाँ पर्यटकको मृत्यु

वेलिङटन १८ भदौ । न्युजिल्यान्ड रोटोर्वानजिकै चिनियाँ पर्यटक चढेको एक बस दुर्घटनामा पर्दा छ जना चिनियाँ नागरिकको मृत्यु भएको चिनियाँ राजदूतावासले पुष्टि गरेको छ । न्युजिल्याण्डमा रहेको चिनियाँ राजदूतावासका अधिकारीहरुले सो दुर्घटना भएको र त्यसमा परी छ जना चिनियाँ नागरिकको ज्यान गएको जानकारी दिएका छन् । चिनियाँ पर्यटक चढेको यो बस चीनको सिचुआन प्रान्तको पर्यटक […]

पुटिन र मोदीबीच रुसको भ्लाडिभोस्टकमा वार्ता हुने

भ्लाडिभोस्टक, १८ भदौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारती प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार रुसको पूर्वी शहर भ्लाडिभोस्टकमा लगानी र व्यापारका विषयमा वार्ता हुँदैछ । दुबै नेताबीच ऊर्जा र हतियार बिक्रीका बारेमा पनि छलफल हुने बताइएको छ । रुसको भ्लाडिभोस्टक शहरमा आयोजना हुने पूर्वी आर्थिक मञ्च (इस्टर्न एकोनमिक फोरम) को बैठकमा भाग लिन भारतीय प्रधानमन्त्री […]

घ्वाङखोलालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै

वालिङ, १८ भदौ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकास्थित घ्वाङखोलालाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको छ । वालिङ नगरपालिकाअन्तर्गत ८ र १० नम्बरमा अवस्थित घ्वाङखोलालाई आवश्यक भौतिक पूर्वाधार निर्माण गरेसँगै आन्तरिक तथा बाह्य धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वको क्षेत्र वनदै गएको हो । वालिङ नगरपालिकाको मुख्य बजार वालिङबाट झण्डै तीन […]