काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाले भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै बिशेष अदालतले ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिबाना निर्धारण गरेको छ । २१ साउनमा विशेष अदालतले प्रतिवादीहरू थापा, विमलकुमार पोखरेल र सागर पौडेलले नदीजन्य पदार्थमा हानी नोक्सानी गरेको ठहर गरेको थियो । विशेष अदालतले बिहीबार थापा, […]
Author: ननस्टप संवाददाता
कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शर्मा
काठमाडौँ । कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी लीलाप्रसाद शर्मालाई दिइएको छ। गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बिहीबार शर्मालाई उक्त जिम्मेवारी दिइएको हो। यसअघिका महानिर्देशक नारायणप्रसाद भट्टराईलाई साउन २६ गतेको मन्त्रिपरिषद्को निर्णयले निर्वाचन आयोगमा सरुवा गरेपछि विभागमा उक्त पद रिक्त रहेको थियो। पछिल्लो समय कारागारभित्र देखिएको विवादका कारण तत्कालीन महानिर्देशकलाई हटाइएको बताइएको छ। तर नव नियुक्त महानिर्देशक […]
पोखरामा रवि लामिछानेको मुद्दामा सुनुवाइ सकिएन, अर्को पेसी भदाै ५ गते
पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेर धरौटीमा छुटेका रवि लामिछानेको मुद्दामा उच्च अदालत पोखरामा आजदेखि सुनुवाइ सुरु भएको छ । उनी सहितका प्रतिवादीलाई जिल्ला अदालत कास्कीले गत पुस २५ गते धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उनीहरुले उक्त आदेश बदरको माग सहित उच्चमा निवेदन दिएका हुन् । उच्च अदालत […]
मन्त्रालयबाटै ‘आउट’ भए कारागार व्यवस्थापन विभागका महानिर्देशक भट्टराई
काठमाडौँ । कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव नारायणप्रसाद भट्टराईलाई गृह मन्त्रालयबाट ‘आउट’ गरिएको छ । मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले भट्टराईलाई विभागको महानिर्देशकबाट निर्वाचन आयोगमा सरुवा गरिएको हो । मन्त्रिपरिषद्ले ७२ सहसचिवको मन्त्रालय र निकाय फेरबदल गर्दा भट्टराई पनि परेका हुन् । भट्टराई नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा गृह मन्त्रालयका प्रवक्ता थिए […]
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुखले सूचना प्रविधि तथा साइवर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, […]
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पूर्वी भूभाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ । जसको प्रभावले देशभर पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको […]
गोली हानेर जनकपुरबाट प्रहरीले समात्यो दुई जना लागुऔषध कारोबारी
जनकपुर । प्रहरीले गोली हानेर २ जना लागुऔषध कारोबारीलाई समातेको छ । लागु औषध नियन्त्रण ब्युरो, काठमाडौँबाट खटिएको टोलीले जनकपुरको मिथिला नगरपालिका वडा नम्बर–२ मा गोली प्रहार गरेर दुई जना लागु औषध कारोबारीलाई पक्राउ गरिएको ब्यूरोका एक अधिकृतले बताए । प्रहरीको गाेली लागेर लागु औषध कारोबारमा संलग्न पप्पु शाह घाइते भएका छन् । उनको दायाँ […]
नागरिक उन्मुक्तिको अध्यक्षमा लालवीर चौधरीलाई आयोगले दिएन आधिकारिकता
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको आधिकारिकता अध्यक्ष रञ्जिता श्रेष्ठकै पक्षमा रहने भएको छ। पार्टीका संरक्षक रेशम चौधरीले हालै राष्ट्रिय भेला बोलाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएको जानकारी निर्वाचन आयोगमा पठाएका थिए। तर, मंगलबार अबेर निर्वाचन आयोगले गरेको निर्णयमा लालवीर चौधरीलाई अध्यक्षका रूपमा मान्यता नदिएको स्रोतले बतायो। यससँगै स्वतः रञ्जिता श्रेष्ठ नै अध्यक्ष रहने स्थिति बनेको […]
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । यस्तै, सञ्चार तथा सूचना […]
आजको मौसम : सातै प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर साधरणतया बदली रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ । […]









