काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरुबाट अभिभावकको भूमिका निर्वाह हुने अपेक्षा गरेको बताएका छन् । शनिबारको केन्द्रीय समिति बैठकअघि पत्रकारहरुसँग कुरा गर्दै थापाले देउवासहित वरिष्ठ नेता शेखर कोइराला र कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतबाट अभिभावक र संरक्षकको भूमिका निर्वाह हुने अपेक्षा गरेको बताएका हुन् । कांग्रेसका विमती […]
Author: ननस्टप संवाददाता
सर्वोच्च अदालत जाने कांग्रेस देउवा समूहको निर्णय
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले कानूनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले आधिकारिकताबारे निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको नेता प्रकाशशरण महतले जानकारी दिए । ‘कानूनी उपचार र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेका छौं’, नेता महतले भने, ‘ हामी भोलि (आइतबार)सर्वोच्च जान्छौं ।’ नेता महतले […]
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीको बिदाइ गरेको हो । नेपाली टोलीले विश्वकप अघि श्रीलंका र भारतमा गएर अभ्यास शृंखला पनि खेल्ने भएकाले टोलीलाई आज नै बिदाइ गरिएको हो […]
टिकट बाँड्न कांग्रेसले बनायो संसदीय बोर्ड
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गरेको छ। पार्टीको विधानअनुसार संसदीय बोर्ड गठन गरिएको कांग्रेसले जनाएको छ। पार्टीका तल्ला निकायहरूको सिफारिसका आधारमा अब यो संसदीय बोर्डले उम्मेदवारहरू चयन गर्नेछ। उपसभापति विश्वप्रकाश शर्माका अनुसार १६५ क्षेत्रमै कांग्रेसले उम्मेदवारी दिनेछ। उम्मेदवारी दर्ता माघ ६ गते छ। कांग्रेसले सभापति गगन थापा, उपसभापतिहरु […]
सञ्चारमन्त्री खरेल भन्छन् : संसदमा जाने रहर छ, चुनाव लड्छु
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने बताएका छन्। शनिबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित नेपाल पत्रकार महासंघको एशोशियट प्रदेश समितिको दोस्रो सम्मेलनमा बोल्दै मन्त्री खरेलले आगामी निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने बताएका हुन्। ‘अबको चुनाव कहीँ न कहीँ प्रतिनिधित्व गरी लड्छु। संसदमा जाने मेरो […]
मस्कको एआई कम्पनीमाथि उनकै छोराकी आमाले हालिन् मुद्दा
वासिङ्टन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कका एक सन्तानकी आमाले उनको कृत्रिम बौद्धिकता कम्पनीमाथि मुद्दा हालकी छिन् । एक्सएआई कम्पनीको एआई च्याटबोट ग्रोकले आफ्नो अश्लील डिपफेक तस्बिर बनाएको भन्दै एश्ले सेन्ट क्लेयरले न्यूयोर्कमा मुद्दा दायर गरेकी हुन् । ग्रोकले आफ्नो सहमति बिना यौनजन्य डीपफेक तस्बिरहरू बनाएको उनको आरोप छ । ग्रोकले वास्तविक व्यक्तिहरूलाई डिजिटल […]
बूढीगण्डकीको लगानी ढाँचामा सहमतिबारे कुलमानले भने– ‘मेरो कार्यकालको महत्त्वपूर्ण उपलब्धि’
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचामा सहमति भएपछि पूर्व ऊर्जामन्त्री कुलमान घिसिङ आफ्नो कार्यकालको उपलब्धिको रूपमा अर्थ्याएका छन् । बूढीगण्डकीको लगानी ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले सहमति प्राप्त गरेपछि घिसिङले यस्तो बताएका हुन् । हाल उज्यालो नेपाल पार्टीको अध्यक्षसमेत रहेका घिसिङले भनेका छन्– यो केवल […]
संशोधन हुने भयो गोर्खा मिडिया जोडिएका सहकारीका सबै आरोपितहरुको मुद्दा
काठमाडौं । सत्ता र न्यायिक संरचनाको संगममा राजनीतिक तरंग ल्याउने निर्णय गर्दै महान्यायाधिवक्ता सविता भण्डारी बरालले गोर्खा मिडिया प्रा.ली.सँग जोडिएको सहकारी ठगी प्रकरणमा मुछिएका सबै आरोपितमाथि लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अभियोग हटाउन स्वीकृति दिएकी छन्। यो निर्णयले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रभावशाली व्यक्तिहरूलाई गम्भीर अभियोगबाट उन्मुक्ति दिएको भन्दै राजनीतिक […]
एमाले सचिवालय बैठक बस्दै, प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाइने
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउन आज नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले एमालेले त्यसअघि नै उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिन लागेको हो। पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ […]
कालीकोटको तिला नदीमा जिप खस्यो, तीन जनाको मृत्यु
कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। शुक्रबार साँझ करिब ६ बजे सेरी–पान्तडी सडकखण्ड अन्तर्गत सल्लेरीमा उकालो चढ्ने क्रममा भे १ ज २८९८ नम्बरको जीप ब्याक भई भीरबाट खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा ज्यान गुमाउनेमा दुई जना स्काभेटर अपरेटर र एक जना सहचालक रहेका छन्। […]











