काठमाडौं । इरानमा खामेनीसहित ४० भन्दा बढी अधिकारीहरू मारिएपछि अमेरिकालाई यो युद्ध ठूलो सफलता जस्तो लागेको थियो। तर १७ दिनपछि अवस्था बदलिएको छ र युद्धको कुनै स्पष्ट अन्त्य देखिएको छैन। इरानले जवाफमा होर्मुज स्ट्रेटको बाटोबाट हुने तेल आपूर्ति रोकिदिएको छ । यसले विश्वको अर्थतन्त्रमा ठूलो चोट पुर्याएको छ। ट्रम्पले अहिले आफ्ना सहयोगी नेटो देशहरूसँग होर्मुजको […]
Author: ननस्टप संवाददाता
रवि लामिछानेको अभियोग संसोधन फिर्तासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, फैसला बिहीबार आउने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता विरुद्धको रिट सुनुवाइ पूरा नभएपछि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा पेसी रहेको मुद्दामा आइतबारदेखि सुरु भएको बहस मंगलबार एक जनाको जवाफी बहस बाँकी रहेपछि उक्त रिट बिहीबार सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा […]
ललितपुरमा लुकाइएको ६ हजार बढी सिलिन्डर ग्यास भेटियो, ३ लाख रुपैयाँ जरिवाना
काठमाडौँ । सोमबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनका क्रममा ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा ६ हजारभन्दा बढी ग्यास सिलिण्डर लुकाएर राखेको फेला परेको छ । बजारमा खाना पकाउने ग्यासको अभाव भइरहेका बेला ठुलो परिमाणमा सिलिन्डर लुकाएर राख्ने ललितपुरको श्रीराम ग्यास उद्योग प्रालिलाई कारबाही स्वरूप ३ लाख रुपैयाँ जरिवाना तिराएको छ । विभागले […]
इरानसँगको युद्ध देखाउँदै ट्रम्पले गरे चीन भ्रमण स्थगित
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण स्थगित गरेका छन्। इरानसँग जारी युद्ध देखाउँदै उनले भ्रमण ढिला गर्न चीनसँग अनुरोध गरेको जानकारी दिएका छन्। ‘अहिले हाम्रो युद्ध चलिरहेको छ। मलाई लाग्छ म यहाँ हुनु जरूरी छ,’ उनले भने। उनले आफ्नो भ्रमण कति समयका लागि पछि सार्ने भन्नेबारे चाहिँ खुलाएनन्। यसअघि चीनले ‘स्ट्रेट अफ हर्मुज’ खुलाउन सहयोग नगरे […]
सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु ३ लाख ९ हजार ९ सय कायम भएको छ । सोमबार भने सुन प्रतितोला रु ३ लाख ९ हजार ५ सय रहेको थियो । यसअनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला रु ४ सयले बढेको […]
समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिँदै आयोग
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत ५ गते बिहीबार प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यही चैत ५ गते बिहान ११ः३० बजे आयोग परिसरमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ । राजनीतिक दलकोतर्फबाट छनोट भई पेस भएका उम्मेदवारको विवरण आयोगले सार्वजनिक गर्दै निर्वाचित […]
जापनिज इन्सेफ्लाइटिस सङ्क्रम उच्च बनेपछि नवलपरासीपूर्वमा ३५ वर्षमाथिलाई खोप लगाइँदै
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चालन गरिएको छ। जिल्लाभर यही चैत १ गतेदेखि जापनिज इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान सञ्चालन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख केशव चापागाईंले बताए। अभियानअन्तर्गत जिल्लाभित्रका ३५ वर्षमाथिका करिब एक लाख ५० हजारभन्दा बढी नागरिकलाई खोप […]
आमापछि भेरीमा बेपत्ता छोरीको शव पनि भेटियो, ५ वर्षीय छोराको खोजी जारी
दाङ । भेरी नदीमा हराएकामध्ये ११ वर्षीया आशा कठायतको शव पनि फेला परेको छ। मंगलबार बिहान खोजी गर्ने क्रममा आशाको शव फेला परेको हो। सोमबार बेलुकी उनकी ३८ वर्षीया आमा माया कठायतको शव फेला परेको थियो। अझै ५ वर्षीय छोरा दीपक कठायतको अवस्था अज्ञात छ।उनीहरू सुर्खेतको गुर्भाकोट गाउँपालिका–१२ पिप्लेका हुन्। मायाका श्रीमान् ३७ वर्षीय भूपेन्द्र कठायत घरमै […]
जय ट्रफीको फाइनलमा आज आर्मी र पुलिस उपाधिका लागि भिड्दै
काठमाडौं । जय ट्रफी एलाइट कपको फाइनल खेल आजदेखि सुरु हुँदैछ । दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । खेल मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा बिहान साढे ९ बजे सुरु हुनेछ । फाइनल खेल तीनदिवसीय हुनेछ । यसअघि लिग चरणको खेल दुई दिनको भएको थियो । चार टोलीले […]
त्रिभुवन विमानस्थलमा गरियो फायर फाइटिङ अभ्यास
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान फायर फाइटिङ (आगलागी नियन्त्रण) सम्बन्धी अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजनामा अभ्यास गरिएको हो । दुर्घटनाका बेला हुने सम्भावित क्षति न्यूनीकरण गर्न भन्दै प्राधिकरणले हरेक वर्ष यस्ता अभ्यास गर्दै आएको छ । हरेक ठूला विमानस्थलमा यस्तो अभ्यास नियमित रुपमा हुने गर्छ । यस्तो अभ्यास अन्तर्राष्ट्रिय […]











