काठमाडौं । मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश सहित देशका हिमाली र पहाडी भू-भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको जनाइएको छ । कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातसमेत भइरहेको छ […]
Author: ननस्टप संवाददाता
शपथको मिति तय: १३ चैतमा बालेन प्रधानमन्त्री बन्ने तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन शाह को नेतृत्वमा सरकार गठन गर्ने तयारी तीव्र पारेको छ । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै रास्वपाले सरकार गठनका लागि आवश्यक समन्वय पूरा गरेको जनाएको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसद् सचिवालय तथा निर्वाचन […]
प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट, के भयो कुराकानी?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण रूपमा निकास भएको भन्दै बधाइ ज्ञापन गरेका थिए। ‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यो […]
इरानले पहिलो पटक प्रयोग गर्यो ४ हजार किलोमिटर पर मार हान्ने मिसाइल
काठमाडौँ । इरानले अमेरिका र इसराइलसँग युद्धको पहिलो पटक लामो दूरीमा प्रहार गर्ने मिसाइल प्रहार गरेको छ। शनिबार इरानले हिन्द महासागरको डिएगो गार्सियास्थित अमेरिका-बेलायतको सैन्य अड्डालाई निशाना बनाएर ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो। यो सैन्य अड्डा तेहरानबाट ४ हजार किलोमिटरको दूरीमा रहेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। इरानले तीन साताको युद्धमा पहिलो पटक यति […]
तिनाउ खोलामा डुबेर दुई भारतीय बेपत्ता
पाल्पा । पाल्पाको तिनाउ खोलामा डुबेर दुई भारतीय पर्यटक बेपत्ता भएका छन् । तिनाउ गाउँपालिका-३, दोभान ड्यामसाइडस्थित जलविद्युत आयोजनाको हेडबक्सनजिक उनीहरू डुबेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जनाको समूहमा रहेका उनीहरूमध्ये २ जना पुरुष बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीका अनुसार उनीहरू डुबेर बेपत्ता भएको थाहा पाएपछि स्थानीय, […]
आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन
काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री कार्कीसमक्ष प्रतिवेदन पेश गरेका हुन् । आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायत पनि सो कार्यक्रममा पुगेका थिए । त्यस्तै, गृहमन्त्री […]
राष्ट्रिय मान्यता प्राप्त ६ मध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने, यस्तो छ व्यवस्था
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट ६ दलले राष्ट्रिय मान्यता पाएका छन् । प्रत्यक्षतर्फ १ सिट र समानुपातिक प्रणालीतर्फ खसेर सदर भएको मतको ३ प्रतिशत मत पाउने दलले राष्ट्रिय मान्यता पाउँछन् । कानुनमा निर्धारण भएको त्यो मापदण्ड पूरा गरेर ६ दलले राष्ट्रिय मान्यता पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, […]
गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग प्रधान सेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय […]
गगन थापाको राजीनामा फिर्ता लिन कांग्रेस केन्द्रीय सदस्यहरू एकमत !
ललितपुर । नेपाली कांग्रेसका सभापति गगन थापाले दिएको राजीनामा फिर्ता हुनुपर्ने पक्षमा केन्द्रीय सदस्यहरू शतप्रतिशत एकमत भएका छन्। ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठकमा सहभागी नेताहरूले निर्वाचनको समीक्षा गर्दै सभापतिको राजीनामा स्वीकृत गर्न नहुने धारणा राखेका हुन्। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार हालसम्म बैठकमा धारणा राख्ने ४६ जना केन्द्रीय सदस्यहरू सबैले राजीनामा अस्वीकृत […]
ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु, ४ जना घाइते
काठमाडौँ । ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ । आइतबार बिहान ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम गर्ने रुकुमकी ५५ वर्षीय तिल्सरी खड्काको मृत्यु भएको हो । पर्खाल भत्किएर गम्भीर घाइते भएकी खड्काको ठैबस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सो घटनामा ४ जना घाइते भएको प्रहरीले जनाएको छ । […]











