काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तथापि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रममा रहेको छ। हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम […]
Author: ननस्टप संवाददाता
सुक्खा पहिराेले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
भरतपुर । सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने […]
टप एण्ड टी–२० सिरिजमा नेपालको लगातार दोस्रो हार
काठमाडौँ । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । यसअघि, पहिलो खेलमा नेपाल शुक्रबार अस्ट्रेलियाको स्थानीय टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । बंगलादेश ए विरुद्ध जीतका लागि १ सय ८७ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५४ रन […]
रवि लामिछानेलाई नख्खु कारागार सारियो, कार्यकर्ताको नाराबाजी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागारमा सारिएको छ। रूपन्देही कारागार कार्यालयमा रहेका लामिछानेलाई शनिबार नख्खु कारागार सारिएको हो। लामिछानेलाई नख्खु कारागारमा ल्याउँदा कारागारबाहिर नेता तथा कार्यकर्ताको भीड लागेको थियो । उनीहरूले रविको पक्षमा नाराबाजी गरेका थिए । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्नताको आरोपमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका […]
लामो फोन वार्ता गरेर ट्रम्पले जेलेन्स्कीलाई दिए वाशिङ्टन आउने निम्तो
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन्। शनिबार बिहान रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घन्टा वार्ता गरेर वाशिङटन फर्कँदै गर्दा ट्रम्पले एयरफोर्स वान बाटै जेलेन्स्कीसँग टेलिफोन संवाद गरेका हुन्। ट्रम्पले विमानबाटै जेलेन्स्की र नेटो आबद्ध युरोपेली नेताहरूसँग संवाद गरेको ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले जानकारी दिएकी छन्। […]
भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु
हेटौंडा । मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु भएको छ । आज शनिबार बिहान पौने ६ बजेको समयमा एक्कासी बिरामी भएका चितवनका ४३ वर्षीय विष्णुप्रसाद दुलालको उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख सुवास पौडेलले बताए । उनलाई ६ : ५५ मिनेटमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जेलर पौडेलले […]
रवि लामिछानेलाई आज दिउँसोको फ्लाइटबाट काठमाडौं ल्याइँदै
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर आज दिउँसो काठमाडौं ल्याइँदै छ । बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो […]
श्रीकृष्णको पूजा–आराधना गरी आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै
काठमाडौं । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । […]
कमजोर बन्दै मनसुन, आज यी ठाउँमा छ वर्षाको सम्भावना
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुनको अवस्था कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पहाडी भूभागमा साधरणतया रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। सबै प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा तथा कोशी प्रदेश र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]
पुटिनसँगको वार्तापछि ट्रम्प : युद्धविरामको जिम्मा अब जेलिन्स्कीको हातमा, त्रिपक्षीय बैठकको तयारी
अलास्का । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामको जिम्मेवारी अब युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलिन्स्कीको हातमा रहेको बताएका छन्। शुक्रबार अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले चाँडै नै आफू, पुटिन र जेलिन्स्कीबिच त्रिपक्षीय बैठक हुने संकेत गरे। ‘अब यो पूरा गर्ने जिम्मा राष्ट्रपति जेलिन्स्कीको हो,’ ट्रम्पले भने, ‘हामीले जेलिन्स्की, पुटिन र मलाई समेट्ने […]










