सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला आठ सय रूपैयाँले बढेको हो। आइतबार प्रतितोला एक लाख ९५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ९६ हजार तीन सय रूपैयाँ पुगेको हो। त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला […]

टप एन्ड टी-२० सिरिजमा नेपालको लगातार तेस्रो हार

काठमाडौँ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार तेस्रो खेलमा पराजय भोगेको छ। सोमबार डार्बिनमा भएको खेलमा नेपाललाई मेलवर्न स्टार्स एकेडेमीले ३१ रनले पराजित गरेको हो। यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकर्स र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग पराजय भोगेको थियो। सोमबार मेलवर्नले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले ७ […]

बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, तीनको अवस्था गम्भीर

काठमाडौँ । काठमाडौंको बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आइतबार बेलुकी ९:४७ बजे बूढानीकण्ठ नगरपालिका-७ स्पेसल चोकमा बा. प्र. ०२-०४१ प ६८१९ नम्बरको स्कुटर र प्र. ३-०२-००२ प ५७२ नं को मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार मोटरसाइकलमा […]

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं । हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि नेपालबाट इजरायल पुगेका आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले आज त्यहाँ राष्ट्रपति आइज्याक हर्जगसँग भेट गरेका छन्। तेल अविवस्थित नेपाली दूतावासका अनुसार, नेपाली राजदूत धनप्रसाद पण्डितको साथमा पुगेकी विपिनकी आमा र बहिनीले राष्ट्रपतिलाई भेटका हुन् । जेरुसेलमस्थित राष्ट्रपति निवासमा भएको शिष्टाचार भेटमा उनीहरुले […]

शिक्षासहित आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत सोमबार तीनवटा समितिको बैठक बस्ने भएका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतका समितिहरू आज बैठकमा जुट्दै छन्। दिउँसो ३ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। उक्त बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरिने कार्यसूची रहेको छ। यसैगरी बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त […]

आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको छ। देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा […]

गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरेर भागेका युवक पर्साबाट पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरेर भगेका एक जना युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पर्सामा पक्राउ गरेर काठमाडौँ ल्याउँदैछ । सेन्चुरीले साउन २७ मा गोङ्गबुको कञ्चन कोशी होटल एन्ड लजमा लगेर […]

पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलाको पहिरो पन्छाएपछि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ । आइतबार बिहानै यो खण्डमा पर्ने तुइनखोला नजिकै पहिरो खसेको थियो । पहिरो हटाएसँगै सडक सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ । ‘मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै खसेको पहिरो हटाइसकेपछि बिहान ११ बजे सडक दुवैतर्फ सञ्चालनमा आएको छ ,’ […]

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७०० र चाँदीको मूल्य ५ रुपैयाँ घटेको हो । जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम […]

कुवेतमा विषाक्त मदिरा सेवनबाट ११ नेपालीसहित २३ प्रवासी श्रमिकको मृत्यु, १६० बिरामी

काठमाडौँ । खाडी मुलुक कुवेतमा विषाक्त मदिरा सेवनबाट ११ नेपाली श्रमिकको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार पछिल्ला चार दिनमा ११ नेपाली श्रमिकको ज्यान गएको हो भने बिरामी अवस्थाका ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कुवेतको साल्मिया क्षेत्रमा रहेका नेपाली र भारतीयलगायत विभिन्न मुलुकका नागरिकले त्यस्तो मदिरा सेवन गरेको पाइएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले […]