डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम दिएको छ । आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले १७ कात्तिकभित्र बक्यौता बुझाउन उद्योगीहरुलाई अल्टिमेटम दिएको हो । डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत उपयोग गरेवापत २०७२ माघदेखि २०७५ वैशाखसम्मको विद्युत् महसुल बाँकी रहेका ग्राहकले तोकिएको अवधिभित्र बक्यौता बुझाउनु पर्ने भएको छ […]

सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० पुग्यो

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुन तोलामा २ लाख २३ हजार २०० पुगेको छ। जुन मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुन आइतबार प्रति १० ग्राम भने १ लाख ९१ हजार ३६० रुपैयाँ पुगेको छ । यसअघि साताको कारोबारको अन्तिम दिन शुक्रबार भने सुन तोलामा २ लाख […]

जेनजी आन्दोलनमा ६५ सय राउन्ड गोली र ८ हजार सेल अश्रुग्याँस प्रहार

काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीले ६५ सय राउन्डभन्दा धेरै गोली प्रहार गरेको भेटिएको छ । प्रहरीको आन्तरिक रिपोर्ट अनुसार जङ्गी राउन्ड ४ हजार र २५ सय राउन्ड भन्दा धेरै रबर बुलेट प्रहार गरेको भेटिएको हो । प्रहरी प्रधान कार्यालयले समिति बनाएर लुटिएका हतियार र खर्च भएका गोलीको विवरण तयार गरेको छ । अन्वेषण योजना तथा […]

सल्यानमा गाडी दुर्घटना, तीन जनाको मृत्यु

सुर्खेत । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ‎मृत्यु हुनेमा १ महिला र २ पुरुष छन् । उनीहरूको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीले बताए। ‎‎आइतबार बिहान करिब ८:४० बजे सल्यानको कपूरकोट गाउँपालिका ३, चोरखोलामा राप्ती राजमार्गमा लु २ ख ६४०२ नम्बरको फोर्स गाडी अनियन्त्रित भई […]

राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिनाले फिर्ता गरे गाडी

काठमाडौं । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफूले चढ्दै आएको संसद् सचिवालयको गाडी फिर्ता गरेका छन् । सरकारले पूर्व पदाधिकारीसँग भएका सवारी लगायत अन्य सुविधा फिर्ता गर्न भनेपछि तिमिल्सिनाले आफूले चढ्दै आएको बा सी ३७३८ नम्बरको गाडी जिल्ला प्रशासन कार्यालय कास्की मार्फत फिर्ता गरेका हुन् । उनले राष्ट्रिय सभाको पूर्व अध्यक्षको हैसियतले संघीय संसद् सचिवालयले […]

ओलीको दावी : आफ्नो हातमा केही नरहेको थाहा पाएपछि राजीनामा दिएको हुँ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालैको हिंसात्मक घटनाबारे सत्यतथ्य छानबिनको माग गरेका छन् । शनिबार भक्तपुरको गुन्डुमा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष अ‍ोलीले सो माग गरेका हुन् । ओलीले गोलीकाण्ड र त्यसपछिको घटनाक्रमबारे व्यक्त गरिएका चिन्ता र सरकारप्रति उठेका प्रश्नका सबालमा समेत […]

वेस्ट इन्डिजसँग आज पहिलो टी-२०आई खेल्दै नेपाल

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई सिरिजअन्तर्गत पहिलो खेल आज हुँदैछ । यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेदेखि सुरु हुनेछ । नेपालले वेस्ट इन्डिजसँग टी-२० अन्तर्राष्ट्रिय फर्म्याटमा पहिलोपटक खेल्न लागेको हो । त्यस्तै आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग नेपालको द्विपक्षीय सिरिज हुन लागेको पनि यो पहिलोपटक हो […]

प्रचण्डकै नेतृत्वमा माओवादी महाधिवेशन, केन्द्रीय समिति आयोजक समितिमा रुपान्तरण

काठमाडौं । नेकपा माओवादी केन्द्रको दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले आफैँलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको छ । केन्द्रीय समिति आयोजक समितिमा रुपान्तरण हुँदा पुष्पकमल दाहाल प्रचण्ड पनि अध्यक्षबाट संयोजकमा रुपान्तरित भएका छन् । काठमाडौंको प्रज्ञा भवनस्थित बैठकस्थलबाट बाहिरिँदै गर्दा प्रचण्डले पत्रकारहरूलाइ सम्छिप्त प्रतिक्रिया दिए, ‘म अब अध्यक्ष रहिँन, संयोजक भएँ ।’ प्रचण्डको यो […]

भोटेकोशीमा भ्यान खस्यो, चालक बेपत्ता

काठमाडौँ । सिन्धुपाल्चोकमा भोटेकोशी नदीमा भ्यान खसेको छ। शुक्रबार बिहान ५:२० बजे सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ बलेफीस्थित अरनिको राजमार्गबाट बा १२ च ६५९४ नम्बरको डेलिभरी भ्यान भोटेकोशीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार भ्यान र चालक नै बेपत्ता भएका छन्। चालक काभ्रेको पनौती नगरपालिका-१० पस्थली बस्ने २२ वर्षीय नवराज खुलाल रहेको खुलेको प्रहरीले जनाएको छ। भ्यान […]

ट्रकको ठक्करबाट १८ बर्षीय शाहीको मृत्युपछि आफन्त आन्दोलित, भोली कर्णाली राजमार्ग बन्द

काठमाडौँ। दैलेखको रामघाटस्थित कर्णाली राजमार्गमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। खाडाचक्र नगरपालिका–११, कालिकोटका १८ वर्षीय एडमन शाहीको बुधबार अपराह्न करिब ४:३० बजे ट्रकको ठक्करबाट गम्भीर घाइते भई उपचारको लागि प्रादेशिक अस्पताल सुर्खेत पुर्याउने बितिक्कै मृत्यु भएको हो। शाही सवार मोटरसाइकललाई ना ७ ख ७२३८ नम्बरको ट्रकले रामघाटस्थित पुलमै ठक्कर दिएको थियो। ठक्करले घाइते […]