५ सडक पूर्ण रुपमा बन्द, ४ सडक एकतर्फी सञ्चालन (सूचीसहित)

काठमाडौं । वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएका छन् । आज बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका ५ सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् भने चारवटा सडकखण्ड एकतर्फी रुपमा मात्रै सञ्चालन भएका छन् । प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुण र मकालु गाउँपालिका-एकुवामा सडक अवरुद्ध भएको छ […]

तुइनखोलाको पहिरो हटाउन समय लाग्ने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै गएको पहिरो हटाउन समय लाग्ने भएको छ । बुधबार साँझ ठूलो वर्षातका कारण राति अबेरसम्म पहिरो पन्छाउन समस्या भएपछि थप समय लाग्ने भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयले भनेको छ– ‘आज बिहान ५ः३० बजेदेखि पहिरो पन्छाउन नारायणगढ र मुग्लिनतर्फबाट पाँचवटा उपकरण निरन्तर रूपमा परिचालन भइरहेको छ […]

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बिहान ११ बजे प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु हुनेछ । यसअघि बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेस गर्ने, प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा […]

देउवाको बचाउमा उत्रिँदै कांग्रेसका २३ नेताले दिए संसद् पुनर्स्थापनाबाट संविधान संशोधनको विकल्प

sher bahadur deuba

काठमाडौं । नेपाली कांग्रेसका २३ जना नेताहरू सभापति शेरबहादुर देउवा बचाउमा उत्रिएका छन् । दुई दिनअघि नेता गुरू घिमिरेसहितले विशेष महाधिवेशन माग गरेको पृष्ठभूमिमा बुधबार संयुक्त वक्तव्य निकाल्दै २३ जना नेताले देउवाको बचाउ गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य, मुख्यमन्त्री, राष्ट्रिय सभा सदस्य, प्रदेश कार्यसमितिका कार्यवाहक सभापति, प्रदेश सरकारका मन्त्री, जिल्ला सभापति, प्रदेशसभा सदस्य र […]

माओवादीले समाजवादी मोर्चासँग एकताको पहल गम्भीरतापूर्वक गर्ने, अरू दलसँग मोर्चाबन्दी गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले तोकिएको समयमा निर्वाचन गर्न ध्यानाकर्षण गराएको छ। बिहीबारदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक प्रस्तावमा सो विषय उल्लेख रहेको प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए। त्यस्तै चुनावअघि नै विभिन्न दलहरूसँगको एकताका लागि पहल गर्ने प्रस्ताव प्रचण्डले राखेका छन्। ‘विशेषगरी समाजवादी मोर्चासँग एकताको पहल गम्भीरतापूर्वक […]

नेतृत्व परिवर्तनबारे प्रचण्डले भने : महाधिवेशनसम्म सबै हल हुन्छ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले पार्टीको आगामी महाधिवेशनले नेतृत्व परिवर्तन हुने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठकपछि उनले यस्तो बताएका हुन् । नेतृत्व परिवर्तनबारे पार्टीमा छलफल भइरहेको उनको भनाइ छ । नेतृत्व परिवर्तनबारे पनि बहस भइरहेको छ नि भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले भने, ‘त्यो पनि छलफल […]

अध्यादेश जारी भएसँगै मतदाता नामावली संकलनको बाटो खुल्यो

काठमाडौँ । निर्वाचन आयोगलाई मतदाता नामावली संकलन गर्न बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न अध्यादेश जारी गरेसँगै आयोगलाई नयाँ मतदाताको नाम संकलन गर्न बाटो खुलेको हो । यसअघिको कानुनअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न मिल्दैनथ्यो । मतदाता […]

कांग्रेसले लियो मधेस सरकारलाई दिएको समर्थन फिर्ता

जनकपुर । मधेस सरकारबाट कांग्रेस बाहिरिएको छ । प्रदेश राजधानी जनकपुरमा आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । मुख्यमन्त्री शतिस सिंहको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले बताए । उनका अनुसार दलको बैठकमा सांसदहरूले सरकारमा नबस्न सुझाव दिए बमोजिम बैठकले निर्णय गरेको हो […]

मुग्लिन-नारायणगढ सडक पूर्ण रूपमा बन्द, वैकल्पिक सडक प्रयोग गर्न प्रशासनको अनुरोध

काठमाडौं । तुइनखोलामा खसेको भयंकर सुक्खा पहिरोका कारण मुग्लिन-नारायणगढ सडक पूर्ण रूपमा बन्द भएपछि चितवन प्रशासनले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । वैकल्पिक मार्गको रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाटै उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न चितवन प्रशासनले अनुरोध गरेको […]

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक सुरु हुनेछ । बैठकमा जेनजी विद्रोहपछिको राजनीतिक घटनाक्रम, अध्यक्ष प्रचण्डले पेस गरेको केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव, महाधिवेशन तयारी लगायतका विषयमा छलफल हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । साथै […]