काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । मन्त्री अर्यालले आइतबार दिउसो तीन बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्नेगरी केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरेको गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव आनन्द काफ्लेले जानकारी दिए । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन, दुर्गा प्रसाईँले आह्वान गरेको आन्दोलनमा […]
Author: ननस्टप संवाददाता
मधेसका मुख्यमन्त्रीविरुद्धको रिट श्रेष्ठ र निरौलाको संयुक्त इजलासमा
काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध ७४ जना सांसदहरूले दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको हो । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध मधेस प्रदेशका ७४ सांसदहरूले अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका […]
बाबुराम भट्टराई भन्छन् : घरमा आगो लागेको वेला को ठुलो कोठामा सुत्ने भनेर झगडा गर्ने होइन
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र नेपालीको मनोबल इतिहासमै सबभन्दा कमजोर अवस्थामा रहेको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘नेपाल र नेपाली राष्ट्र, राज्य, समाज,अर्थतन्त्र,लोकतन्त्र, संस्कृति, मनोबल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थिर र अन्योलको अवस्थामा छ।’ उनले थप भने– ‘घरमा आगो लागेको वेला को ठुलो कोठामा सुत्ने, कसले […]
आज सकिँदैछ नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय
काठमाडौँ । नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले आज साँझसम्म नयाँ दल दर्ताको लागि समय दिएको हो । आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा […]
दार्चुलामा भूकम्पको धक्का
दार्चुला । दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहीबार राति १०ः४० मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पका कारण नेपाल (दर्चाुला) भारत सीमालगायतका आसपासका क्षेत्रमा धक्का महसुस भएको थियो। भूकम्पबाट क्षति भए÷नभएको बारेमा हालसम्म कुनै विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।
आज यी स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ। विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा […]
बढी भाडा असुले तत्काल कारबाही गर्छौं: यातायातमन्त्री घिसिङ
काठमाडौं। यातायातमन्त्री कुलमान घिसिङले तोकिएभन्दा बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन्। स्वीकृत भाडादर भन्दा बढी कानूनको प्रतिकूल हुनेगरी कसैले भाडा असुले तत्काल खबर गर्न पनि उनले यात्रुहरूलाई आह्वान गरेका छन्। चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी गरेकोलगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानून विपरीतका त्यस्ता […]
बाहिरिने बेला सक्रिय हुँदै मनसुन, दशैको दिन पनि पानी, १७ असोजदेखि भारी वर्षाको प्रक्षेपण
काठमाडौँ । दशैंको टीकाको भोलिपल्टदेखि नेपालमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसमविदहरुले अनुरोध गरेका छन् । यस वर्षाले बाढी, पहिरो, डुबान, कटान र बालीनालीमा क्षति पुर्याउने सम्भावना छ । मौसम पूर्वानुमानमा प्रयोग गरिने तीनवटै मोडेलहरुले अक्टुबर ३ अर्थात् असोज १७ गते शुक्रबारदेखि सुरु हुने प्रणालीको असरले नेपाल र छिमेकी देशहरुमा भारीदेखि अति […]
कानुन विपरीतका सबै सुविधा फिर्ता गराउन संसद्लाई सरकारको पत्र
काठमाडौं । सरकारले कानुन विपरीतका सबै सुविधा फिर्ता गराउने निर्णय कार्यान्वयन गर्न संघीय संसद् सचिवालयलाई पत्र लेखेको छ ।अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने निर्णय सरकारको छ । यही असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययीता कायम गर्ने भनेर विभिन्न निर्णय गरेको थियो । सोही निर्णयमा टेकेर अर्थ मन्त्रालयले सेवानिवृत्त […]
देशभर मनसुनी र स्थानीय वायूको प्रभाव, कहाँ-कहाँ वर्षाको सम्भावना ?
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको समेत प्रभाव रहेको छ। महाशाखाले सोमबार बिहान जारी गरेको आगामी २४ घण्टाको मौसमसम्बन्धी बुलेटिनका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । यसैगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी […]








