काठमाडौं इन्जिनियरिङ कलेजका सबै कार्यक्रमले पाए स्थायी मान्यता

काठमाडौं इन्जिनियरिङ कलेज

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित काठमाडौं इन्जिनियरिङ कलेज (KEC), ले इन्जिनियरिङ शिक्षा क्षेत्रमा एक ठूलो सफलता हात पारेको छ। नेपाल इन्जिनियरिङ परिषद् (NEC) बाट कलेजले स्थायी मान्यता प्राप्त गरेको हो, जसले कलेजको शैक्षिक गुणस्तर र दीर्घकालीन विश्वासलाई थप मजबुत बनाएको छ। त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त यस कलेजले सञ्चालन गर्दै आएको पाँचवटा प्रमुख कार्यक्रम—बी.ई. सिभिल (९६ सिट), बी.ई. […]

एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार बढीले ल्याए सर्वोच्च जिपिए

see board

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेसँगै बोर्डले राति ८ बजे नतिजा सार्वजनिक गरेको हो। चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको परीक्षा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धि तर्फ ६७ हजार ७१५ जना […]

निर्माण व्यवसायी भेटवाल पक्राउ

निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन् । उनलाइ १० करोड रूपैयाँको बैंकिङ कसुरसम्बन्धी एक मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालकसमेत रहेका भेटवाल यसअघि २०७९ फागुन १० गते पनि उनी ३ करोडको चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए । उनी काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाडौं […]

रुघाखोकीको बिरामी प्रशंसाको ज्यानलिने अस्पताल र डाक्टरलाई अदालतको यस्तो आदेश

काठमाडौं । काठमाडौंको हिमाल हस्पिटल र डा. जयदेव यादवलाई उपभोक्ता अदालतले ठुलो क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ । अस्पताल र चिकित्सकको लापरवाहीका कारण २८ महिनाकी बालिका प्रशंसा गौतमको ज्यान गएको प्रकरणमा उपभोक्ता अदालतले अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला सुनाएको हो । २०७९ माघ २३ गते, मोरङका गौरव दर्पण र […]

प्रदेश सांसद गोसाइँको व्यंग्य- “वाह रे गठबन्धन सरकार, वाह रे ऐकांको सुशासन!”

हेटौंडा । बर्षाले बिगारेको बाटोमा चारदेखि पाँच घण्टाको कठिन यात्रा गरेर बिहीबार हस्याङफस्याङ गर्दै हेटौंडा पुगेका जनप्रतिनिधि प्रदेश सभा बैठकमा सहभागी हुन नपाउदा खिन्न छन् । प्रदेश सभा सचिवालयले आकस्मिक सूचना टाँस गरी चार दिनका लागि बैठक स्थगित गरेसंगै प्रदेश सदस्यहरु असन्तुष्ट बनेका हुन् । यस घटनाले प्रदेश सभाभित्रको आन्तरिक राजनीतिक अस्थिरता फेरि एकपटक उजागर […]

यस्तो छ दुई करोड पुरस्कार दिने दावी गरिएको ब्रान्ड एम्वेसडर हन्ट

काठमाडौं । एसवाई इन्टरटेन्टमेन्ट प्रालि तीनकुने काठमाडौंको आयोजनामा फेस अफ एसवाई २०८२(face of SY-2०82) ब्रान्ड एम्वेसडर हन्ट सुरु भएको छ । विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कुल दुई करोड बढी नगद राशी पुरस्कारको व्यवस्था भएको नेपालकै पहिलो ठूलो ब्रान्ड एम्वेसडर हन्ट शुरु भएको आयोजकले जनाएको हो । पत्रकार सम्मेलनमा आयोजक एसवाई बजार नेपालका निर्देशक विमलराज […]

आफैंले हेर्नेगरी अनलाइन उजुरी प्रणाली ल्याउने भक्तपुरका नयाँ सिडिओ पाण्डेको योजना

भक्तपुर । भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेले जिल्लामा शान्ति सुरक्षा, सुशासन र नागरिक सहभागिताको सुनिश्चितताका लागि विशेष योजना सार्वजनिक गरेका छन्। बिहीबार जिल्लाका पत्रकारहरूसँगको भेटमा उनले जनगुनासो प्रभावकारी रूपमा सम्बोधन गर्न अनलाइन उजुरी प्रणाली विकास गर्ने बताएका हुन् । उनका अनुसार अब सेवा लिने नागरिकहरूले क्युआर कोड स्क्यान गरेर सिधै सिडिओ कार्यालयमा उजुरी […]

विवाहित महिलाको सुन्दरी प्रतियोगितामा लक्ष्मीदेवी प्रथम

काठमाडौं । विवाहित महिलाहरूबीच राजधानीमा सम्पन्न सौन्दर्य प्रतियोगितामा लक्ष्मी देवीले ‘मिसेस नेशनल ग्र्याण्ड २०२५’ को उपाधि जितेकी छन्। क्रिजोना मिडिया ग्रुप प्रालिको आयोजनामा राष्ट्रिय नाचघर, जमलमा सम्पन्न उक्त प्रतियोगितामा १९ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले ग्र्याण्ड उपाधिको ताज चुमिन्। प्रतियोगिताको मुख्य उपाधिसँगै लक्ष्मीले “मोस्ट फोटोजेनिक” को उपउपाधि समेत जित्दै आफ्नो सौन्दर्य र प्रभावशाली उपस्थिति प्रस्तुत […]

पाकिस्तान दूतावासद्वारा १ सय ९५ नेपाली विद्यार्थीलाई छात्रवृत्ति वितरण

काठमाडौ । मित्रराष्ट्र पाकिस्तानको नेपालस्थित राजदूतावासले काठमाडौंमा आयोजना गरेको १३औं “पाकिस्तान राजदूत छात्रवृत्ति वितरण समारोह” सम्पन्न भएको छ। सो अवसरमा नेपाल परिवार दलका अध्यक्ष तथा संघीय सांसद एकनाथ ढकाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। समारोहमा देशभरका १ स्य २ विद्यालयबाट छानिएका १ सय ९५ जना मेधावी तथा जेहेन्दार नेपाली विद्यार्थीलाई “राजदूत छात्रवृत्ति” प्रदान गरिएको छ […]

संविधानको मर्मअनुरुप शिक्षा ऐनले अनिवार्य र निःशुल्क शिक्षामा जोड दिनुुपर्ने पूर्व शिक्षामन्त्रीको जिकिर

काठमाडौ । पूर्व शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री एवं प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले विद्यालय शिक्षा सम्बन्धी प्रस्तावित विधेयक संविधान अनुरूपको हुनुपर्नेमा जोड दिएकी छिन्। बिहीबार प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकबारे उपसमितिले प्रस्तुत गरेको प्रतिवेदनमाथिको छलफलका क्रममा बोल्दै उनले संविधानले विद्यालय शिक्षा अनिवार्य र निःशुल्क हुनुपर्ने स्पष्ट पारेकाले सो ऐनसँग […]