पत्रकार दिवाकरको पक्षमा उभियो पत्रकार महासंघ

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले एचटीपी खबरका पत्रकार दिवाकर साहमाथि भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गत असार २३ गते राति अनुचित गतिविधि भइरहेको सूचना पाएपछि पत्रकार साह पूर्वाधार विकास कार्यालय महोत्तरी पुगेका थिए। समाचार संकलनका क्रममा त्यहाँ उपस्थित केही व्यक्तिहरुले पत्रकार साहसँग दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। महासंघको […]

नेपाली कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित दाहाल रास्वपा प्रवेश

ललितपुर । नेपाली कांग्रेसजस्तो पुरानो र स्थापित राजनीतिक दलको सदस्यतासहित निर्वाचित वडा सदस्य पद समेत परित्याग गर्दै युवा नेता रोम प्रसाद दाहाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनीसँगै  अरु दर्जनौं युवाहरू पनि रास्वपामा आवद्ध भएका छन्। दाहाल ललितपुरको बागमती गाउँपालिका-४ का निर्वाचित जनप्रतिनिधि हुन् । उनले गाउँपलिका अध्यक्षलाई पत्र लेख्दै पदबाट राजीनामा […]

प्रजनन दर घट्दै गएपछि दुई सन्तान जन्माउन प्रोत्साहित गर्दै सरकार

काठमाडौ । नेपाल सरकारले राष्ट्रिय जनसंख्या नीति, २०८२ लाई हालै पारित गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नीतिलाई स्वीकृति दिएको हो। नयाँ नीतिमा प्रजनन दरलाई प्रतिस्थापन तहमा अर्थात् प्रति दम्पती दुई सन्तान जन्माउने सन्तुलित लक्ष्यमा राखी विभिन्न प्रोत्साहन कार्यक्रम तथा सम्बन्धित नीतिहरू परिमार्जन गर्ने व्यवस्था गरिएको छ। हाल नेपालको प्रजनन दर १.९३ छ, जुन […]

काभ्रेमा स्कूल बस र मोटरसाइकल ठोक्किदाँ गयो दुईजनाको ज्यान

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–२, सेल्फी डाँडा नजिकै बिपी राजमार्गमा स्कूल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।  दुर्घटना आज मंगलबार साँझ करिब साढे ७ बजे भएको हो। नमोबुद्धबाट भकुण्डेबेशीतर्फ जाँदै गरेको सगुन विद्या मन्दिरको विद्यार्थी बोकेको बा.४ ख ७१ नम्बरको स्कुल बस र विपरित दिशाबाट आइरहेको बा.७१ प ६८८० नम्बरको […]

प्रधानमन्त्रीले बुझे बाढीको बितण्डा

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएका छन्। बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्रीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल गरे। उनले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरूको अवस्था, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चासो […]

अबैध १ करोड ४० लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौ महानगरपालिका-६ बौद्ध नयाँ बस्तीबाट स्रोत नखुलेको नगद १ करोड ४४ लाख रूपैयाँ सहित चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौं स्वयम्भू बस्ने चिनियाँ नागरिक ४० वर्षीय WANG JIAN लाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई […]

विदेशी विनिमय सञ्चिति बढेर पुग्यो साढे २५ खर्ब

काठमाडौ । देशको विदेशी विनिमय सञ्चिति बढेर साढे २५ खर्ब रुपैयाँ हाराहारी पुगेको छ । केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको तथ्यांक समेटर तयार पारेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार जेठ मसान्तमा २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको छ । २०८१ असार मसान्तमा रु.२० खर्ब ४१ अर्ब […]

चार छात्रालाई यौन दुर्ब्यवहार गरेको आरोपमा समातिए शिक्षक

सिरहा । सिरहामा एकजना शिक्षकले आफ्नै छात्रामाथि लामो समयदेखि यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको छ। गाेलवजार नगरपालिका- ८ स्थित श्री जनता नमूना माध्यमिक विद्यालय चोहर्वाका शिक्षक हरि श्रेष्ठले चारजना बालिका माथी लामो समयदेखि यौन दुर्ब्याहार गरेको घटना सार्वजानिक भएको हो।  नमुना विद्यालयमा अध्यनरत्त चार जना छात्राहरु माथी शिक्षक श्रेष्ठले कक्षामा पढाउने क्रममा संवेदनशिल अङ्गहरु छोइदिने, शरीर […]

भाउजुको हत्या आरोपमा देवर पक्राउ

मोरङ । आफ्नै भाउजु ६० वर्षीया टिकामाया कार्की बस्नेतको हत्या गरेको अभियोगमा रतुवामाई नगरपालिका-६ बस्ने ६९ वर्षीय टंकबहादुर बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। रतुवामाई नगरपालिका-६ स्थित आफ्नै बारीमा टिकामाया शनिबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न टंकबहादुरलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको […]

चीनको वर्षाले रसुवामा बितण्डा, उद्धारकर्ता ३ प्रहरीसहित दर्जन बढी सम्पर्कबिहीन

रसुवा । चीनतर्फको अबिरल वर्षापछि भोटेकोशी नदीमा आएको भीषण बाढीले गएराती रसुवाको टिमुरे क्षेत्रलाई तहसनहस बनाएको छ। स्थानीय समय अनुसार गएराती ३ बजेतिर आएको बाढीले रसुवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाउँदै विनाशको कहर मच्चायो। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले हालसम्म १८ जनालाई सम्पर्कविहीन बनाएको छ। तीमध्ये ९ नेपाली र ६ चिनियाँ नागरिक रहेको पुष्टि भएको छ। […]