काठमाडौँ, २ माघ । नेपालमा बेलाबेला ठूला ठूला भूकम्प जाने र ठूलो जनधनको क्षति भएका छन् । भूकम्पीय जोखिम न्यूनीकरण गर्न विभिन्न प्रयास भइरहे पनि नेपालको पूर्व, मध्य र पश्चिम क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले पूरै नेपाल भूकम्पीय जोखिममा छ । आधुनिक उपकरणमा अभिलेखीकरण भएको अहिलेसम्मकै ठूलो भूकम्प गएको ८६ वर्ष पूरा भएको छ । […]
Author: Nonstop Khabar
कांग्रेस संसदीय दलको बैठक माघ ३ गते
काठमाडौं, २ माघ । कांग्रेस संघीय संसदीय दलको बैठक यही माघ ३ गते शुक्रबार बस्ने भएको छ । सिंहदरबारमा दिनको १ः३० बजे बस्ने तय भएको दलले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । सभामुख चयनलाई लिएर नेकपाले सदनलाई बन्धक बनाएकोमा कांग्रेसले विरोध जनाउँदै आएको छ ।
देशभर मौसम बदली, २ दिन वर्षा र हिमपात हुने
काठमाडौँ, २ माघ । वर्षा र हिमपात गराउने शक्तिशाली मौसमी प्रणालीका कारण आज बिहीबार देशैभरको मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय वायु प्रणाली बुधबार साँझबाट नेपाल भित्रिएको हो । यो प्रणालीको कारण बिहीबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका सबैजसो भूभागको मौसम बदली भएको छ । यो प्रणालीले देशका धेरैजसो भूभागमा पानी पार्ने र उच्च […]
नेपाल पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर हुन्छ: कृषिमन्त्री
लुम्बिनी, २ माघ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा चलिआएको परम्परागत प्रणालीलाई तोडेर आधुनिक र वैज्ञानिक प्रणालीमार्फत कृषि उद्यम सञ्चालन गर्नुपर्ने बताएका छन । रुपन्देहीको अमुवामा बुधबारदेखि शुरु भएको रुपन्देही मत्स्य कृषि तथा माघी महोत्सव २०७६ को उद्घाटन गर्दै मन्त्री भुसालले कृषिका हरेक क्षेत्रको संरक्षण जरुरी भएकाले त्यसतर्फ सरकारले योजनाबद्ध कदम चाल्न […]
दलित समुदायलाई सबै तहको शिक्षा निःशुल्क
काठमाडौं, २ माघ । राज्यले दलित समुदायलाई सबै तहको शिक्षा निःशुल्क दिने भएको छ। विद्यमान कानुन संशोधन गरी सरकारले यस्तो व्यवस्था गर्न लागेको हो। प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलमा रहेको केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा यो व्यवस्था गर्न लागिएको हो। विधेयक राष्ट्रियसभाको विधायन समितिले पास गरिसकेको छ। विधेयकको व्यवस्था कार्यान्वयनमा आए दलित समुदायले […]
नेप्से २० अङ्कले लाग्यो उकालोतिर
काठमाडौं, १ माघ । पुस मसान्तमा घटेको शेयर कारोवार मापक नेप्से परिसूचक माघको पहिलो दिन २० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २०.८५ अङ्कले बढेर एक हजार २८४.२३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.६८ अङ्कले बढेर २७८.९७ मा पुगेको छ । परिसूचक २० अङ्कले बढ्दा कारोवार रकम भने […]
नेचर, कल्चर र सिग्नेचर
तिर्खाले रन्थनिएका कालिदास कुनै गाउँको एउटा घरमा पुगेर पानी माग्छन् । ढोकाबाट एक युवती निस्कन्छिन । ज्ञानले भरिपूर्ण कालिदास र युवतीबीच यस्तो संवाद चल्छ । कालिदास पथिकलाई पानी दिएर पुण्य कमाउनुस् । युुवती : मैले तपाईंलाई चिनेकै छैन । आफ्नो परिचय दिनुस् । कालिदास : म पाहुना हुँ । युवती : संसारमा पाहुना दुई मात्र […]
नेपाल आयल निगमले कमायो आठ अर्ब ७५ करोड नाफा
काठमाडौँ, कुनै समय निकै घाटा व्यहोरेर डुब्ने अवस्थामा पुगेको नेपाल आयल निगमले पछिल्ला वर्ष ‘आर्थिक स्वास्थ्य’ मा सुधार ल्याएको छ । केही वर्षदेखि निगमको नाफा बिस्तारै उकालो लाग्न थालेको छ । निगमले आर्थिक वर्ष २०७५/७६ मा करीब रु आठ अर्ब ७५ करोड करपछिको मुनाफा आर्जन गरेको छ । निगमले अघिल्लो आवमा रु तीन अर्ब ५८ […]
ट्रम्पविरुद्धको महाभियोगको प्रस्ताव
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने भएको छ । आगामी सात दिनभित्रमा सो प्रस्ताव अघि बढ्ने समाचारमा जनाइएको छ । बुधबार अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको उनीमाथिको महाभियोगसम्बन्धी जानकारी सिनेटमा पठाइने छ । सिनेट अमेरिकी संसदको माथिल्लो सदन हो । त्यहाँ १०० जना सांसद रहने […]
नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ जना पक्राउ
काठमाडौं, १ माघ । नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा चलाएको ‘स्विप अप्रेशन’मा अनैतिक क्रियाकलाप गर्ने ७३ व्यक्तिलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले गोङ्गबु नयाँ […]











