१६ प्रहरीले यसरी बाँडे तस्करीको ३६ तोला सुन

काठमाडौँ, १५ फागुन । तस्करीको करिब ३६ तोला सुन बाँडीचुँडी लिएको आरोपमा इन्स्पेक्टरसहित १६ जना प्रहरीमाथि छानबिन सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरीचौकी टिमुरेका इन्चार्ज रहेका इन्सपेक्टर खेम नेपालसहित १६ जनालाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई बुधबार पत्राचार गरेको छ । प्रहरीको प्रारम्भिक छानबिनमा सुन लुकाएको पुष्टि भएपछि ती प्रहरीमाथि अख्तियारले छानबिन अघि […]

बेहुलि मण्डपमा कुरिरहिन न बेहुला आए न जन्ती

काठमाडौँ, बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो । करिब सात सय जनाका लागि खानपानको व्यवस्था थियो । छोरीको बिहे भव्य बनाउन परिवारले कुनै कसर बाँकी राखेको थिएन । मूलथलो पूर्वी पहाडी जिल्लाबाट केटीको परिवारले जन्तीलाई खुवाउन भनेर चारवटा खसी नै काठमाडौं ल्याएको थियो । काठमाडौंमा रहेका आफ्ना जिल्लावासी र चिनेजानेका सबैलाई केटीको परिवारले […]

बिद्युतीय गाडीबारे यस्ता छन् भ्रम र तथ्य हेर्नुहोस!

काठमाडौं, १४ फागुन । संसारभर विद्युतीय कारको प्रयोग बढ्दै गइरहेको छ । द इन्टरनेशनल एनर्जी एजेन्सीका अनुसार सन् २०३० सम्ममा विश्वभर १२।५ करोड विद्युतीय कारहरु गुड्नेछन् । यस प्रकारका कारहरु वातावरण मैत्री हुने भएकाले यसको माग र उपयोगको क्रम बढ्दै गएको छ । तर पनि आम मानिसमा बिद्युतीय कारहरुका बारेमा केहि भ्रमहरु पाइन्छन् ।तर ती […]

जन्ती बोकेको बस नदीमा खस्दा २४ जना घटनास्थलमै मृत्यु

एजेन्सी, भारतको राजस्थानमा जन्तीबस मैज नदीमा खस्दा २४ जनाको मृत्यु भएको छ । बुधबार सबेरै भएको दुर्घटनामा ३ बालबालिका, १० महिलासहित २४ जनाको मृत्यु भएको हो । बरनबाट सवाई मधुपुर जाँदै गरेको बस बुन्डी जिल्ला अन्तर्गतको कोटा- डौसा राजमार्गबाट नदीमा खसेको थियो । बसमा ४० जना सवार रहेकोमा समयमै उद्धार हुन नसक्दा ठूलो मानवीय क्षति […]

आफ्नो र केपी ओलीको सम्पती छानविन गर्न संसदमा बाबुराम भट्टराईको माग

काठमाडौं, १४ फागुन । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको सम्पती छानविन गर्न माग गरेका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै भट्टराईले तेह्रथुमको सानो ‘बुकुरो’मा बस्ने मान्छेको बालकोटमा भव्य दरवार बन्न नसक्ने दावी गर्दै उनको सम्पती छानविन गर्नुपर्ने बताएका हुन् । सो प्रसंगमा भट्टराईले प्रम ओलीको मात्र […]

सेयर बजारमा हरियाली, ५१ अंकले बढ्यो नेप्से, ४ अर्ब माथिको कारोबार

Share Market

काठमाडौं,१४ फागुन। बुधबार सेयर बजारमा हरियाली छाएको छ । दिनभर भएको तीब्र उतारचढावबीच सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५० दशमलव ९३ अंकले बढेर १ हजार ५ सय ९६ दशमलव १३ मा पुगेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३ दशमलव ३० अंकले बढेको हो । कारोबार रकममा समेत उल्लास देखिएको छ । ४ अर्ब […]

खरेल र ज्ञानेन्द्र शाहीले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान शुरू गर्दै

काठमाडौं, १४ फागुन । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश प्रसाद खरेल र ज्ञानेन्द्र शाहीले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान शुरू गर्ने भएका छन् । अभियानको औपचारिक घोषणा भने भोलि बिहीबार साढे दुई बजे काठमाडौंको बिजुली बजारमा एक कार्यक्रम गरी गरिने ज्ञानेन्द्र शाहीले बताए । शाहीले भ्रष्टाचारको अत्य, रोजगारीको सिर्जना, स्वस्थ्य र शिक्षा निशुल्क, राजनीतिक शुद्धीकरण, राष्ट्रियताको […]

नागरिकता कानूनले दिल्लीमा भड्कियो हिंसा, मृत्यु हुनेको संख्या २० पुग्यो

काठमाडौं । भारतको राजधानी दिल्लीमा पछिल्लो तीन दिनदेखि जारी हिंसाका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ । सोमबार रातिदेखि दिल्लीको उत्तरी क्षेत्रमा नागरिकता संशोधन कानून (सिएए) को विपक्ष र समर्थनमा भएको प्रदर्शनले झडपको रुप लिएको हो । घाइतेहरुको उपचार भइरहेको गुरु तेगबहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनील कुमार गौतमलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले हिंसाका […]

राष्ट्रियसभा सदस्यमा बामदेवलाई मनोनयन गर्ने नेकपाको निर्णय

काठमाडौं, १४ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले गौतमलाई राष्टियसभामा लैजाने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्तिका लागि निर्णय गरेको हो ।

मन्त्रीका सल्लाहकारबाटै किशोरी बलात्कृत

काठमाडौं, १४ फागुन । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घलेबाट एक किशोरी बलात्कृत भएकी छन्। सिन्धुली घर भई काठमाडौं बसेर कक्षा १२ मा पढ्दै गरेकी एक किशोरीलाई बलात्कार गरेको पाइएपछि प्रहरीले घलेलाई पक्राउ गरेको छ। काठमाडौं नयाँबजार जान बनेपामा बस पर्खेर बसेकी किशोरीलाई घलेले सम्बन्धित ठाउँ पुर्‍याइदिन्छु भन्दै आफ्नो मोटरसाइकलमा हालेर […]