पर्यटनमन्त्री भट्टराईपछि शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको चपेटोमा सरकारका उच्च अधिकारिदेखि मन्त्रीसम्म पर्न थालेका छन् । शनिबार मात्रै पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको थियो भने आइतबार अर्का मन्त्रीमा कोरोना पुष्टि भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए […]

मन्त्रिपरिषदले गर्यो यस्ता निर्णय, ६ महत्वपूर्ण निकायमा नियुक्ति

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा डिमप्रकाश (प्रकाश) पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । गत असोज २२ गते बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो । यस्तै लुम्बिनी विकास परिषदको सदस्य सचिव पदमा काडमाडौं महानगरपालिका वडा नंबर २१ का सानुराजा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम […]

कर्णालीका मुख्यमन्त्री विरुद्ध सत्तारुढ दलकै सांसदले दर्ता गराए अविश्वासको प्रस्ताव

सुर्खेत । कर्णाली प्रदेशमा नेकपाका आफ्नै सांसदहरुले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । आजको प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको हो । प्रदेश दलका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुन्। उनीहरुले मुख्यमन्त्री शाहीबाट सरकार र पार्टीको प्रभावकारिता जनस्तरमा कमजोर भएको आरोप लगाउँदै नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४ १ बमोजिम संसदीय दलका […]

कोरोना लागेर निको भएका सफाइ कर्मचारीबाट जुस पिएर अनसन तोडे डा. केसीले

काठमाडौं, २५ असोज । २८ दिनदेखि आमरण अनसनमा बसेका सत्याग्रही डा. गोविन्द केसीले कोरोना लागेर निको भएका एक सफाई कर्मचारीको हातबाट जुस पिएर आफ्नो अनसन तोडेका छन् । धेरैजसो अनसनमा बस्नेहरुलाई राज्यका कुनै ठूलै जिम्मेवारीमा रहेका व्यक्तिबाट जुस खुवाएर अनसन तोडाउने गरिए पनि डा.केसीले भने सर्वसाधारणको हातबाट जुस पिएर अनसन तोड्ने गरेका छन् । आज […]

अन्ततः सरकारले डा.केसीसँग ग¥यो फेरि ८ बुँदे सहमति, अनसन आइतबार मात्र तोडिने

काठमाडौं, २४ असोज । सत्याग्रही डा. गोविन्द केसीसँग सरकारले फेरि ८ बुँदे सहमति गरेको छ । डा.केसीका तर्फबाट सहभागी भएको वार्ता टोली र सरकारका प्रतिनिधित्व गर्ने वार्ताटोलीबीच सो सहमति भएको हो । सहमतिपछि डा. केसीको अनसन तोडिने भएको छ । उनी २७ दिनदेखि अनसनमा बसेका छन् । सरकारी वार्ता टोलीका संयोजक गोपी मैनाली र डा. […]

काठमाडौं उपत्यकामै भेटिए २६७२ संक्रमित

काठमाडौं, २४ असोज, । देशभर संक्रमित थपिने संख्या पाँच हजार नाघ्दा काठमाडौं उपत्यकामा पनि संक्रमण ह्वात्तै बढेको छ । शनिवार काठमाडौं उपत्यकामा पनि संक्रमित बढेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका २६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २१०० संक्रमित थपिएका छन् । ललितपुरका […]

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार ह्वात्तै बढेर पाँच हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुशार शनिवार ५००८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९३२० नमूना परीक्षण […]

लिमीमा खाद्य संकट, काठमाडौंमा दौडधुप

हुम्ला । हुम्ला–हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको तीन गाउँमा खाद्यान्न संकट हुन थालेको छ । सदरमुकामसँग बर्षाको ६ महिना मात्र सम्पर्क हुने हिमालपारीको गाउँमा कोरोना महामारीका बीच चीनको तिब्बतीयन पठार पुराङबाट आवश्यक बन्दोबस्तीका सामानहरू आउन पाएको छैन । पछिल्लो समय चर्चा परिचर्चामा आएको लिमी लाप्चा क्षेत्रमा समुहका समुहहरू जाँदा लिमी तीन गाउँका […]

कोरोनाबाट ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्षको निधन

ललितपुर । ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्ष एवं अधिवक्ता दीपकबहादुर विष्टको कोरोना संक्रमणका कारण निधन भएको छ। गोदावरी नगरपालिका ९, छम्पी घर भएका विष्टलाई रुघाखोकी र त्यसपछि निमोनिया भएको थियो । यी लक्षणहरु देखिएपछि उनलाई उपचारका लागि असोज १३ गते ललितपुरकै मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। तर शुक्रबार राति ८ बजे उनको मृत्यु भएको उनको […]

विदेशमा रहेका एनआरएन स्वास्थ्यकर्मी नेपाल फर्केर सेवा गर्न तयार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दोस्रो विश्व ज्ञान सम्मेलन सम्पन्न गरेको छ । भर्चुअल माध्यमबाट सम्पन्न गरिएको सम्मेलनमा बोल्दै पूर्व स्वास्थ्य तथा कानुन मन्त्री उपेन्द्र यादवले राज्यले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि केन्द्र, प्रदेश, स्थानीय सरकारको समन्वयकारी भूमिका बनाउनुका साथै एनआरएनए लगायत विभिन्न अन्तराष्ट्रिय निकायसँग सहकार्य आबश्यक रहेको बताए । ‘पब्लिक […]