कोरोनाबाट ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्षको निधन

ललितपुर । ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्ष एवं अधिवक्ता दीपकबहादुर विष्टको कोरोना संक्रमणका कारण निधन भएको छ।

गोदावरी नगरपालिका ९, छम्पी घर भएका विष्टलाई रुघाखोकी र त्यसपछि निमोनिया भएको थियो । यी लक्षणहरु देखिएपछि उनलाई
उपचारका लागि असोज १३ गते ललितपुरकै मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। तर शुक्रबार राति ८ बजे उनको मृत्यु भएको उनको पारिवारिक सदस्यले जानकारी दिएका छन्।

४६ वर्षीय अधिवक्ता दीपक ललितपुरका मात्रै होइन, देशैभरका अधिवक्ताको रोजाइका व्यक्ति थिए। सामान्य रुघाखोकी, त्यसपछि देखिएको कोरोना र त्यसले निमोनिया भएपछि १२ दिनपछि उनको निधन भएको हो।

Loading...