दशैंको मुखमा साढे ६ लाखको अवैध चाइनिज मदिरा भित्रियो

हुम्ला । दशैंलाई लक्षित गरेर सिमकोट बजार क्षेत्रमा चाइनिज मदिराको अवैध रुपमा आयात बढ्न थालेको छ । सिमकोट लाग्नाबाट १५ खच्चरले ९० प्याक चाइनिज रक्सी भखैरै ल्याउँदै गरेको प्राप्त जानकारी भएको छ । पछिल्लो समय हुम्लाको दुबै उत्तरी नाकाहरूमा चाइनिज सामानहरू आउन बन्द भए पनि पटक पटक चाइनिज मदिरा के कसरी र कहाँबाट आउँछ । […]

रक्षामन्त्रालयले मन्त्री पोखरेललाई गरेको विदाई कार्यक्रममा गएनन प्रधानसेनापति, जंगी अड्डामै बोलाएर विदाई गर्ने

काठमाडौं, २९ असोज । प्रधानमन्त्रीले रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएपछि रक्षामन्त्री ईश्वर पोखरेललाई बुधवार सो मन्त्रालयमा विदाई कार्यक्रम राखियो । तर, उक्त विदाई कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति गएनन । उक्त विदाई कार्यक्रममा नेपाली सेनाले एकजना उपरथीलाई भने पठायो । नेपाली सेनासँगको मनमुटावकै कारण जिम्मेवारी खोसिएको हल्ला चलिरहेका बेला विदाई कार्यक्रममा देखिएको यो दृष्यले अझ बढी कुरा […]

फेरि बढे संक्रमित, बिहीबार भेटियो ३७४९ जनामा कोरोना

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार […]

नेताले बिगारेको राजनीति सपार्न एउटा आँधीबेहरी ल्याउन जरुरी छ

नेपाल प्राचीन समयदेखि नै निरन्तर युद्धमा छन् । व्यवस्था विरुद्धको आन्दोलन आजपर्यन्त जारी छ । तर, संघर्षका स्वरुप, शैली र त्यसमा प्रयोग हुने प्रविधिमा भने बदलाव आएको छ । प्रविधि बदलिए पनि मानिसहरुको प्रवृति भने फेरिएको छैन । हरेक एक युगले अर्को युगलाई पछार्दै आफ्नो दवदवा कायम गरेको छ । किराती, लिच्छवी, मल्ल, शाह, राणा, […]

वहराइन राजकुमारसहित १७ जनाले मनास्लु हिमालको गरे सफल आरोहण

काठमाडौं । वहराइन राजकुमारसहित १७ जनाको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन्। यसअघि लोबुचे हिमालको सफल आरोहण गरेका राजकुमार नासिर बिन हामिद अल खलीफाले आज (बिहीबार) बिहान ८,१५६ मिटरको मनास्लु हिमालको सफल आरोहण गरेका हुन्। कोभिड-१९ माहामारीको समयमा राजकुमार खलीफाले दुईवटा हिमालको सफल आरोहण पूरा गरेका छन्।

सेनाका दुई हेलिकप्टर ठोक्किँदा ९ जनाको मृत्यु

अफगानिस्तानमा सेनाका दुई हेलिकप्टर ठोक्किँदा कम्तीमा ९ जनाको ज्यान गएको छ। घाइते सैनिकको उद्धारमा खटिएका दुई हेलिकप्टर दक्षिण प्रान्ट हेल्मन्डमा ठोक्किएका हुन् । मृत्यु हुनेमा केही वायु सेनाका उच्चतहको तालिम प्राप्त अधिकारी रहेका छन् । प्राविधिक कारणले हेलिकप्टर दुर्घटनामा परेका हुन् । स्थानीय समय अनुसार बुधबार बिहान नवा जिल्लामा सो घटना भएको हो । सो […]

बालकले फेसबुकमा पोष्ट गरेको तस्बिरले बागलुङमा ११ थान बन्दुकसहित ११ पक्राउ

बागलुङ । अभिभावककको मोबाइल फोन चलाएका बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिर प्रहरीको आँखामा परेपछि बागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन् । सामाजिक सञ्जालमा तस्बिर देखेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले मङ्गलबार रातभर खानतलासी गरेको थियो […]

दीर्घरोग नरहेका ४९ वर्षे कोरोना संक्रमितको धरानमा मृत्यु

विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशीष श्रेष्ठका अनुसार बुधबार बेलुका ७ बजे दांग्पा १ तेह्रथुमका ४९ वर्षीय पुरुषको आकश्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएको हो। निमोनिया देखिएसँगै धनकुटा अस्पतालबाट अशोज २५ गते प्रतिष्ठानको आकश्मिक कक्षमा भर्ना गरिएको उनले जानकारी दिए। अशोज २६ […]

फ्रान्समा फेरि संक्रमण फैलिएपछि पेरिससहित ८ सहरमा कर्फ्यूको घोषणा

फ्रान्सको राजधानी पेरिससहितका ९ शहरमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कर्फ्यूको घोषणा भएको छ। राष्ट्रपति इम्यानुएल म्याक्रोँले पेरिस तथा अरु ८ शहरमा रातिको समयमा कर्फ्यू लगाउने घोषणा गरेका हुन् । फ्रान्समा अहिले कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । राति ९ बजेपछि बिहान ६ बजेसम्म आउँदो शनिबारदेखि चार हप्ताका लागि कर्फ्यू लागु हुने राष्ट्रपति […]

रामेलु लुकाकुको दुई गोलले बेल्जियम शिर्ष स्थानमा

बेल्जियमले नेशन्स लिगमा आइसल्याण्डमाथि सहज जित निकाली समूहको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा बेल्जियमले आइसल्याण्डलाई २–१ ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा बेल्जियमका लागि दुवै गोल रामेलु लुकाकुले गरेका हुन् । उनले नवौँ मिनेटमा गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए । १७ औँ मिनेटमा बिरकिर साइभार्सनले […]