बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती

लण्डन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ। तीन चरणमा सञ्चालित उक्त कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाली भाषा तथा साहित्यको विकासमा बेलायतमा रहेका कवि तथा साहित्यकारहरुले पुर्‍याएकाे योगदानको चर्चा गरे। लण्डनस्थित स्कुल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिजबाट विद्यावारिधि गरी उक्त विश्वविद्यालयको नेपाली […]

हुम्लामा पहिलो हिमपात किसानहरू खुशी तर माइनस् दश डिग्री तापक्रम

हुम्ला । हुम्ला सिमकोट लगायत दक्षिणी क्षेत्रतिर मंसिर १ गते पहिलो हिमपात हुँदा हुम्ली किसानहरू खुशी भएका छन् । तर पनि यहाँको तापक्रम माइनस् दश डिग्रीभन्दा कम रहेको छ । चार महिनासम्म हुम्लामा ठूलो वर्षा भएको छैन । यसबाट किसानहरू चिन्तित भएको अवस्थामा मंसिर १ गते हिमपात हुँदा जेठाँसी बालीहरू जौ, उवा र गहुँ छर्ने […]

हङकङमा नेपालीले चलाएको रेष्टुरेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु

काठमाडौँ । हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको हङकङका सञ्चार माध्यमहरूले जनाएका छन् । आइतबार राति ८ बजेतिर लागेको आगोमा चार जना पुरुष र तीन जना महिलाको मृत्यु भएको जनाइएको छ । बालबालिकासहितका […]

आजबाट नेपाल सम्वतको नयाँ वर्ष ११४१ सुरु

काठमाडौं, १ मंसिर । आजबाट नेपालको आफ्नै सम्वत नेपाल संवतको नयाँ वर्ष ११४१ सुरु भएको छ । नेवार समुदायको बाहुल्यता रहेको स्थानमा नेपाल सम्वतको नयाँ वर्षलाई विशेषरुपमा मनाउने गरिन्छ । तर यस वर्ष कोरोना संक्रमणको महामारीका कारण अघिल्ला वर्षहरुमा जस्तो उल्लास भने छैन । नेपालका राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवद्र्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना […]

आज तिहारको मुख्यदिन भाइटीका, ११ बजेर ३७ मिनेटमा उत्तम साइत

काठमाडौं, १ मंसिर । आज तिहारको मुख्य दिन अर्थात भाइटिका । दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर यो दिन मनाइन्छ । एकअर्कालाई टीका लगाइदिएर दाजुभाइ–दिदीबहिनीहरुले सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । भाइटिका यमपञ्चकको आज अन्तिम दिन हो । परम्परा अनुसार भाइटिकामा पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइन्छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत बिहान ११ […]

एकैदिन अहिलेसम्मकै धेरै ६ लाख २८ हजारमा कोरोना सङ्क्रमण

काठमाण्डाै । विश्वमा एकैदिन अहिलेसम्मकै धेरै ६ लाख २८ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २८ हजार १ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले यो संख्या अहिलेसम्मकै धेरै भएको जनाएको छ । यसअघि ५ लाख ७९ हजार २ सय ५३ जनामा […]

बङ्गलादेशसँग नेपाल २–० ले पराजित

काठमाण्डौ । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । बङ्गलादेशको ढाकामा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बङ्गलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो । खेलको नवौँ मिनेटमा नविद जीवनले गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको बङ्गलादेशले दोस्रो हाफमा अर्काे एक गोल थप्यो । उसका लागि खेलको […]

महाकवि देवकोटाको १ सय १२ औँ जन्मजयन्ती मनाइँदै

काठमाण्डाै । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् […]

मंसिर ३ गते बस्नेगरी सत्तारुढ नेकपाको सचिवालयको बैठक सकियो

काठमाडौँ । सत्तारूढ नेकपाको सचिवालय बैठक केहीबेर बसेर सकिएको छ । शुक्रबार अपराह्न ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठक माग गर्दै कात्तिक २२ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका ५ नेताले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको पत्र र त्यसको […]

तिहारसहितका पर्वका लागि तीन अर्बको फलफूल आयात

काठमाडौँ । सरकारले फलफूलमा स्वदेशी उत्पादन प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याउने गरेको छ । कतिपय क्षेत्रलाई उत्पादनको सुपर जोन अर्थात पकेट क्षेत्र समेत घोषणा गरेको छ । फलफूलकोे आयात भने कम हुन सकेको छैन । फलफूलको माग पनि बढ्दो क्रममा छ । हाल नेपालका हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र मुस्ताङ गरी ६ जिल्लामा स्याउ […]