देशभर ४०३ अस्पताल एकैसाथ शिलान्यास गरिँदै

काठमाडौँ । आज मुलुकभर एकसाथ ४०३ वटा अस्पतालको शिलान्यास हुँदैछ । ३९६ पालिकामा आधारभूत अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल गरी ४०३ अस्पताल भवनको शिलान्यास हुँन लागेको हो । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो । बजेट भाषणका क्रममा गरिएको घोषणा कार्यान्वयनका क्रममा सरकारले पहिलो चरणमा […]

ओसासुनामाथि गोल गरेपछि मेस्सीले म्यारोडोनाको पूरानो जर्सी देखाएर दिए श्रद्धाञ्जलि

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा ओसासुनामाथि सहज जितमा एक गोल गरेका लियोनल मेस्सीले महान खेलाडी म्याराडोनालाई सम्मान प्रकट गरेका छन् । ओसासुनाविरुद्ध गोल गरेपछि मेस्सीले अर्जेन्टिनाका महान खेलाडी म्यारोडोनाप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । गोलपछि उनले म्यारोडोनाको पूरानो जर्सी देखाएर उनीप्रति गोल समर्पण गरेका थिए । घरेलु मैदानमा आइतबार राति भएको खेलमा ओसासुनालाई बार्सिलोनाले […]

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । शनिबार भएको चुनावको सार्वजनिक मतपरिणाम अनुसार ढकालले आफ्ना किशोर प्रधानलाई १६६ मतान्तरले हराएका हुन् । आइएमई ग्रुपका ढकाल ६३३ मत ल्याएर विजयी भएका हुन् । पराजित प्रधानलाई ४६६ मत मात्र प्राप्त भयो । ३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले […]

हुम्लामा दुई अर्बको चर्पी तर गाउँघर अझै दिसायुक्त

हुम्ला । हुम्लामा हालसम्म करीब १० हजार ५ सय चर्पी निर्माण गरिएको सरकारी आँकडा रहेको छ । करीब तीन वर्ष अघि दिसामुक्त जिल्लाको रुपमा घोषणा भए पनि गाउँघरको पछिल्लो अवस्था हेर्दा दुर्गन्धले छिछि र दुरदुर गर्ने अवस्था रहेको छ । हुम्लाको साविकको २७ गाविस र हालको सात गाउँपालिकाको अवस्था हेर्दा हुम्लामा हालसम्म १० हजार ५ […]

जगदम्बा स्टिलको फलाम गलाउने भट्टी पड्किँदा ४ घाइते

वीरगञ्ज, १३ मंसिर । जगदम्बा स्टिल प्रा.लि.को फलाम गलाउने भट्टी पड्किँदा ४ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भिर छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरास्थित जगदम्बा स्टिलको फलाम गलाउने भट्टी पड्किएर घाइते भएका मध्ये १ जनाको अवस्था गम्भिर छ । सर्लाहीको सक्रौल गाउँपालिका–६ बस्ने ४० वर्षीय बिकिन्द्र यादव गम्भिर घाइते भएका […]

जम्मु–कश्मीरको गोली हानाहानमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु

काठमाडौं, १३ मंसिर । भारतीय सेनामा कार्यरत एक नेपालीको जम्मु–कश्मीर भएको गोली हानाहानमा मृत्यु भएको छ । पाकिस्तानतर्फबाट चलेको गोली लागेर नायक प्रेमबहादुर खत्री र राइफल्यान सुखवीर सिंहको शुक्रबार मृत्यु भएको भारतीय सेनाले जनाएको छ । रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा मृत्यु भएका खत्री दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी हुन् । १३ वर्षदेखि भारतीय सेनामा कार्यरत […]

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि तीन ठाउँमा मतदान हुँदै

काठमाडौं, ३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । उद्योगी व्यवसायीहरुको छाता संस्था महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरी तीन ठाउँमा मतदानको व्यवस्था मिलाइएको छ । महासंघमा बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान छ । अहिलेको मतदान भने अध्यक्ष वाहेक […]

जिप दुर्घटनामा परी गुल्मीमा ६ जनाको मृत्यु

गुल्मी, १२ मंसिर । गुल्मीमा भएको जिप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रबार बिहाना इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप गाउँपालिकाको वडानम्बर-४ को हुलमा दुर्घटना हुँदा ६ जनाको मृत्यु् भएको हो । दुर्घटनामा ५ जनाको घटनास्थलमै र थप एकजनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी […]

बाँदरको सिकार खेल्न गएका राउटे किशोरको भिरबाट लडेर मृत्यु

सुर्खेत, १० मंसिर । बाँदरको सिकार खेल्न जङ्गल गएका एक राउटे किशोरको भिरबाट लडेर मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मंगलबार १६ वर्षीय टेकराज शाहीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । राउटे समुदायमा कार्यरत सामाजिक कार्यकर्ता लालबहादुर खत्रीले मृतक टेकराजलाई समुदायका अगुवाले मंगलबार साँझै गाडिसकेको बताए । आफ्ना सदस्यको मृत्यु भएसँगै राउटे […]

करोडौ ठगीको आरोप लागेका नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष न्यौपाने पक्राउ

काठमाडौं, १० मंसिर । ठगिको आरोपमा नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार दिउँसो उनलाई काठमाडौंबाट पक्राउ गरेको जनाएको छ । नेपाल इन्जिनियरिङ कलेजले नै न्यौपाने विरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोपसहित प्रहरीमा उजुरी दिएको थियो । न्यौपाने नेपाल इन्‍जिनियरिङ कलेजमा २०५६ […]