काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्थाको विकल्प खोजिनुपर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद भंग गरेपछि उनले विज्ञप्तिमार्फत यस्तो बताएका हुन् । आइतबार साँझ विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले सत्ताको असफलतापछि ओलीले फासीवादको सहारा लिँदै संसद विघटन गरेको जनाएका छन् । उनले देशभक्त शक्तिहरुसँग […]
Author: Nonstop Khabar
थोरै धितोलाई धेरै मुल्यको बनाई अत्यधिक ऋण दिने बैंकका प्रबन्धकसहित पाँच पक्राउ
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा ऋणी र बैंकका शाखा प्रबन्धकसहितका व्यक्ति संलग्न रहेको खुलेको छ । उक्त कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महालक्ष्मी विकास बैंकका विभिन्न शाखा कार्यालयका प्रबन्धक र पूर्वप्रबन्धकलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–९ गौशाला बस्ने तत्कालीन बैंकका शाखा प्रबन्धक स्मृति राना, कास्की पोखरा घर भई चन्द्रागिरि बस्ने शाखा […]
प्रधानमन्त्री र राष्ट्रपतिले एकपछि अर्को गल्ती गरेको संविधानविद् भिमार्जुन आचार्यको प्रतिक्रिया
काठमाडौँ । संविधानविद् भिमार्जुन आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिले जालसाझीपूर्ण अधिकारको प्रयोग गरेर अध्यादेश जारी गरेको प्रतिक्रिया दिएका छन्। संवैधानिक परिषदको बैठकको गणपुरक संख्या सम्बन्धी व्यवस्थालाई संशोधन गर्दै सरकारले अध्यादेश ल्याएपछि संविधानविद् आचार्यले सरकारको निर्णयले संविधान र व्यवस्थाप्रणालीमाथि ठूलो कुठाराघात गर्नुको साथै मुलुकलाई राजानीतिक भूमरीतर्फ धकेलेको टिप्पणी गरे। संबैधानिक परिषद्को बैठकमा सहभागी नभएर सभामुखले गल्ती गरेको […]
विश्वमा एकैदिन १२ हजार ५३१ कोरोना संक्रमितको मृत्यु
काठमाडौँ । विश्वमा एकैदिन १२ हजार ५३१ संक्रमितको मृत्यु भएको छ । त्यस्तै ५ लाख ८० हजार ९९२ संक्रमित थपिएका छन् । बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ३७ लाख ८४ हजार ४७४ पुगेको छ । संक्रमित १६ लाख ४० हजार ५२६ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये २ […]
पीसीआर परीक्षणमा कालोबजारी गर्ने दुई दुई अस्पतालमाथि कारवाही
चितवन । नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पीसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । नेपाल सरकारले पीसीआर गरेको दुई हजार रुपैयाँ शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै प्रशासनमा यी दुई अस्पताल विरुद्ध गुनासो दर्ता भएको थियो । प्रमाणसहितको गुनासोपछि गरिएको […]
नेपालका सन्तोष साह पुगे बीबीसी मास्टर सेफको अन्तिम चारमा
काठमाडौँ । नेपालका सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० यूके’ को शीर्ष चारमा पुग्न सफल भएका छन् । नेपाली सेफ साह मंगलबार राति ‘बीबीसी वान’ टेलिभिजनमा प्रशारित फाइनल चरणको पहिलो समूहबाट शीर्ष चारमा पुग्न सफल भएका हुन् । उनले यो चरणमा डिजर्टको रुपमा कोदोको खिर बनाएका हुन् । यस्तै उनले आँपको कुल्फी र आँपको […]
नेपाल सिधै टी २० क्रिकेटको ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने
काठमाडौं । नेपालले सन् २०२२ मा हुने टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अष्ट्रेलियामा हुने उक्त प्रतियोगिताका लागि छनोट प्रक्रियाको तालिका सार्वजनिक गरेको छ । नेपालसहित जिम्बावे, युनाइटेड अरब इमिरेट्स (यूएई) र सिङ्गापुरले सिधै ग्लोबल छनोट खेल्न पाउने आईसीसीले जनाएको छ । टी […]
अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात ललिता निवास प्रकरणमा जेल चलान
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेश पछि प्रहरीले बस्न्यातलाई आइतबार नै डिल्लीबजार कारागार पठाइएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश […]
जाजरकोटमा अब व्यवसायिक कस्तूरी पालन हुने, रानीचौरमाप्रजनन केन्द्र बन्दै
जाजरकोट । व्यावसायिकरूपमा कस्तूरी पाल्न जाजरकोटको बारेकोट गाउँपलिकाको सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाको काम तीव्ररूपमा अगाडि बढेको छ। अघिल्लो आर्थिक वर्षदेखि सुरू गरिएको काम अहिले तीव्ररूपमा अगाडि बढेको हो। कस्तूरी मृग पाल्न चाहनेलाई बीउ प्राणी उपलब्ध गराउन सरकारले जाजरकोट सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाका लागि काम जारी राखेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले […]
पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना संक्रमण
काठमाडौं, २६ मंसिर । पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४१४ जनामा गरिएको परीक्षणमा १०४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या […]











