कोरोनाकालमा पनि कर बढाएका क्षेत्रहरु

काठमाडौं । आर्थिक वर्ष २०७८÷७९ को वजेट सार्वजनिक गर्दै सरकारले चुरोट, सुर्ती र मदिराजन्य वस्तुको कर बढाएको छ। अर्थमन्त्री विष्णु पौडेलले ती वस्तुको कर बढाए पनि मूल्यअभिवृद्धि करको दर भने यथावत् राखेका छन्। उनका अनुसार भन्सार महसूलका दरहरूमा सामान्य समायोजन गरिएको छ भने बियर, वाइन, चुरोट, सुर्तीजन्य तथा हल्का पेय पदार्थमा अन्तःशुल्क वृद्धि गरिएको छ। बजेट […]

बजेटमाथि डा. भट्टराईको प्रतिक्रियाः नहुने चुनावको एमाले घोषणापत्र

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई ‘नहुने चुनावको एमाले घोषणापत्र’को संज्ञा दिएका छन्। अर्थमन्त्री विष्णु पौडेलले शनिबार घोषणा गरेको बजेटलाई पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले ‘सीधासादा जनतालाई ललिपप’ भनेका छन्। पुरानै नारा र कार्यक्रम बजेटमा राखिएको डा. भट्टराईको टिप्प्णी छ। साथै […]

कोभिड राहत र आर्थिक पुनःउत्थानका लागि वजेटमा दिइएका छुट

काठमाडौं । सरकारले कोभिड राहत, सहुलियत र आर्थिक पुनःउत्थानका लागि छुट तथा अनुदानको व्यवस्था गरेको छ। निषेधाज्ञा अवधिभर अत्यावश्यक सामग्री खरिदमा २० प्रतिशत छुट दिने जनाएको छ । सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्ग कम्पनीबाट खरिद गर्नेलाई सो छुट दिइने भएको हो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा […]

इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ ले पराजित

काठमाडौं । इराक विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ । इराकको बसरास्थित अल फायना स्टेडियममा भएको खेलमा पहिलो हाफमा इराकले ४–२ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा २ गोल थप्यो । नेपालका लागि मनिस डाँगीले राष्ट्रिय टिममा डेब्यु गर्दै गोल गरे । मनिससँगै डिफेण्डर गौतम श्रेष्ठले पहिलो रोजाइमा खेल्दै डेब्यु गरेका […]

वजेटमा सरकारले घोषणा गरेका छुटै छुटका क्षेत्रहरु

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा व्यक्तिलाई करमा पर्याप्त छुट र सहुलियत दिने घोषणा गरेको छ। यसअनुसार आर्थिक वर्ष २०७७/०७८ को आयमा वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार भएका करदाताले ९० प्रतिशत, वार्षिक २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ७५ प्रतिशत र वार्षिक ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबार भएका […]

सिटीलाई हराउँदै चेल्सीले जित्यो च्याम्पियन्स लिग

काठमाडौं । काऐ हाभार्टको निर्णायक गोल मद्दतमा म्यानचेष्टर सिटाई पराजित गर्दै चेल्सीले दोस्रो पटक युरोपयन च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराति पोर्चुगलको पोर्टोमा भएको अल इंग्लिस फाइनला म्यानचेष्टर सिटीलाई १-० ले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । यसअघि सन २०१२ मा चेल्सीले पहिलो पटक चयाम्पियन्स लिग उपाधि जितेको थियो । चेल्सीले समग्रमा तेस्रो […]

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। जसअनुसार संघको चालुगत खर्चका लागि ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको ४१.२ प्रतिशत हो। त्यस्तै पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको […]

१५ वर्षको अवधिमा बाघ र अर्नाको संख्या दोब्बर

काठमाडौं । नेपालमा विगत १५ वर्षको वन्यजन्तुको तथ्यांक विश्लेषण गर्दा बाघ तथा अर्नाको संख्या करिब दोब्बर अनुपातले वृद्धि भएको छ। यो अवधिमा बाघको संख्या २३५ र अर्नाको संख्या ४४१ रहेको देखिएको छ। त्यस्तै सन् २००० मा ६१२ गैँडा रहेकामा सन् २०११ को गणनामा ४३४ रहेको थियो। सन् २०१४ मा पुनः वृद्धि भई गैँडाको संख्या ६४५ […]

पल र रञ्जितको ‘ब्याकुली’ सार्वजनिक

काठमाडौं । चर्चित अभिनेता पल शाह र मोडल रञ्जित सिञ्जाली मगर अभिनित गीत ‘ब्याकुली’ को भिडिओ सार्वजनिक भएको छ। एमएमएस इन्टरटेन्मेन्टबाट आइतबार गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतको भिडियोमा पल शाह र उषा उप्रेती अनि रञ्जित सिंजाली मगर र सुप्रिया खनाललाई जोडीको रूपमा प्रस्तुत गरिएको छ। रोमान्टिक शैलीको गीतका चर्चित गायिका मेलिना राई, एलिना चौहान, अजय […]

एसियन च्याम्पियनसिप महिला भलिबलः ३० सदस्यीय प्रारम्भिक टोली घोषणा

काठमाडौं । एसियन च्याम्पियनसिपका लागि तयारीका लागि राष्ट्रिय महिला भलिबल टोलीको ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ। पाँचौँ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको प्रदर्शनलाई आधार मान्दै तीन सदस्यीय समितिले टोली छनोट गरेको नेपाल भलिबल संघले जनाएको छ। छनोट समितिमा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के संयोजक तथा राखेप मुख्य […]