एसियन च्याम्पियनसिप महिला भलिबलः ३० सदस्यीय प्रारम्भिक टोली घोषणा

काठमाडौं । एसियन च्याम्पियनसिपका लागि तयारीका लागि राष्ट्रिय महिला भलिबल टोलीको ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ।

पाँचौँ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको प्रदर्शनलाई आधार मान्दै तीन सदस्यीय समितिले टोली छनोट गरेको नेपाल भलिबल संघले जनाएको छ।

छनोट समितिमा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के संयोजक तथा राखेप मुख्य प्रशिक्षक प्रज्वल बहादुर सिंह र महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट सदस्य रहेका थिए।

३० सदस्यीय टोलीमा विभागीय खेलाडी कै वर्चश्व छ। प्रारम्भिक टोलीमा होंगान्जी न्यू डायमन्डका ७, विभागीय टोली एपिएफ र पुलिसबाट समान ७ जना तथा आर्मीबाट ८ खेलाडी टोलीमा परेका छन्। यस्तै भरतपुर मेट्रोबाट सरस्वती कट्टेलले स्थान बनाएकी छिन्।

टोलीमा ९ खेलाडीले पहिलो पटक स्थान बनाएका हुन्। पहिलो पटक स्थान बनाउनेमा सरस्वती जैसी, लक्ष्मी चन्द, सृष्टि खड्गी, रिया कुँवर, रिमा कुँवर, कामना विष्ट, पुजा चौधरी, झरना श्रेष्ठ र वाल्मिका आचार्य पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन्।

यस्तै आरती सुवेदी, निशा चौधरी, प्रगती नाथ, पुष्पा शाही र पुष्पा चौधरी वैकल्पिक खेलाडीका रुपमा रहेका छन्।

कार्यवाहक यामबहादुर गुरुङको अध्यक्षतामा शुक्रबार बसेको संघको भर्चुअल बैठकले २१ गतेबाट प्रशिक्षण सुरु गर्ने निर्णय गरेको छ। यस्तै बैठकले जगदीश भट्टलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिने निर्णय गरेको छ।

प्रारभिक टोली
आर्मी : सफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वति जैसी, कृपा अधिकारी, सृष्टि खड्गी, संगम महतो
पुलिस : उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना विष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द
एपीएफ : सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा विष्ट, हिरा केसी, रेश्मा भण्डारी, कविता भट्ट, पुजा चौधरी
न्यू डायमन्ड : प्रतिभा माली, अरुणा शाही, सलिना श्रेष्ठ, रिया कुँवर, रिमा कुँवर, झरना श्रेष्ठ, वाल्मिका आचार्य
भरतपुर मेट्रो : सरस्वती कट्टेल

Loading...