काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शुक्रबार पदभार सम्हालेका छन् । पदभार सम्हाल्दै पौडेलले् शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै शिक्षामा आमुल परिवर्तनका लागि आफ्नो प्रयत्न रहने बताएका छन् । देश र जनताको पक्षमा शिक्षा क्षेत्रबाट हुनुपर्ने काम गर्ने र अहोरात्र खटेर परिणाम युक्त काम गर्ने पौडेलले बताए । आफ्नो वा कोही […]
Author: Nonstop Khabar
नवनियुक्त मन्त्री सबैले शितल निवासमा लिए सपथग्रहण
काठमाडौँ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यसअघि नवनियुक्त २ राज्यमन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पद तथा गोपनियताको […]
चिनियाँ बैदेशिक मामिला कार्यालयका प्रमुख र अमेरिकी समकक्षबीच भेट-वार्ता
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्युरोका सदस्य एवं केन्द्रीय बैदेशिक मामिला कार्यालयका प्रमुख याङ चेछले अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा मामिला सम्बन्धी सहायक ज्याक सुल्लिभानसँग स्विजरल्याण्डको ज्युरिखमा भेट-वार्ता गर्नुभएको छ। स्थानीय समय अनुसार अक्टोबर ६ तारिख आयोजित सो भेट-वार्तामा दुवै पक्षले चीन-अमेरिका सम्बन्ध तथा साझा अभिरूचि भएका अन्तर्राष्ट्रिय एवं क्षेत्रीय समस्याबारे चौतर्फी रूपमा सदिच्छापूर्वक […]
‘क्राइम फाइल्स’ कार्तिकबाट कान्तिपुर टेलिभिजनमा प्रसारण हुने
काठमाडौँ । अपराधिक सत्य घटनामा आधारित क्राइम फाइल्स कार्यक्रम कार्तिकबाट कान्तिपुर टेलिभिजनमा प्रसारण हुने भएको छ । नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कार्तिक महिना देखि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने जानकारी दिइएको हो । नेपाल भित्रै घटेका विभिन्न किसिमका अपराधिक घटनाहरुको नाट्य रुपान्तरण क्राइम फाइल्स मार्फत प्रस्तुत गरिने छ । नेपाल […]
इन्डोनेसियद्वारा जैविक इन्धनको प्रयोग गरी सफल उडान परीक्षण
जकार्ता । इन्डोनेसियाले जैविक इन्धन (बायोभ्टुर जे २.४) को प्रयोग गरी मध्यम दूरीको जुम्ल्याहा इन्जिन भएको विमानको सफलतापूर्वक उडान परीक्षण गरेको छ। बायोभ्टुर जे २.४ एक मिश्रित इन्धन हो जुन २.४ प्रतिशत परिष्कृत पाम तेलबाट बनेको हुन्छ । उक्त परीक्षण उडानका क्रममा ऊर्जा तथा खनिज स्रोत मन्त्री अरिफिन तस्रिफले आफूहरूले नयाँ इतिहास रच्न लागेको र […]
हनुमानढोकास्थित दशैं घरलगायत घर-घरमा जमरा राखियो
काठमाडौँ । हरेक वर्षजस्तै यसवर्ष पनि राजधानीको हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक घटस्थापना गरिएको छ । हनुमान ढोकाको दशैं घरमा बिहान ११ बजेर ४६ मिनेटको शुभ साइतमा विधिपूर्वक घटस्थापना गरिएको हो । घटस्थापनाको बेला नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाएको थियो । बडादशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश […]
एकीकृत समाजवादीले चुनाव चिह्न कलम राख्ने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ । पार्टीको बिहीबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले चार पदाधिकारी मनोनयन गरेको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई उपमहासचिव तथा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई […]
शीतभण्डार अभावमा डोल्पाका स्याउ खेर जाँदै
डोल्पा । जिल्लाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ । यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक हैरान भएका छन् । उनीहरुले जति मेहेनत गरी उत्पादन गरे पनि स्याउबाट सक्दो आम्दानी लिन नसकिएको गुनासो गर्ने गर्दछन् । उपल्लो डोल्पाका तीन पालिकाबाहेक अन्य सबै ठाउँमा स्याउ […]
प्रदेश २ का मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिँदै
धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि आजैदेखि प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गरिएको छ । गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्ने निर्णय गरिएको थियो । सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रवधानअनुसार […]
लुम्बिनी प्रदेश सरकारले नयाँ बजेट ल्याउँदै
काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । आज दिउँसो एक बजे बस्ने बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट सभामा पेश गर्ने कार्यसूची रहेको छ। प्रमुख विपक्षी दल एमालेले आजको बैठक पनि अवरुद्ध पार्ने बताएको छ । एमालेले सांसदद्वय अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्नुपर्ने […]











