दसैँमा थारु समुदायका महिलाले देखाउने सखिया नृत्यको रौनकता कञ्चनपुरमा हराउँदै जान थालेको छ। कृष्णजन्माष्टमीका दिनदेखि आरम्भ गरिने नृत्य दसैँसम्म देखाउनुपर्ने चलन थारु समुदायमा रहेपनि हाल यस नृत्यलाई छोटयाएर पाँचदेखि तीन दिन मात्रै देखाउन थालिएको छ। कोरोना महामारीका कारण सखिया नृत्यलाई छोट्याउनु परेको जोनापुरका वडघर रामप्रसाद चौधरीले बताए। ‘सखिया नृत्य सामुहिकरुपमा देखाइने भएकाले निकै भीडभाड हुन्छ’, […]
Author: Nonstop Khabar
विराटनगर उडेको फिस्टेलको हेलिकोप्टर इनरुवाको धानखेतमा ल्याण्ड
काठमाडाैं । सुनसरीको इनरुवामा शनिबार साँझ फिस्टेल एयरको एक हेलिकोप्टर धानखेतमा आकस्मिक अवतरण गरिएको छ। काठमाडौंबाट विराटनगरका लागि चार्टड हेलिकोप्टर हेलिल्याण्ड थाहा नभएर धान खेतमा अवतरण गरिएको हो। हेलिकोप्टरमा चालकदलका दुई सदस्यसहित काठमाडौं भ्यूटावरका निर्माता मनोज भेटवाल सवार थिए। बेलुका ६ बजेर ५ मिनेटमा स्थानीयले घरमाथि नजिकैबाट पिलिक्क पिलिक्क लाइट बाल्दै हेलिकप्टर दिशाहिन भएर इनरूवा ३ सखुवागाछीकाे […]
नेपाल साफ च्याम्पियनसिपको उपविजेता
काठमाडौँ । माल्दिभ्समा शनिबार सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । साफको इतिहासमा पहिलो पटक उपाधि नजिक पुगेको नेपाल फाइनलमा भारतसँग पराजित भएपछि उपविजेतामा सिमित भएको हो । माल्दिभ्सको राजधानी मालेमा भएको फाइनल खेलमा भारतले नेपाललाई तीन शून्यले पाखा लगाउँदै ८ औं पटक उपाधि उचाल्यो । फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी […]
नेपाली हिमचितुवा ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ मा भिड्दै
काठमाडौँ । अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’मा भिड्ने भएका छन् । जापानको नायोगा सहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आइतबार दिउँसो आयोजना हुने ४९ औँ सस्करणको सो अन्तर्राष्ट्रिय प्रतियोगितामा उनीसँग जापानका व्यवसायिक किक बक्सर फुजीमुराले रिङ्मा उत्रदैछन् । फुजीमुरा पनि के वान के बक्सिङ् प्रतिष्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी […]
साना कृषि औजारको बढ्दो प्रयोग : किसानलाई सहज
काठमाडाैं । जनशक्ति, लागत र समय समेत कम लाग्ने भएपछि पछिल्लो समय झापामा साना कृषि औजारको प्रयोग बढ्दै गएको छ। मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा साना कृषि औजारको प्रयोग गरेर खेती हुन थालेपछि यहाँका किसान आत्मनिर्भर हुन थालेका छन्। ‘पहिले पहिले परम्परागत तरिकाले खेती गर्थ्यौं, त्यसले जनशक्ति र लागत बढी लागेपनि उत्पादन कम हुन्थ्यो’, […]
पहिलो पटक नेपाल साफ च्याम्पियनसिपको फाइनलमा
काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो । सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । पहिलो शंस्करणमा तेस्रो भएको नेपालले २०१८ मा सेमिफाइनलसम्म यात्रा […]
गायक शिव परियारको ‘पिउन सुरु गरेपछि’
काठमाडौं । गायन क्षेत्रमा चर्चित एवं अब्बल गायकको रूपमा चिनिन्छन् शिव परियार । गायक परियारका अधिकांश गीत दर्शक–श्रोताले मन पराएका छन् । पछिल्लो समय गायक परियारको “पिउँदिन भन्दा भन्दै पिलायो साथीले” को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने शृङ्खलाको फेरी अर्को गीत “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” भन्ने बोल […]
विद्रोहीको आक्रमणले जम्मु–कश्मीरमा पाँच जना भारतीय सैनिकको ज्यान गयो
काठमाण्डाै । जम्मु–कश्मीरमा विद्रोही समूहको आक्रमणमा पाँच जना भारतीय सैनिकको ज्यान गएको छ । जम्मु–कश्मीरको पुन्छ जिल्लामा सेनाले चलाइरहेको आतङ्कवाद विरोधी अभियानका क्रममा विद्रोही समूहले गरेको आक्रमणमा परि सेनाका एक अधिकृत र चार जवानसहित पाँच जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये दुई जना पञ्जाबका राज्यका छन् । पञ्जाब मुख्यमन्त्री चरणजित सिंह चन्नीले […]
पिङ थाप्ने क्रममा लड्दा मकवानपुरमा एक जनाको ज्यान गयो
काठमाण्डाै । मकवानपुरको भीमफेदी गाउँपालिकामा पिङ थाप्ने क्रममा लडेर एक जनाको ज्यान गएको छ । भीमफेदी गाउँपालिका-६ माण्डुमा पिङको लठ्ठा बाँध्ने क्रममा लड्दा त्यहीँ ठाउँका ५३ वर्षका प्रेम लामाको ज्यान गएको हाे । हिजो बेलुका ६ बजे लडेका लामाको उपचारका क्रममा हेटौँडा अस्पतालमा गएराति १० बजे ज्यान गयो प्रहरीले जनाएको छ ।
दिउँसो साढे चार बजे हनुमानढोकामा फूलपाती भित्र्याइँदै
काठमाण्डाै । आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नौ […]











