मौरिसससँगको मैत्रीपूर्ण खेल नेपालले दशरथ रंगशालामै खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो अफ्रिकन प्रतिद्वन्दी मौरिसससँगको दुबै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ । यसअघि दुबै खेल पोखरा लैजाने तयारी भए पनि निर्माणका कार्य समयमै पूरा नभएपछि एन्फा खेल काठमाडौँमै सञ्चालन गर्ने निर्णयमा पुगेको हो […]

चिसोले कठ्याङ्ग्रिएर धनुषा र सप्तरीमा दुई जनाको मृत्यु

जनकपुर । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् । यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख […]

प्रधानमन्त्री देउवाको भारत भ्रमण, यस्तो छ कार्यतालिका

काठमाडौँ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाने भएका छन् । देउवाले २६ पुसमा भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्ने छन् । साथै देउवाले सबै भेटघाट कार्यक्रम गान्धीनगरमै गर्ने छन् […]

बालुवाटार जग्गा प्रकरणका मुख्य व्यक्ति ढकालविरुद्ध राजस्व चुहावटमा पनि २ अर्बको मुद्दा

काठमाडौं । बालुवाटारको सरकारी जग्गा प्रकरणका रुपमा परिचित ललिता निवासको सरकारी जग्गा खरिदबिक्रीका प्रमुख नाइके शोभाकान्त ढकाल राजस्व चुहावटमा पनि तानिएका छन्। उनीसहितका व्यक्तिहरुविरुद्ध राजस्व अनुसन्धान विभागले २ अर्ब ४० करोडको सजाय माग दाबी गरी अदालतमा मुद्दा दायर गरेको हो। विभागले ढकालसहित सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठविरुद्ध पाटन उच्च अदालतमा मुद्दा […]

६ दिनअघि हिमपहिरामा पुरिएका छन्त्याल अझै भेटिएनन्

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमपहिरामा पुरिएर बेपत्ता भएका रामबहादुर छन्त्याल अझै फेला परेका छैनन् । जिल्लाकै अति विकट मानिने गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण गत बिहीबार दिउँसो हिउँपहिरामा पुरिएका ५० वर्षीय रामबहादुर छन्त्यालको अवस्था अझैसम्म पनि थाहा हुन नसकेको हो । ‘खोजीकार्य जारी छ, हिउँ नपग्लिएकाले बेपत्ता भएको स्थानमा खोज्न समस्या भइरहेको छ’, […]

पिएसजीको जितमा एम्बाप्पेको ह्याट्रिक

काठमाडौँ । युवा फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा सहज जित निकालेको छ । चौथो स्थानको वेन्समाथि ४-० को जित निकाल्दै पीएसजी अन्तिम ३२ को यात्रा तय गर्न सफल भएको हो । सोमबार राति भएको खेलमा २८औँ मिनेटमा प्रेस्नेल किम्पेम्बेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । यसपछी ५९, ७१ र ७६ […]

प्रावि तहको १३ हजार ९३ शिक्षकका लागि बुधबार विज्ञापन खुल्दै

काठमाडौं,१३ पुस । शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि बुधबार विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो । विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिने आयोगले जनाएको छ । इच्छुक उम्मेदवारले भोलिदेखि माघ १४ गतेसम्म नियमित शुल्कमा र माघ २० गतेसम्म […]

शाखा अधिकृतको विज्ञापन प्रक्रिया पुस १८ सम्म यथास्थितीमा राख्न अन्तरिम आदेश

काठमाडौ, पुस १३ । पाटन उच्च अदालतले शाखा अधिकृतको विज्ञापन प्रक्रिया पुस १८ सम्म यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। अदालतका न्यायाधीश रामबहादुर थापाको एकल इजलासले विपक्षी लोकसेवा आयोग र सामान्य प्रशासन मन्त्रालयलाई १८ गते छलफलमा बोलाउँदै शाखा अधिकृत विज्ञापनको प्रक्रिया पुस १८ गतेसम्म यथास्थानमा राख्न अन्तरिम आदेश दिएको हो। लोकसेवा आयोगले २०७६ मा गरेको […]

निर्वाचन तयारीबारे गृह मन्त्रालयमा छलफल

काठमाडौँ । सरकारले आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचन र आगामी स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था र स्रोतसाधनबारे सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सोमबार मन्त्रीहरु, सचिव र सुरक्षा निकायका प्रतिनिधिहरूसहितको संयुक्त बैठकमा सुरक्षा रणनीति र बन्दोबस्तीका सामानबारे छलफल भएको छ । बैठकमा निस्पक्ष, सुरक्षित र शान्तिपूर्ण निर्वाचनका लागि निर्वाचनमा सुरक्षा सरोकारका […]

नेप्सेमा ६९ दशमलव ७७ अंकको उच्च गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९ दशमलव ७७ अंकले घटेर दुई हजार पाँच सय २१ दशमलव ६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । आइतबार भने नेप्से ७१ दशमलव २० अंकले बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो […]