११ वर्षपछि भक्तपुरमा येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा

भक्तपुर, ७ साउन । जिब्रो छेड्ने जात्रा भन्नेबित्तिकै बिस्केट जात्राका अवसरमा वैशाख २ गते मध्यपुरथिमिको बोडेमा सञ्चालन हुने जिब्रो छेड्ने जात्राको सम्झना आउँछ । धेरैलाई मध्यपुरथिमिमा नै इन्द्र जात्राको भोलिपल्ट पनि जिब्रो छेड्ने जात्रा हुन्छ भन्ने जानकारी छैन । किनकी मध्यपुर थिमिमा इन्द्रजात्राको भोलिपल्ट हुने जिब्रो छेड्ने जात्राले नियमितता नपाएको ११ वर्ष भइसकेको छ । […]

फेरि सञ्चालनमा आउँदै जनकपुर–जयनगर रेल सेवा

धनुषा, ७ साउन । देशको एकमात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ पुनः सञ्चालनमा आउने भएको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्मको रेलमार्गको पुनःनिर्माण कार्य अन्तिम चरणमा रहेकाले यही वर्षको फागुनदेखि सञ्चालनमा आउने बताइएको छ । ५१ किलोमिटर लामोे रेल लिकको पुनःनिर्माण अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले जनाएको छ । […]

पार्टीभित्रका अन्तरघातीहरु खोज्दै प्रचण्ड

काठमाडौँ, ७ साउन । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनमा पार्टीको नीति र सिद्धान्त विपरित गएर चुनावमा अन्तरघात गर्ने जुनसुकै तहका नेता तथा कार्यकर्तालाई कडा कारबाही गर्ने नीति अख्तियार गर्ने भएको छ । । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सम्पन्न पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले अन्तरघात गरेका पार्टीका नेता–कार्यकर्तामाथि कारबाही गर्ने निर्णय गरेको हो । […]

मेगा बैंकले बालगृहलाई दियो एक लाख

काठमाडौँ, ७ साउन । मेगा बैंक नेपाल लिमिटेडले बौद्धस्थित ‘गरिब तथा अनाथ बालिका गृह’लाई रु एक लाख आर्थिक सहयोग गरेको छ । बैंकको आठौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले अनाथ गृहका पूर्णमाया गुरुङलाई रकम हस्तान्तरण गरे । वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत समाजसेवामा […]

नारायणगढ–मुग्लिन सडक खण्डमा ठूलो पहिरो

चितवन, ७ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला र चेपाङ डाँडाको बीचमा आज अपराह्न ठूलो पहिरो खसेपछि सवारी आवागमन रोकिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट दुई दशमलव तीन किलोमिटर नारायणगढतर्फ पहिरो खसेको हो । पहिरोले ३० मिटर जति सडक ढाकेको खनालले बताउनुभयो । अपराह्न ३ः५० बजेदेखि पहिरो खस्न थालेकोमा निरन्तर पहिरो […]

डा पोखरेलको ‘दिलचोर’ कविता सङ्ग्रह विमोचन

काठमाडौँ, ७ साउन । व्यवस्थापिका–संसद्, महिला, बालबालिका तथा समाज कल्याण समितिका सभापति रन्जुकुमारी झाले सगरमाथा अञ्चल अस्पतालको अवस्था सुधार गर्न सरकारसँग आग्रह गरेका छन् । सप्तरी जिल्लाका सांसद, अनुभवी चिकित्सक तथा साहित्यमा रुची राख्नुहुने डा सुबोधकुमार पोखरेलले लेख्नुभएको ‘दिलचोर’ कविता सङ्ग्रहको आज यहाँ विमोचन गर्दै उहाँले चिकित्सा क्षेत्रमा सेवा पु¥याएका उनले कविता संग्रहमार्फत साहित्यमा पनि […]

गृहमन्त्री जनार्दनले अब बौद्धिक सम्पत्तिको चोरी गर्नेलाई कारवाही गर्ने

काठमाडौँ, ७ साउन । गृहमन्त्री जनार्दन शर्माले बौद्धिक सम्पत्तिको चोरीलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले आज आयोजना गरेको ‘पृथ्वी पाँचौँ राष्ट्रिय लोकदोहोरी अवार्ड’ को शुभारम्भ गर्दै मन्त्री शर्माले कला, गीत तथा लोकदोहोरीलगायत बौद्धिक सिर्जनामा भ्रष्टाचार गर्ने तथा त्यसको विकासमा अवरोध पु¥याउने व्यक्ति वा संस्थालाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त […]

चापागाईंको नियात्रा ‘पानीको भाषा’ लोकार्पित

काठमाडौँ, ७ साउन । साहित्यकार पोषरमण चापागाईंको नियात्रा सङ्ग्रह ‘पानीको भाषा’ को यहाँ आज लोकार्पण गरियो । साहित्य सन्ध्याको मासिक शृङ्खलामा साहित्यकार प्रदीप नेपाल र साहित्यकार राम विनयले सो कृतिको लोकार्पण गरेका हुन् । साहित्यकार नेपालले नियात्राकारहरुका आफ्ना विशेषता हुने बताउँदै चापागाईंमा एकै नियात्रामा धैरै स्थानको वर्णन पाइने बताए । समालोचक निनु चापागाईंले पोषरमणले यसअघि […]

विदेश जाने विद्यार्थीको पहिलो रोजाई प्राविधिक विषय

काठमाडौँ, ७ साउन । नेपाल बाहिर पढ्न चाहने विद्यार्थीको पहिलो रोजाइ प्राविधिक र व्यावसायिक विषय देखिएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले सञ्चालन गरेको मेलामा आउने विद्यार्थीमा त्यस्तो रुचि देखिएको हो । भृकुटीमण्डपमा यही साउन ५ गतेदेखि जारी सो चारदिने मेलामा आज उत्साहजनक सहभागिता भने देखिएन । मेलामा कक्षा १२ को परीक्षा सिध्याएर […]

चलचित्र छायांकनको गन्तव्य बन्दै चितवन

‘मुुग्लिन पारि तरेर गण्डकी लर्के जोवन दिऊँ कसलाई बन्धकी हातमा चुरा छ, हातमा चुरा छ है, चुरा छ है चुरा छ छिट्टै भेट है माया एउटा कुरा छ’ सलल बगेको नारायणी र वा दुर्लभ वन्यजन्तुको बासस्थान चितवन राष्ट्रिय निकुञ्जलगायतले चितवन चलचित्र छायांकनको गन्तव्य बन्दैछ । अग्ला पहाड, चुरे र तराईको समथर भूमि, विकसित शहर, सुकुम्वासी […]