लखनउ, २८ साउन । उत्तर भारतको एक सरकारी अस्पतालमा अक्सिजनको अभाव हुँदा विगत पाँच दिनमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । अक्सिजनको अभावका कारण थप व्यक्ति पनि प्रभावित मृत्यु हुनसक्ने भारतीय अधिकारीले जनाएका छन् । अधिकारीले उत्तर प्रदेश गोरखपुर जिल्लाको बाबा राघबदास अस्पतालमा अक्सिजनको अभावका कारण विरामीको मृत्यु भएको अनुसन्धान अघि बढाइएको बताए । […]
Author: Nonstop Khabar
कोसीसहित सीमा क्षेत्रका सबै बाँधका ढोका खोल्न भारत सरकारलाई महराको आग्रह
काठमाडौँ, २८ साउन । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–भारत सीमाका नदीमा रहेका बाँधको आवश्यक सबै ढोका खोल्नका लागि नेपालस्थित भारतीय राजदूतमार्फत भारत सरकारलाई आग्रह गरेका छन् । उपप्रधानमन्त्री महराले नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलाई आज टेलिफोन गरेर शुक्रबारदेखि जारी वर्षा कारण नेपालको तराई क्षेत्र डुबानमा परेको भन्दै भारतीय पक्षले आवश्यकताअनुसार सीमाका बाँधको ढोका […]
कोसीको बाढी खतराको संकेतमाथि । भारतले सबै ढोका खोल्न अझै मानेन
इटहरी, २८ साउन । कोशी व्यारेजमा पानीको वहाब खतराको संकेत चिन्हभन्दा माथि पुगेको छ । शनिवार साँझ गरिएको मापन अनुसार नदीको पानी दुई लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको छ । लगातार परेको वर्षाका कारण नदीमा पानीको वहाव बढ्दै गएको भए पनि भारतले भने अझै मानेको छैन । अहिले कोशीका ५६ मध्ये ३७ ढोका खोलिएको […]
बाढीपहिरोले देशभर सङ्कट । २९ जनाको मृत्यु
काठमाडौँ, २८ साउन । शुक्रबारदेखि देशका विभिन्न भागमा परेको अबिरल वर्षका कारण आएको बाढी पहिरोबाट २९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार सुनसरीमा सात, झापा र सिन्धुलीमा चार÷चार जना, मोरङ, बाँके र पाँचथरमा तीन÷तीन, बारा, सर्लाही, दाङ, पाल्पा, बर्दियामा एक÷एक जना गरी २९ जनाको बाढी पहिरोका कारण मृत्यु भएको छ । यसैबीच, गृहमन्त्री […]
पुल बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
नेपालगन्ज, २८ साउन । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत कोहलपुर–कुसुम क्षेत्रमा पर्ने गाभर खोला र गन्धैली नालाको पुल बाढीले बगाउँदा यातायात अवरुद्ध भएको छ । शुक्रबार रातभरि परेको अबिरल वर्षाका कारण आएको बाढीले सो पुल बगाउँदा अहिले सडक वारीपारी दुवैतर्पmका यात्रु अलपत्र परेका छन् । सडक डिभिजन कार्यालयले भत्केको पुलको छेउबाट डाइभर्सन बनाउने तयारी गरे पनि पानीको भेलका […]
पत्रकार महासङ्घको महाधिवेशनको तयारी पूरा
काठमाडौँ, २८ साउन । पत्रकारको छाता संगठन नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनको तयारी पूरा भएको छ । आगामी भदौ ४ र ५ गते ‘व्यावसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा हुने महाधिवेशनको तयारी पूरा भएको महासङ्घका महासचिव उजिर मगरले जानकारी गराए । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष–२ महासचिव, सचिव–६ र कोषाध्यक्षसहित […]
गौरीफण्टा नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाइने
काठमाडौँ, २८ साउन । प्रदेश नं ७ लाई भारतसँग जोड्ने प्रमुख व्यापारिक नाका धनगढी उपमहानगरपालिकास्थित गौरीफण्टालाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल शुरु भएको छ । प्रदेश नं ७ का स्थानीय जनप्रतिनिधि तथा उद्योगी व्यवसायीको संयुक्त प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई उनकै निवास बालुवाटारमा भेटेर त्यसका लागि पहल शुरु गरेको हो । प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्रीको […]
कम विद्यार्थी भएका विषय समायोजन गर्दै त्रिवि
काठमाडौँ, २८ साउन । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एक क्याम्पसमा कम्तीमा १० भन्दा कम विद्यार्थी हुने विषयलाई अर्काे क्याम्पसमा समायोजन गर्ने भएको छ । मुलुककै जेठो र ठूलो विश्वविद्यालयको मानविकी संकायका केही विषयमा विद्यार्थी क्रमशः घटेपछि सो नीति ल्याइएको हो । आइतबार बस्ने त्रिविसभाबाट पारित गरी सो समायोजन (मर्ज) को नीति लागू गरिने त्रिविका योजना महाशाखा […]
सुस्ताका विद्यार्थीे शिक्षाबाट वञ्चित
नवलपरासी, २८ साउन । कक्षा सञ्चालनको अनुमति नदिदाँ नवलपरासी सुस्ताका गरिब तथा विपन्न विद्यार्थीले कक्षा ६ भन्दा माथिको शिक्षा लिनबाट वञ्चित भएका छन् । जिल्ला शिक्षा कार्यालयले यस वर्षबाट सुस्तास्थित जनता दलित प्राथमिक विद्यालयमा आधारभूत तहअन्तर्गत कक्षा ६ सम्मको मात्र पठनपाठन गराउन पाउने अनुमति दिएको छ । जसकारण गरिब, विपन्न र पिछडिएका समुदायका विद्यार्थी कक्षा […]
विद्यार्थीको हत्या, विद्यार्थी संगठनद्वारा भत्र्सना
भीमदत्तनगर, २८ साउन । कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीको आज बिहान होस्टेलमै हत्यापछि सो घटनाको विद्यार्थी संगठनहरूले भत्र्सना गरेका छन् । बझाङ घर भई हाल सिद्धनाथ विज्ञान क्याम्पसमा बिएससी चौथो वर्षमा अध्ययनरत विद्यार्थी डम्बर जाग्रीको घाँटी रेटेर हत्या गरेको अवस्थामा होस्टेलको स्टोरमा शव भेटिएको थियो । मृतक जाग्रीले क्याम्पसमा रहेको क्यान्टिनसमेत लिजमा लिएर […]




