चितवन, ३० साउन । पश्चिम चितवनको जगतपुरमा रहेको आशा बालगृहमा राप्तीको बाढी पसेपछि त्यहाँ रहेका विद्यार्थी, शिक्षक र कर्मचारीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । बालगृहलाई बीचमा पारेर राप्तीको भङ्गालो बगेपछि त्यहाँ ३६५ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । उनीहरुलाई नजिकै रहेको गौरचनको विद्यालयमा राखिएको छ । बालगृह […]
Author: Nonstop Khabar
राखेपले राष्ट्रिय पौडी प्रतियोगिता गर्दै
काठमाडौँ, २९ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तत्वावधान तथा नेपाल पौडी सङ्घको आयोजनामा बीसौँं राष्ट्रिय पौडी प्रतियोगिता यसै सातादेखि शुरु हुने भएको छ । आगामी भदौ १ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा एक खेलाडीले चार विधामा मात्र सहभागिता जनाउन पाउने सङ्घकी उपाध्यक्ष तथा आयोजक समिति संयोजक गीता राणाले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिए […]
बाढीका कारण प्राधिकरणको दुई अर्बभन्दा बढीको क्षति
काठमाडौँ, २९ साउन । अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणका एक दर्जनभन्दा बढी सबस्टेसन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । प्राधिकरणले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ती संरचनाको क्षति करिब रु दुई अर्बको हाराहारीमा हुन सक्ने देखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज ऊर्जा मन्त्रालयमा आयोजित पत्रकारसम्मेलनमा भने, “प्राधिकरणको संरचनामा अर्बौंको क्षति […]
नेकपाले आफ्नो सबै शक्ति बाढी र डुवान क्षेत्रमा खटाउने
काठमाडौँ, ३० साउन । नेपाल कम्युनिस्ट पार्टीले राज्य संचालकहरु उत्तरदायी नभएका कारण जनता असुरक्षित र जोखिमपूर्ण जीवन बाच्न बाध्य भएको बताएको छ । देसभर बाढी र डुवानले जनताले ज्यान गुमारहँदा पनि सरकारले कुनै उल्लेख्य कदम चाल्न नसकेकाे भन्दै नेकपाले अाक्राे पनि व्यक्त गरेकाे छ । नेकपाका प्रवक्ता प्रकाण्डले आइतबार एक विज्ञप्ति जारी गर्दै जनताकाे जीवनसँग […]
अष्ट्रेलियानबाट राष्ट्रिय आविष्कार केन्द्रलाई २० लाख सहयोग
बेनी, ३० साउन । म्याग्दी प्रवासी नेपाली सङ्घ मोना (अष्ट्रेलिया)ले राष्ट्रिय आविष्कार केन्द्रका लागि २० लाख सहयोग गरेको छ । नेपालमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने उद्देश्यले सहयोग जुटाउन अष्ट्रेलिया जानुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम् अभियानकर्ता डा महवीर पुनको स्वागतमा अष्ट्रेलियामा आयोजित एक कार्यक्रममा मोना (अष्ट्रेलिया)ले सो रकम सहयोग गरेको मोना (अष्ट्रेलिया)का अध्यक्ष हरि […]
पहिरोले चार लघुजलविद्युत् परियोजना बन्द
म्याग्दी, ३० साउन । केही दिनदेखिको अविरल वर्षासँगैको पहिरोका कारण म्याग्दीका चारवटा लघुजलविद्युत् परियोजना बन्द भएका छन् । दुर्गम ग्रामीण बस्तीमा विद्युत् सेवा पु¥याउँदै आएका परियोजना बन्द हुँदा धौलागिरि र मालिका गाउँपालिकाका एक हजार ५०० घरधुरी प्रभावित भएका छन् । पहिरोले बाटो र बाढीले झोलुङ्गे पुल बगाएपछि दुई गाउँ जोड्ने पैदलमार्गसमेत अवरुद्ध बनेको छ । […]
सार्वजनिक शिक्षा सुधारमा सामूहिक पहल गरिने
धुलिखेल, ३० साउन । सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि विभिन्न विद्यार्थी संगठनले सामूहिक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आइतबार यहाँ आयोजना गरेको कार्यशालामा अनेरास्ववियुका अध्यक्ष नविना लामा, नेपाल विद्यार्थी सङ्घका उपाध्यक्ष डिल्लीराम सुवेदी, अखिल (क्रान्तिकारी)का सचिवालय सदस्य रमेश ढकाल, संघीय समाजवादी फोरमका अध्यक्ष विकेक राई, लोकतान्त्रिक विद्यार्थी फ्रन्टका अध्यक्ष कपलेश्व […]
रातारात जनतालार्इ राज्यसत्ता चाहिन्छ : प्रकाण्ड
काठमाडौँ, २९ साउन । नेपाल कम्युनिस्ट पार्टीले राज्य संचालकहरु उत्तरदायी नभएका कारण जनता असुरक्षित र जोखिमपूर्ण जीवन बाच्न बाध्य भएको बताएको छ । देसभर बाढी र डुवानले जनताले ज्यान गुमारहँदा पनि सरकारले कुनै उल्लेख्य कदम चाल्न नसकेकाे भन्दै नेकपाले अाक्राे पनि व्यक्त गरेकाे छ । नेकपाका प्रवक्ता प्रकाण्डले आइतबार एक विज्ञप्ति जारी गर्दै जनताकाे जीवनसँग […]
त्यस्तो माओवादी यस्तो कसरी भयो ?
कमान्डर कमरेडहरूको तथ्याङ्कअनुसार जनयुद्धमा लडिएका युद्धहरूमा ८५ प्रतिशत युद्धहरू माओवादीले जितेको थियो । १५ प्रतिशत युद्धहरू मात्र असफल भएका थिए । युद्धमा भएको हताहति हेर्दा पनि सर्वसाधारण नागरिकलाई छोड्ने हो भने जनमुक्ति सेनातर्फ निकै कम क्षति पुगेको छ । ८० प्रतिशत भू–भाग माओवादी सत्ताको नियन्त्रणमा थियो । जनयुद्धकालमा माओवादी सैन्यमोर्चामा ८५ प्रतिशत र भूगोलमा ८० […]
पाथीभरा गोल्डकप उपाधिका लागि चर्च ब्वाइज र सगरमाथा भिड्ने
ताप्लेजुङ, २९ साउन । दोस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड काठमाडाँै र सगरमाथा युवा क्लब मोरङबीच प्रतिस्पर्धा हुने भएको छ । आज भएको सेमिफाइनल चरणको अन्तिम खेलमा सशस्त्र प्रहरीको टिम दमकलाई २–१ गोल अन्तरले पराजित गर्दै सगरमाथा टिम विजयी भयो । सशस्त्रका लागि नवीन लामा र विनोद केसीले गोल गरेका थिए […]







