आइएस लडाकू र सिरियाली सैनिकबीचको द्वन्द्वमा परी १५० जनाको मृत्यु

दमास्कस, १९ भदौ । सिरियाली सेना र इश्लामिक स्टेट (आइएस) लडाकूबीच भएको भडपमा परी दुवैतर्फ गरी कम्तीमा १५० जना लडाकूको मृत्यु भएको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थालाई उद्धृत गर्दै सिरियाली सञ्चारमाध्यमले जनाएका छन् । सिरियन अव्जरभेटरी फर ह्युमन राइट्सले भनेको छ, “पछिल्ला झडपमा सिरियाली हामा क्षेत्रको युकायरिबात शहरमा भएका भडपमा परी १२० जना आइएस लडाकूको […]

सिमेन्ट उद्योगमा चिनले गर्यो हालसम्मकै ठूलो लगानी

काठमाडौँ, १८ भदौ । मुलुकमा हालसम्मकै ठूलो वैदेशिक लगानी भित्रने भएको छ । लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच एक ठूलो सिमेन्ट कारखाना स्थापनाका लागि आज परियोजना लगानी सम्झौता भएपछि ठूलो परिमाणको लगानी भित्रने भएको हो । सम्झौताअनुसार रु ३६ अर्ब ७५ करोड बराबरको चिनियाँ लगानी मुलुक भित्रिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद […]

रुपन्देहीमा नेपाल र भारतका सेनाको संयुक्त सैन्य अभ्यास सुरु

काठमाडौँ, १९ भदौ । नेपाली सेना र भारतीय सेनाबीच एक्स सूर्य किरणको संयुक्त अभ्यासको बाह्रौँ श्रृङखला रूपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा सुरु भएको छ । विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषय समावेश गरी संचालन भएको उक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी राजेन्द्र कार्कीले आज शुभारम्भ गरेका हुन् । संयुक्त अभ्यासमा […]

आचारसंहिता उल्लंघन गर्ने नेतालाई जेल हाल्ने आयोगका आयुक्तको चेतावनी

कलैया, १९ भदौ । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन क्षेत्र नं २ मा आचारसंहिता उल्लंघन गर्नेलाई जेल हाल्नेसम्मको तयारी आयोगले गरेको खुलासा गरेका छन् । बाराको कलैयामा राजनीतिक दलसम्बद्ध प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त पौडेलले दलहरूले व्यापकरूपमा आचारसंहीताको उल्लंघन गरिरहेको बताउँदै अरू दललाई निषेध गर्ने काम कसैवाट हुन नहुने तर्क गरे । संविधान कार्यान्वयन […]

आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा ज्ञवाली

काठमाडौँ, १९ भदौ । नेपाल आयुर्वेद चिकित्सक संघले डा प्रकाश ज्ञवालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । संघको भदौ १६–१७ गते भएको नवौँ राष्ट्रिय सम्मेलनले वरिष्ठ उपाध्यक्षमा डा सवरी साह, महिला उपाध्यक्षमा डा काशी खतिवडा, महासचिवमा डा मनोजकुमार चौधरी, सचिवमा डा नरेन्द्र गिरी, कोषाध्यक्षमा डा बुद्धि पौडेल चयन भएका छन् । प्रदेश उपाध्यक्षअन्तर्गत प्रदेश […]

३० विद्यालयमा पुस्तकालय स्थापना

नुवाकोट, १९ भदौ । साप्ताहव्यापी रूपमा मनाइएको दशौँ पुस्तकालय दिवसका अवसरमा नुवाकोटका ३० विद्यालयमा पुस्तकालय स्थापना भएको छ । ‘रुम टू रिड’को सहयोगमा रुडेक नुवाकोटले पठन संस्कृति विकास र विद्यार्थीमा पाठ्यक्रमबाहेक अतिरिक्त ज्ञान प्रदान गर्न जिल्लाको विभिन्न स्थानमा रहेका ३० विद्यालयमा भवनसहितको पुस्तकालय सञ्चालनमा ल्याएको हो । शिक्षा क्षेत्रमा सहयोग पु¥याउँदै आएको रुम टू रिडसँगको […]

यज्ञशको यात्रा संस्मरण ‘भुइँया’ को विमोचन

काठमाडौँ, १९ भदौ । अखवारी लेखनमा अब्बल मानिएका साहित्यकार यज्ञशको यात्रा संस्मरण बजारमा आएको छ । भुइँया नामक पुस्तकका रुपमा आएको यज्ञशको यो कृति काठमाडौमा एक कार्यक्रम आयोजना गरी विमोचन गरिएको छ । उनको कृति भुइँयाको विमोचन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त मोहना अन्सारीले नेपालमा अझै ४२ हजारभन्दा बढी भूमिहीन रहेको र उनीहरूले सामाजिक […]

लमजुङबाट मनाङ जाने सडकमा खतरानाक पहिरो गएपछि यातायात पूर्णत अवरुद्ध

लमजुङ, १९ भदौ । लमजुङबाट मनाङ जाने सडकमा पहिरो गएपछि त्यस क्षेत्रमा चल्ने यातायात पूर्णत अवरुद्ध भएका छन् । मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत खुदीको अर्खले भन्ने स्थानमा पहिरोले सडक पुरेपछि यातायात अवरुद्ध भएको हो । गएराति पहिरो झरेर सडक पुरिएपछि यातायात अवरुद्ध भएको खुदी प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक हरिबहादुर थापाले जानकारी दिए । ठूलठूला […]

सातै प्रदेश र केन्द्र सरकारमा एमालेको पूर्ण बहुमत ल्याउने ओलीको दावी

चितवन, १९ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनपछि एमालेले सात वटै प्रदेश र केन्द्रमा बहुमतसहितको सरकार गठन गर्ने दाबी गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले २ नं प्रदेशमा पनि एमाले पहिलो हुने बताए । भरतपुर महानगरपालिकामा आफ्ना पार्टीका […]

बोकेको मुढाले किच्दा शेर्पाको मृत्यु

चरिकोट, १९ भदौ । बैतेश्वर गाउँपालिका–७ क्षेत्रपामा मुढाले किचेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिरी नगरपालिका–७ का १७ वर्षीय मिङ्मा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुढा बोक्ने क्रममा चिप्लेर लड्दा उनको मृत्यु भएको हो । मुढाले किचेर घाइते उनलाई उपचारका लागि मैनापोखरीस्थित हिमालय कियर अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु […]