सर्पको टोकाइबाट एक सातामै तीनको मृत्यु

बर्दिवास, २० साउन । महोत्तरी जिल्लाको बर्दिवास नगर क्षेत्रमा एक साताभित्रै विषालु सर्पको टोकाइबाट तीनजनाको मृत्यु भएको छ । गत आइतबारदेखि आजसम्ममा बर्दिवास नगरपालिका–१ को मुख्यचोक आसपासमै तीनजनाको सर्पको टोकाइबाट मृत्यु भएको हो । बिहीबार बर्दिवास–१ कै १९ वर्षीया रबिना गौतमको सर्पको टोकाइबाट मृत्यु भएको छ । जनता बहुमुखी क्याम्पस बर्दिवासमा स्नातक तहमा अध्ययनरत गौतमलाई […]

त्रिमूर्ति पुरस्कार चटौत, चन्द र दिवसलाई

काठमाडौँ, १९ साउन । त्रिमूर्ति निकेतनले ‘प्रभास–गीता–महाकाव्य’का रचनाकार आरडीप्रभास चटौत, प्रथम नेपाली नायिका भुवन थापा चन्द र वरिष्ठ कवि तुलसी दिवसलाई लेखनाथ, सम र देवकोटा पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ । ताम्रपत्रका साथै ती पुरस्कारका राशि जनही रु पचास हजार रहनेछन् । नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचनाका साथै सो माध्यमबाट छन्दकाव्य […]

चीनमा सात लाखभन्दा बढी सामाजिक संस्था सक्रिय

बेइजिङ, १९ साउन । चीनमा सन् २०१६ को अन्त्यसम्ममा झण्डै सात लाख दुई हजार सामाजिक सङ्घसस्था रहेको तथ्यांक सार्वजनिक भएको छ । चीनको नागरिक मामिला हेर्ने मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार तीन लाख ३६ हजार सामाजिक समूह र सङ्घ तथा समिति रहेका छन् । त्यसैगरी पाँच हजार पाँच सय ५९ प्रतिष्ठान र तीन लाख ६१ […]

बूढी हाब्रेले जन्माई जुम्ल्याहा

बेइजिङ । सन्तानको इच्छा कुनै पनि प्राणीले गरेको हुन्छ । उमेरमा सन्तान जन्मिनु भनेको प्राकृतिक मानिन्छ । चीनमा भने एउटा बूढी हाब्रेले आफ्नो उमेरको उत्तराद्र्धतिर अर्थात् २३ वर्षमा बच्चा जन्माएकी छ त्यो पनि जुम्ल्याहा । एउटा केटो र अर्को केटी । पोथी बच्चाकोे वजन १७५ ग्राम तथा भालेको १२३.१ ग्राम रहेको छ । हाब्रेका गतिविधिलाई […]

टेलिभिजनमा अन्तर्वार्ता दिइरहेका बेला विपक्षी नेतालाई यसरी लगाइयो हतकडी

लुसाका । जाम्बियाको प्रहरीले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा अन्तर्वाता दिइरहेका समयमा विपक्षी दलका एक जना नेतालाई पक्राउ गरेको छ । विपक्षी दल युनाइटेड प्रोग्रेस पिपुल्स (यूपीपी) का नेता साभिओर चिसिम्बालाई राजधानी लुसाकामा डायमण्ड टेलिभिजनमा अन्तर्वार्ता दिइरहेका बेला प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो । सादा पोशाकमा आएका प्रहरीले उनलाई पक्राउ गरेको उहाँको पार्टी यूपीपीले पुष्टि […]

टोकियोको प्रसिद्ध सुकिजी बजारमा आगलागी (भिडियो सहित)

टोकियो । जापानको राजधानी टोकियोको सुकिजी बजारमा बिहीबार साँझ आगलागी भएको छ । साँझ प्राय पसल बन्द भएपछि आगलागी भएकोले मानवीय क्षति नभएको उद्धारमा संलग्न अग्नी नियन्त्रकले जनाएका छन् । घटनास्थलबाट समाचार तयार पार्दासम्म आगोको ज्वालासहितको धुँवाको मुस्लो जमिनबाट निकै माथिसम्म फैलिएको प्रत्यक्षदर्शीले बताएका छन् तर आगलागीबाट भएको आर्थिक क्षतिबारे अझै बिस्तृत विवरण प्राप्त हुन […]

दक्षिण एसियाको आर्द्रतामा खतरनाक वृद्धि

मायमी । विश्वको पाँचभागको एक भाग जनसंख्या रहेको दक्षिण एसियामा यसै शताब्दीको अन्त्यसम्ममा मानव जाति बाँच्नै गाह्रो हुनसक्ने किसिमको तापक्रमको सामना गर्नुपर्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् । विश्वव्यापी तापमान वृद्धिलाई सम्बोधन नगरिए सन् २१०० सम्ममा उक्त संकट आइपर्ने देखिएको जोर्नल साइन्स एडभान्सेसको अनुसन्धानले देखाएको हो । उत्सर्जन कटौती नभए बाँच्नलाई आवश्यक तापक्रमको सीमा नाघ्नसक्ने अवस्थाको […]

हिमाली जिल्लामा चीन सरकारको यसरी गर्दैछ खाद्यान्न वितरण

मुगु, १९ साउन । चीन सरकारले आफ्नो सिमानासँग जोडिएका नेपालका उत्तरी नाकाका हिमाली जिल्लालाई विगत वर्षहरुमा झैँ यस वर्ष पनि खाद्यान्न सहयोग गरेको छ । मुगु जिल्लाको चीनसँगको सिमाना नाक्चे लाग्नाबाट एक घण्टा टाढा चीनको हयाजिमार भन्ने क्षेत्रमा आज चिनियाँ प्रतिनिधिले मुगुम कार्मारोङ गाउँपालिका वडा नं १ देखि ९ सम्मका घरधुरीलाई खाद्यान्न वितरण गरेका हुन् […]

एथ्लेटिको मड्रिडको कब्जामा अउडी कपको उपाधि

काठमाडौं, १९ साउन । प्रि–सिजनको मैत्रिपूर्ण फुटबल प्रतियोगिता अउडी कपको उपाधि स्पेनिस क्लब एथ्लेटिको मड्रिडले जितेको छ । बुधबार राती भएको फाइनलमा इङ्ल्यान्डको लिरभपुललाई पेनाल्टी सुट आउटमा हराउँदै एथ्लेटिकोले उपाधि जितेको हो । खेलमा एथ्लेटिकोका केईदी बारेले गोल गर्दै टोलीलाई अग्रता दिए । तर लिभरपुलका फर्मिनोले पेनाल्टी मार्फत एक गोल फर्काएपछि निर्धारित ९० मिनेटभित्र १(१ […]

कथा : तृपट काकाको शोख

काका स्वभावैले त थिए नैं, बाबजुद, शारीरिक  हिसाबले पनि अजिवकै देखिन्थे । लाम्चो अनुहार, कुटिल चेहरा, तिखा आँखा, अनि खुइलिएका तालुका धनी ६० बर्षिय तिर्पट काका झन्डै ६ फिट अग्ला कदका थिए । यसमा के अजिवता छ र भनेर मेरो दोहोलो काढ्न नसक्ने हैन तपैहरुले । त्यसैले त म भन्दैछु, खानदानी भनौं  या पुर्खौली, अथवा […]