बनेपा, २१ भदौ । काभ्रेपलाञ्चोकको खेलकुदको विकासका लागि पूर्वाधार विकासमा झण्डै ८० लाख खर्च भएको छ । आव २०७३÷७४ मा जिल्लाको दुर्गम क्षेत्र मानिने कोशीपारी, महाभारत शृङ्खला डाडाँपारी, तेमाललगायत क्षेत्रमा खेलकुदको पूर्वाधार निर्माणमा उक्त बजेट खर्च भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । “सबै प्रकारका खेल खेल्नका लागि जिल्लाका विभिन्न ठाउँमा खेल मैदान निर्माण […]
Author: Nonstop Khabar
२२ जना व्यक्तिको मानव खप्पर बोकेर ल्याउदै गरेका एक पक्राउ
झापा, २१ भदौ । बाइस थान मानव खप्परसहित प्रहरीले झापाको काँकडभिट्टाबाट आज एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका–८ निवासी ५२ वर्षीय सोम तामाङ रहेका छन् । उनलाई प्रहरीले मेचीनगर नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालयको गेट अगाडिबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारतबाट नेपालतर्फ रिक्सामा लुकाएर मानव खप्पर […]
पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्ने
काठमाडौँ, २१ भदौ । पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्ने तयारी थालेको छ । विश्वविद्यालयको आज यहाँ सम्पन्न २८औँ सभाले विश्वविद्यालयको गोठगाउँमा रहेको ८०५ विघा क्षेत्रफल जमिनलाई शैक्षिक केन्द्रका रुपमा विकास गर्ने प्रस्ताव पारित गरेको प्रवक्ता राजेशकुमार झाले जानकारी दिए । सभाले उक्त जमिनमा एमबिबिएस शैक्षिक कार्यक्रमका लागि आंगिक क्याम्पस सञ्चालन गर्ने प्रस्ताव पारित गरेको […]
क्यान्सरको मुख्य कारण मान्छेको जीवनशैली : मनिषा कोइराला
काठमाडौँ, २१ भदौ । कुनै समय पाठेघरको क्यान्सरको समस्याबाट गुज्रिएकी बलिउडकी प्रख्यात अभिनेत्री मनिषा कोइरालाले आफ्नो जीवनयापनका कारण बताएकी छन् । नेशनल हस्पिटल एण्ड क्यान्सर रिर्सच सेन्टर प्रालि र क्यान्सर केयर नेपालले आयोजना गरेको ‘डिम्बाशयको क्यान्सर’ विषयको अन्तक्र्रियामा आफ्ना अनुभव सुनाउन भारतबाट नेपाल आएकी नायिका कोइरालाले आफू अस्पतालको श्ययामा उपचार गराइरहँदा आफ्नो जीवनशैली, खानपानले स्वास्थ्यमा […]
चितवनमा बाढीले ४९९ घर पूर्ण क्षति । २१ करोड नोक्सान
चितवन, २१ भदौ । बाढीका कारण चितवन जिल्लामा ४९९ घर पूर्ण क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिका स्रोत व्यक्ति हरिबाबु ढकालले आजसम्मको प्राप्त विवरणबारे जानकारी दिँदै ४९९ घर क्षति भएकामध्ये रत्ननगर, राप्ती र माडी नगरपालिका बढी प्रभावित भएका छन् । साउन अन्तिम साताको बाढीले जिल्लाको सात स्थानीय निकायमध्ये रत्ननगर नगरपालिकामा १११, […]
पर्यटकको पर्खाइमा छन् मुस्ताङका यी दुई रमणीय ताल
मुस्ताङ, २१ भदौ । प्रशस्त सम्भावना बोकेको थासाङ गाउँपालिका–२ कोवाङस्थित भुर्तछो र सेकोङ ताल ओझेलमा परेका छन् । प्रचारप्रसार, संरक्षण र पूर्वाधारको कमीले प्राकृतिक सौन्दर्यले रमणीय ताल ओझलमा परेका हुन् । दैनिक सयाँै आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गर्ने बेनी–जोमसोम सडकको बोक्सीखोला खण्डदेखि करिब ३० मिनेट उकालो चढेपछि पुगिने भुर्तछो र सेकोङ ताल सुनसान छ […]
सडक आयो, गाडी आएनन्
ताप्लेजुङ, २१ भदौ । ओलाङ्चुङगोला छिमेकी मुलुक चीनसँग सडक सञ्जालले जोडिए पनि बासिन्दाले यातायातका साधन चढ्न पाएका छैनन् । दुर्गम ओलाङ्चुङगोला बस्तीसम्म सडक आए पनि स्थानीयवासीलाई ओहोरदोहोर गर्ने सवारीसाधन छैन । चीनको स्वशासित क्षेत्र तिब्बतबाट ओलाङ्चुङगोला बस्तीमा भने ठूल्ठूला सवारीसाधन आए पनि त्यहाँका स्थानीयवासीलाई ओहोरदोहोर गर्नका लागिसवारीसाधन नै छैनन् । यसअघि दिनभर लगाएर टिप्ताला ओहोरदोहोर […]
लोकसेवा आयोगको परीक्षामा यी प्राविधिक पदमा दरखास्त नै पर्दैनन
काठमाडौँ, २१ भदौ । लोकसेवा आयोगबाट खुलाइने विज्ञापनमा सयौँ गुणा दरखास्त परे पनि केही विज्ञापनमा भने दरखास्त नै नपर्ने गरेको छ । आव२०७३÷०७४ मा विज्ञापन खुलाइएका ३९ पदमा कुनै पनि दरखास्त नपरेको आयोगले जनाएको छ । आयोगबाट यसरी खुलाइएका विज्ञापनमा दरखास्त नपर्ने स्वास्थ्यतर्फका प्राविधिक पद छन् । एघार पदबाहेक सबै स्वास्थ्यतर्फका प्राविधिक पदमा दरखास्त नै […]
बिरामी बोक्न स्ट्रेचर अभाव
अर्घाखाँची, २१ भदौ । शीतगंगा–७ जलुकेकी ३५ वर्षीया नौ दिनकी सुत्केरी मनिसरा राउतलाई रक्तश्राव भएसँगै दुई घण्टा डाँडी(तामदान, डोली) मा बोकेर छिमेकी जिल्ला प्युठानको दर्वाङमा लगेर उपचार गरियो । स्टे«चर नभएकाले मान्छे खोजेर डाडीमा बोकी उपचार गर्न लगिएको उनका बुबा पीताम्बर राउतले बताए । मनिसरा मात्र हैन उहाँजस्तै सयौँ महिलाको हालत उस्तै छ । कैयौँ […]
बुद्ध एयरले भदौ ३० देखि भरतपुर–पोखरा उडान सुरु गर्ने
चितवन, २० भदौ । काठमाडौँसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल यही भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ । नारायणगढ–मुग्लिन सडकबाट आजित यहाँका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान शुरु गर्ने भएको हो । बुद्ध एयर भरतपुरमा प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार बिहान १० बजे पोखराबाट भरतपुरका लागि जहाज उड्ने […]







