लेखनाथको छातीमा यसरी उमारियो दसैका जमरा

पोखरा, १० असोज । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको कास्कीकोटस्थित गुप्तकालिका मन्दिर परिसरमा स्थानीयवासी लेखनाथ सुवेदीले छातीमा जमरा उमारेका छन् । गुप्तकालीका धार्मिक क्षेत्र विकास समितिद्वारा विश्व शान्तिको कामना गर्दै आयोजित नवदुर्गा महोत्सवका अवसरमा उहाँले निराहार तथा मौनव्रत बसेर छातीमा जमरा उमारेका हुन् । घटस्थापनाका दिनदेखि छातीमाथि टपरीमा उमार्नु भएको जमरा दशमीका दिन गुप्तकालिकालाई […]

चितवनमा स्क्रब टाइफसको संक्रमण बढ्दो

चितवन, १० असोज । विगत दुई महिनामा २०१ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले दिएको जानकारीअनुसार ८१७ जनाको परीक्षण गरिएकामा सो संख्यामा संक्रमित भेटिएका हुन् । साउन १ गतेदेखि असोज ८ गतेसम्म भेटिएका संक्रमितमध्ये भरतपुर अस्पतालमा ६४, बकुलहर अस्पताल, रत्ननगरमा नौ, चितवन मेडिकल कलेजमा ५१, नारायणी सामुदायिक अस्पतालमा ६१, निर्णय […]

किरात विश्वविद्यालय स्थापनाका गर्न यस्ताे प्रयास

खोटाङ, १० असोज । प्रदेशस्तरीय किरात विश्वविद्यालय स्थापनाका लागि खोटाङमा पहल थालिएको छ । संघीय संरचना कार्यान्वयनसँगै जिल्लाका शिक्षाविद्ले प्रादेशिक किरात विश्वविद्यालय स्थापनाका लागि बहस थालेका हुन् । जातीय, बहुधार्मिक, बहुसांस्कृतिक क्षेत्रका रुपमा रहेका कारण देशविदेशका भाषाशास्त्री, समाजशास्त्री, मानवशास्त्रीका लागिसमेत अध्ययन–अनुसन्धानको मलिलो भूमिकारुपमा रहेकाले जिल्लामा किरात विश्वविद्यालय स्थापनाको अवधारणा अघि सारिएको नेपाल आदिवासी जनजाति महासंघ, […]

कोमल ओलीलाई भित्र्याउँदै एमालेले भन्यो ‘पाँचवर्षभित्र सबैलाई घर र रोजगार’

दाङ, १० असोज । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले अबको चुनावमा एमालेलाई कसैले रोक्न नसक्ने बताएका छन् । नेकपा (एमाले) दाङले सोमबार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले राष्ट्रका सामु आएका कठिन चुनौतीमा एमाले उत्तीर्ण भएको भन्दै लोकतन्त्रको रक्षा एमालेले मात्र गर्न सक्ने दाबी गरे । काँग्रेसले बोकेको लोकतन्त्र नक्कली भएको उनको आरोप थियो । […]

अमेरिकाले हवाई आमक्रण गर्दा ८४ सर्वसाधारण मारिए

एजेन्सी । इस्लामिक स्टेट्सको बलियो प्रभाव रहेको सिरियाको राका शहरनजिकै भएको अमेरिका आवद्ध हवाई आक्रमणमा कम्तीमा ८४ सर्वसाधारण मारिएका छन्. । मारिएका यी ८४ व्यक्तिमा दर्जनाँैको संख्यामा बालबालिका रहेका ‘ह्युम्यान राइट्स वाच’ (एचआरडब्लू) ले जानकारी दिएको छ । यस आक्रमणमा परी आईएस लडाकू पनि मारिएका छन् । तर ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको एचआरडब्लूले जानकारी […]

इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामा नेपाल च्याम्पियन

काठमाडौं, १० असोज । इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सोमबार भएको उक्त प्रतियोगिताका नेपालले सर्वाधिक १९ स्वर्ण जितेको हो । नेपालले १६ रजत र ४२ कांस्यपदक पनि हात पार्न सफल भयो । राष्ट्रिय तेक्वान्दो संघ नेपालको सहयोगमा अन्तर्राष्ट्रिय मार्सल आर्ट एकेडेमीद्वारा आयोजित उक्त प्रतियोगितामा भारतले तीन स्वर्ण, छ […]

१३ औं सागमा २५ खेल समावेश गरिने

काठमाडौँ, ९ असोज । नेपाल ओलम्पिक कमिटीले आगामी १३ आँै साउथ एशियन गेम्समा २५ खेल समावेश गर्ने भएको छ । आगामी सन् २०१९ मार्च ९ देखि १८ गतेसम्म काठमाडौँ र पोखरामा हुने सागमा एथलेटिक्स, बास्केटबल, बक्सिङ, धनुकाँड, ब्याडमिण्टन, साइक्लिङ, फेन्सिङ, फुटबल, ह्याण्डबल, जुडो, कबड्डी, सुटिङ, स्क्वास, पौडी, तेकाण्दो, टेनिस, टेबुल टेनिस, ट्राथलन, भलिबल, भारोत्तोलन, कुस्ती, […]

भारतबाट नेपाल फर्कन लागेका नेपाली सीमामा धमाधम लुटिन थाले

भीमदत्तनगर, ९ असोज । भारतमा काम गरेर दशैँ पर्व मनाउन घर फर्किन लागेका नेपालीहरु सीमा क्षेत्रमा धमाधम लुटिन थालेका छन् । प्रत्येक वर्ष यसरी नै सीमा क्षेत्रमा नेपालीहरु लुटिने गरेका छन् । यसैक्रममा पाँच जना नेपाली भारतमा लुटिएको खबर छ । भारतको बागेश्वरमा मजदुरी गरेर फर्किरहेका दैलेख तिलेपाटा नगरपालिका–५ का लक्ष्य नेपाली, नवराज नेपाली, भरत […]

नाक्चे नाग्ला र हिल्सा नाका खोलेर कर्णालीमा बेरोजगारी समस्या हटाउने प्रचण्ड घोषणा

कालीकोट, ९ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनसँग जोडिएका कर्णालीका दुई नाका खोलिएमा बेरोजगारीको समस्या हल हुने बताएका छन् । पार्टी कामको शिलशिलामा कर्णालीको कालिकोट पुगेका नेता प्रचण्डले कर्णालीको नाक्चे नाग्ला र हिल्सा नाका खोलेर कर्णालीका युवाहरुलाई रोजगारी दिन सकिने बताए । त्यसले कर्णालीकाे बेराेजगारी समस्या समाधान हुने उनकाे भनार्इ थियाे […]

संसदमा गणपूरक संख्या पुग्नै छाड्यो । संसदमा जाँदै जाँदैनन सांसदहरु

काठमाडौँ, १० असोज । व्यवस्थापिका–संसद्को सोमवारको बैठकमा आवश्यक संख्या नपुग्दा महत्वपूर्ण विधेयकको कार्यसूची दशैँपछिका लागि सरेको छ । बडादशैँ तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सांसद व्यस्त हुन थालेपछि आजको पहिलो बैठकका कार्यसूचीमा रहेकामध्ये तीन विधेयक मात्र पारित भएका छन् । सांसद्को पातलो उपस्थिति भएपछि अब दशैँपछि अर्थात् यही असोज २० गते मात्र बैठक बस्ने […]