भारतमा बेचिएकी किशोरी र बालिकालाई दिल्लीको कोठीबाटै उद्धार

चितवन, २१ असोज । मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरेको छ । भारतस्थित केआई नेपालका प्रतिनिधिद्वारा शुक्रबार चितवन घर भएकी १७, १८ वर्षकी किशोरीको उद्धार गरिएको केआइ नेपाल चितवनकी संयोजक केमिका घिमिरेले जानकारी दिइन । भारतको दिल्लीस्थित एक कोठीबाट उद्धार गरिएकी […]

विद्यालयका लागि ९ लाख सहयोग

झापा, २१ असोज । झापा गाउँपालिका–६ मा रहेको भृकुटी आधारभूत विद्यालयको भवन निर्माणका लागि अमेरिकाको टेक्सास राज्यमा कार्यरत नेपालीको संस्था नेपाली समाज टेक्सासले रु नौ लाख सहयोग गरेको छ । समाजका सभापति कृष्ण लामिछानेले शुक्रबार विद्यालयमा पुगेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा समाजका अध्यक्ष लामिछानेले […]

सौराहाका सबैजसाे हाेटलमा अब स्विमिङ पुल बनाइने

चितवन । पर्यटकीय नगरी सौराहामा होटल मा मात्रै सात अर्ब रुपैयाँ लगानी भएको छ। सौराहामा साना ठूला गरि १ सय १० वटा होटल संचालनमा छ।क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले सौराहाका होटलमा सात अर्ब रुपैयाँ भन्दा बढी लगानी भइसकेको बताए।सौराहामा अहिले होमस्टेदेखि सुविधा सम्पन्न होटल संचालनमा छ।सौराहामा रहेका होटलमा अहिले स्विमिङ पुलदेखि अरु सुविधा थप्ने […]

१३.६ मेगावाटको थापाखोला जलविद्युत् निर्माण

मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका– १ टुकुचेमा १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना निर्माण भएको छ । आयोजनाबाट उत्पादित विद्युत् तिहार अघिनै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ ।माउण्ट कैलाश इनर्जी प्रालिले आयोजनाको बाँध, सुरुङ, फोरवे, पेनस्टक, पावरहाउस निर्माण र उपकरण जडान सकिएपछि भदौको पहिलो हप्तादेखि परीक्षण उत्पादन शुरु गरेको हो ।    असोज अन्तिममा […]

दैनिक एक मुठी अनार खाएमा यस्ता फाइदै फाइदा

काठमाडौं, १७ असोज — अनार खान मीठो हुन्छ र स्वास्थ्यलाई पनि यसले खुबै फाइदा गर्छ । दिनदिनै अनार दानाहरू खानुभएमा स्वास्थ्यसम्बन्धी समस्याहरू भाग्छन् । पाचन क्रिया अनारमा फाइबर भरपूर हुन्छ । यसले पाचन क्रिया ठीक पार्छ र पेटसम्बन्धी समस्या हटाउँछ । क्यान्सर अनारमा भएका गुणले स्तन, प्रोस्टेट र फोक्सोको क्यान्सरबाट बच्न सकिन्छ । कोलेस्ट्रोल अनारमा […]

कुन रोगको औषधि कति बेला खाने ?

हामी धेरैजसो केहि न केही औषधि सेवन गरिरहेका छौं । घर परिवारका सदस्यहरु औषधि सेवन गरिरहेका हुनसक्छन् । जस्तो कोही उच्च रक्तचापको, कोही मधुमेहको, कोही कालोस्टोरको । हामी औषधि त सेवन गर्छौ, तर त्यसलाई कुन समयमा सेवन गर्ने भन्ने कुरामा खास ख्याल गर्दैनौं । वास्तविकता के भने, कुनैपनि रोग ठीक पार्नका लागि औषधि सेवन गर्ने […]

अमेरिकी बमवर्षक विमान खसाइदिने उत्तर कोरियाको चेतावनी

एजेन्सी । उत्तर कोरियाली विदेशमन्त्री रि योङ होले अमेरिकाले आफ्नो देशमाथि युद्धको घोषणा गरेको भन्दै अमेरिकी बमवर्षक विमान खसाइदिने चेतावनी दिएका छन्। सप्ताहन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोङ उनसहित उत्तर कोरियाली नेतृत्व ‘लामो समय नटिक्ने’ ट्विट गरेको बारे प्रतिक्रिया दिँदै विदेशमन्त्री रिले यस्तो चेतावनी दिएका हुन्। ‘गत सप्ताहन्तमा ट्रम्पले हाम्रो नेतृत्व लामो समय नटिक्ने […]

के अमेरिका र उत्तर काेरियाबीच युद्ध हाेला ?

काठमाडौं, १० असोज । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनबीच चर्को शाब्दिक आक्रमण तथा पारस्परिक अपमानको शृंखला चलिरहँदा कोरियाली प्रायद्वीपमा युद्धको सन्त्रास छाएको छ । उत्तर कोरियाले लगातार आणविक तथा क्षेप्यास्त्र परीक्षण गरिरहँदा अमेरिकाले अघिल्लो हप्ता कोरियाली प्रायद्वीपको उत्तर कोरियाली तटनजिक हवाई आक्रमणको पूर्वाभ्यासस्वरूप लडाकु विमानहरू उडाएको थियो । यसका […]

विप्लव चंगा चेटमा च्याम्पियन

काठमाडौँ,११ असाेज । नेपालीको महान् पर्व विजयादशमीको अवसरमा आयोजित चंगा चेट प्रतियोगितामा विप्लप डंगोल च्याम्पियन भएका छन् । नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–८ इकाई समितिको आयोजनामा गौशलास्थित कैलाशडाँडामा भएको उक्त प्रतियोगितामा विकास श्रेष्ठ दोस्रो र समर्पन दवाडी तेस्रो भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः आठ, पाँच हजार र दुई हजारसहित ट्रफी […]

छिमेकी महिलालार्इ कुटीकुटी हत्या

जनकपुर, १० असोज । धनुषामा एक महिलाको हत्या भएको छ । विदेह नगरपालिका-५ मुरिबा बस्ने लक्ष्मी मण्डलकी श्रीमती ३५ वर्षकी मोहिनी मण्डलको कुटाईबाट हत्या भएको हो । मंगलबार बेलुका ७ बजे कुटपिट गरि हत्या भएको प्रहरीले जनाएको छ । बच्चाहरुमा झगडा हुँदा छिमेकी रामबहादुर मण्डलले ती महिलालाई कुटपिट गरेपछि घटनास्थलमै ज्यान गएको स्थानीय बासिन्दाले बताएको प्रहरीले जनाएको […]