बढे टेलिकमका डाटा प्रयोगकर्ता

काठमाडौँ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको फागुनसम्ममा आफ्नो डाटा सेवाका प्रयोगकर्ता १८ दशमलव १४ प्रतिशतले बढेको जनाएको छ । फागुन मसान्तसम्म डाटा सेवाका प्रयोगकर्ता ९९ लाख ५४ हजार ७ सय २२ पुगेको टेलिकमले जनाएको छ । टेलिकमका कुल ग्राहक १ करोड ९१ लाख १३ हजार ७ सय पुगेका छन् । नेपाल टेलिकमले अधिकांश जिल्लामा थ्रीजी सेवा सञ्चालन […]

ओली जनकपुरमा भारतीय झण्डा फहराउँने तयारीमा लागेकाे दावी

काठमाडौँ, २५ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणको लागि नेपाल आउन अब तीन दिन मात्रै बाँकी छन् । भारतीय एयर फोर्सको विशेष विमानमा भारतीय सेना जनकपुर आइसकेका छन् । सोमबार दिउँसो सेनाको उच्च अधिकारीसहित विमान आएको हो । जनकपुरमा मोदीको भव्य स्वागत गरिने भएको छ । सबै राजनीतिक दलका नेताहारु सडक सफाईमा […]

चौकीदार र जेलरले ललितपुर कारागारभित्रै कुटिकुटी गरे भक्तबहादुरको हत्या

काठमाडौँ, २५ बैशाख । नख्खु कारागारभित्र एक जना कैदीको ज्यान गएको छ । बर्दिया घर भएका भक्तबहादुर सुनारले कर्तव्य ज्यान मुद्दामा १० वर्ष ४ महिना जेल सजाय पूरा गरिसकेका सुनारको बैशाख २१ गते राति कारागारभित्रै ज्यान गएको हो । प्रहरीले बैशाख २२ गते विहान भक्तबहादुर विरामी भएको भन्दै आफन्तलाई खबर गरेको थियो । उपचारको लागि […]

प्रम ओलीले भने, ‘यो सरकार अरुजस्तो फुकीढल होइन, कोही अंकलले फू गर्दा ढल्ने’

काठमाडाैं, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको म्यान्डेट पाएको याे सरकार कसैले ढाल्न नसक्ने बताएका छन् । एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै आइतबार उनले भने, ‘यो जनताको म्यान्डेट पाएको सरकार हो। विकास गर्ने कुरामा, प्रशासनिक सुधार गर्ने कुरामा सरकार दृढ छ।’ जनताकाे विश्वास प्राप्त सरकार फुकीढल (फू गर्दा ढल्ने) नभएकाे उनकाे दाबी […]

घाँस काट्दा दाहिने हात चतलक्कै छिनियो

झापा, २५ बैशाख । झापामा घाँस काट्ने क्रममा एक व्यक्तिको हात छिनेको छ। सोमबार मेसिनमा घाँस काट्ने क्रममा जिल्लाको बाह्रदर्शी गाउँपालिका–५, कट्टडाँगीका १७ वर्षीय सद्दाम हुुसेनको बायाँ हात छिनेको हो। स्थानीय दिनेश थापाको गाई फार्ममा मेशिनमा घाँस काट्ने क्रममा हुसेनको बायाँ हातको कुहिनादेखिको तलको भाग काटिएको प्रहरीले जनाएको छ। हुसेनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको […]

पुटिनले लिए चौथो कार्यकालका लागि शपथ लिए

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार राष्ट्रपतिका रुपमा चौथो कार्यकालका लागि शपथ लिएका छन् । रुसी राष्ट्रपति भवन क्रेमलिनमा आयोजित एक समारोहमा उपस्थित ५ हजार विशिष्ट पाहुनाहरुको उपस्थितिमा उनले आगामी ६ वर्षका लागि शपथ लिएका हुन् । उनी गत मार्चमा भएको निर्वाचनबाट चौथो पटकका लागि राष्ट्रपति पदमा निवार्चित भएका थिए । शपथ लगत्तै पुटिनले […]

अमेरिकामै पुगेर फ्रान्सेली राष्ट्रपति म्याक्रोनले गरे ट्रम्पवादको विरोध (भिडियो)

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले राष्ट्रवाद र आइसोलेसनिजमको विरोध गरेका छन् । अमेरिकाको तीन दिने भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति म्याक्रोनले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा राष्ट्रवाद र आइसोलेसनिजमको विरोध गरेका हुन् । राष्ट्रवाद र आइसोलेसनिजम् दुवै विश्वव्यापी समृद्धिका लागि घातक र चुनौतिपूर्ण रहेको म्याक्रोनले बताए । म्याक्रोनको भाषणालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिले अमेरिका […]

अन्ततः प्रचण्ड र केपी ओलीबीच यस्तो सहमती, एमाले–माके कार्यकर्ता खुसीले गदगद

काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । मंगलबार भएको छलफलका क्रममा दुवै अध्यक्षले २ पार्टी एकता घोषणाको मिति तय गरेको छ । स्रोतका अनुसार ओली-प्रचण्डले लेलिन जयन्तीका दिन भएको विवादको टुंगो लगाउँदै सरप्राइज दिन ५ मे अर्थात मार्क्स जन्मजयन्तीको […]

बयान दिदाँ दिदै डिएसपी गृहबाटै गायव, सुन काण्ड र सनम हत्या प्रकरण झनै रहस्यमय बन्यो

काठमाडौं, १२ वैशाख । ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयमा बयान दिइरहेका डिएसपी सञ्जय राउत एक्कासि बेपत्ता भएका छन् । बयान नसकिँदै मंगलबार अपरान्ह राउत बेपत्ता भनेपछि घटनामा नयाँ रहस्यमय मोड आएको छ भने छानविन समितिका सदस्यहरूमाथि शंका उब्जिएको छ । उनी बयान नसकिँदै अचानक फरार भएपछि पक्राउ गर्न गृह मन्त्रालयमा […]

एमाले-माओवादीको संयुक्त कार्यक्रममा झण्डै मारामार (भिडियो)

काठमाडौं,९ वैशाख । एमाले-माओवादीको संयुक्त कार्यक्रम सुरु नहुदै लफडा सुरु भने सुरु भएको छ । राष्ट्रिय सभागृहमा पार्टी एकता संयोजन समितिले आयोजना गरेको नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीको कार्यक्रमको व्यानरमा मार्क्स र लेनिनको तस्बिर नभएको भन्दै माओवादी निकटहरुले नाराबाजी गरेए । विरोध भएपछि व्यानरलाई हटाइएको छ । लेनिन जयन्तीको अवसर पारेर एमाले-माओवादीले संयुक्त रुपमा आयोजना […]