काठमाडौं, १२ वैशाख । ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयमा बयान दिइरहेका डिएसपी सञ्जय राउत एक्कासि बेपत्ता भएका छन् । बयान नसकिँदै मंगलबार अपरान्ह राउत बेपत्ता भनेपछि घटनामा नयाँ रहस्यमय मोड आएको छ भने छानविन समितिका सदस्यहरूमाथि शंका उब्जिएको छ । उनी बयान नसकिँदै अचानक फरार भएपछि पक्राउ गर्न गृह मन्त्रालयमा […]
Author: Nonstop Khabar
एमाले-माओवादीको संयुक्त कार्यक्रममा झण्डै मारामार (भिडियो)
काठमाडौं,९ वैशाख । एमाले-माओवादीको संयुक्त कार्यक्रम सुरु नहुदै लफडा सुरु भने सुरु भएको छ । राष्ट्रिय सभागृहमा पार्टी एकता संयोजन समितिले आयोजना गरेको नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीको कार्यक्रमको व्यानरमा मार्क्स र लेनिनको तस्बिर नभएको भन्दै माओवादी निकटहरुले नाराबाजी गरेए । विरोध भएपछि व्यानरलाई हटाइएको छ । लेनिन जयन्तीको अवसर पारेर एमाले-माओवादीले संयुक्त रुपमा आयोजना […]
वीरगञ्ज महानगरपालिका र नारायणी यातायात कार्यालयमा शक्तिशाली बम, कर्मचारीको भागाभाग
काठमाडौं, ६ बैसाख । वीरगञ्ज महानगरपालिकाको कार्यालयमा बम भेटिएपछि कर्मचारीहरुको भागाभाग परेको छ । महानगर प्रमखु विजय सरावगीको कार्यकक्षभन्दा बाहिर रहेको भर्याङ छेउमा बम फेला परेको हो । रातो कपडाले बेरेर डल्लो पारिएको जस्तो वस्तु फेला परेपछि आतङ्कित भएर कर्मचारीहरुको भागाभाग परेको प्रत्यक्षदर्शीले संचारकेन्द्रलाई जानकारी दिएका छन् । बम भेटिएपछि कर्मचारीहरुले बाहिर निस्केर प्रहरीलाई खबर गरेका […]
मध्यरातमा माल्डिनो एयरको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गबाट चिप्लिएर घाँसे मैदानतिर
काठमाडौं, ६ बैसाख । मालिन्डो एयरको विमान बिहिबार राती ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौँबाट मलेसियाको क्वालालम्पुर उडान भर्ने क्रममा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ । काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार विमानमा १ सय २२ जना यात्रु सवार थिए । घटनामा कुनै पनि मानवीय क्षति नभएको पोखरेलले […]
श्रीमतीको मोवाइलका कारण लुकेर बसेका दिपक मनाङे परे यसरी गिरफ्तार
काठमाडौं, ६ बैसाख । फरार अभियुक्त तथा गुण्डा नाईके दीपक मनाङ्गे पक्राउ परेका छन् । प्रदेश ४ का प्रदेशभासभा सदस्य समेत रहेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । मनाङ्गेलाई स्वयम्भू तिनधारामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको परिसरका प्रवक्ता एवं डीएसपी मोहन थापाले बताए । १ सय ९२ मुलुकका प्रहरीको सर्वाधिक खोजीमा रहेका मनाङेलाई […]
महासंघमा रहेको ‘सिन्डिकेट’ विरुद्ध पत्रकारहरु आन्दोलनमा
काठमाडौँ, ६ बैशाख । नेपाल पत्रकार महासंघको प्रदेश चुनावमा ‘सिण्डिकेट’ लगाइएको भन्दै पत्रकारहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । महासंघ सबै पत्रकारको साझा संगठन भएको तर तीन संगठनले सिण्डिकेट लगाइएको भन्दै विभिन्न ७ ओटा पत्रकार संगठन संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् । नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र निकट पत्रकार संगठनहरुले सिण्डिकेटको घोषणा […]
विर्तामोडले जित्यो पाँचथर गोल्डकपको उपाधी
ताप्लेजुङ । पाँचथर गोल्डकपको उपाधि बिर्तामोड युनाइटेड झापाले हात पारेको छ । पाँचथर सदरमुकाम फिदिममा आइतबर सम्पन्न प्रतियोगितामा न्यू स्टार सुनसरीलाई १–४ गोलको फराकिलो अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो । जितसँगै झापाले ३ लाख ५ हजार सहित ट्रफी हात पारेको छ । उप–विजेता सुनसरी १ लाख ५० हजारमा चिक्त बुझायो । अन्तिम प्रतिष्पर्धामा […]
मालपोत, नापीदेखि भूमिसुधार कार्यालय खारेज, तर अझै मानेनन कर्मचारीले छोड्न
काठमाडाैं । औपचारिकरूपमा जिल्लास्थित सरकारी कार्यालय खारेज भए पनि व्यावहारिक कठिनाइले स्थानीय तहलाई हस्तान्तरण गर्न भने अझै केही समय लाग्ने भएको छ। सरकारले गत चैत २८ गते बुधबार जिल्लास्थित अधिकांश सरकारी कार्यालयहरू औपचारिकरूपमा खारेज गरेको थियो। खारेज गरिएका कार्यालयहरूमा जिल्लास्थित मालपोत कार्यालय, नापी कार्यालय, भूमि सुधार कार्यालय, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, वन कार्यालय, […]
सरकारले सगरमाथासहित हिमाली क्षेत्रको राजश्व उठाउने जिम्मा सुम्पियो एनजिओलार्इ
काठमाडाैं । पर्यटन विभागले हिमाल आरोहीले गर्ने फोहोरको नियमसम्बन्धी अधिकार गैरकानुनी रुपमा एक गैरसरकारी संस्था एनजीओलाई दिईरहेको खुलासा भएको छ । सगरमाथा प्रदुषण नियन्त्रण समिति नाम एनजीओलाई विनाप्रतिस्पर्धा पर्यटन फिर्ता गर्ने अधिकार दिएको छ । सगरमाथा प्रदुषण नियन्त्रष समिति नाम एनजीओलाई बर्षौदेखि हजारौँ डलर धरौटी फिर्ता गर्ने अधिकार दिएको छ । पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को […]
प्रम ओलीलार्इ टेरेनन कर्मचारीले, ओली कडीकडाउ भाषणमा, कर्मचारी अटेर गर्दै धमाधम विदेशतिर
काठमाडाै । विदेश भ्रमण नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन लत्याउँदै नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० का वैज्ञानिकहरू विदेश भ्रमण गइरहेका छन्। नार्क स्रोतका अनुसार फागुन र चैतमा गरी करिब तीन दर्जन कृषि वैज्ञानिकले विदेश भ्रमण गरेका छन्। यसबाहेक करिब एक दर्जन प्राविधिक ९राजपत्रअनंकित० कृषि अनुसन्धानका नाममा विदेश भ्रमणमा गएका छन्। थप दर्जनजति कृषि वैज्ञानिक […]











