सन्दिप लामिछाने चम्किएपछि मुम्वइ इन्डियन्स आइपीएलमा पराजित

काठमाडाैं । नेपालका चर्चित युवा खेलाडी सन्दिप लामिछाने चम्किएपछि अाइपीएलमा मुम्बइ इन्डियन्स दिल्ली डेयरडेभिल्स पराजित भएकाे छ । दिल्लीसँग ११ रनले पराजित भएसँगै मुम्बई इण्डियन्स एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्लेअफमा पुग्न असफल भएको छ।

नयाँ दिल्लीस्थित फिरोज शाह कोट्ला मैदानमा दिल्लीले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याएको मुम्बई १९.३ ओभर खेल्दै १६३ रनमा अलआउट भयो। दिल्लीसँग ११ रनले पराजित भएसँगै मुम्बई आइपीएलबाट बाहिरिएको हो।

मुम्बईका लागि इभन लुइसले ४८ र बेन कटिङ्गले ३७ तथा हार्दिक पाण्ड्याले २७ रनको योगदान गरेपनि हार टार्न सकेनन्। लुइसले ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दा बेनले २ चौका र ३ छक्का तथा पाण्ड्याले २ चौका र १ छक्का प्रहार गरे।

कप्तान रोहित शर्माले १३ रन बनाउँदा सूर्यकुमार यादवले १२ रन जोडे। बलिङतर्फ सन्दिप लामिछाने, हर्षल पटेल र अमित मिश्राले ३–३ विकेट लिए। ट्रेन्ट बोल्टले १ विकेट झारे।

यसअघि घरेलु मैदानमा टस जितेर पहिले व्याटिङ्ग गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७४ रन बनायो। दिल्लीका लागि ऋषभ पन्तले ४४ बलमा ६४ रन बनाए। ४ चौका र ४ छक्का उनले प्रहार गरे।

विजय शंकरले ३ चौका र २ छक्कासहित नटआउट ४३ रन बनाए। ग्लेन म्याक्सवेलले २२, अभिषेक शर्माले १५, पृथ्वी शाले १२ रन जोडे। बलिङतर्फ क्रुनाल पाण्ड्या, जसप्रित बुमराह र मायन्क मार्कन्डेले १–१ विकेट लिए।

Loading...