मापसे गरेर सवारी चलाउने महिलाको संख्या ह्वात्तै बढे

काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालु आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ । आव २०७४/७५ मा ३२६ महिलाले मापसे सम्बन्धी चेतनामूलक कक्षा लिएका थिए । चालु आवको […]

काव्य स्कूलमा प्रहरी विद्यालय समन्वय समिति गठन

काठमाडौँ, ११ मंसिर । गृह मन्त्रालयले गत कार्तिक ११ देखि शुरु गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काव्य स्कूल नयाँबानेश्वरमा ११ सदस्यीय ‘विद्यालय-प्रहरी समन्वय समिति’ गठन गरिएको छ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेको उपस्थितिमा सो समिति गठन गरिएको हो । विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाको संयोजकत्वमा गठित सो समितिमा नयाँबानेश्वर […]

ताइवानमा अमेरिकालाई ठूलो झड्का, अमेरिका-चीन सम्बन्धमा दरार आउने संकेत

एजेन्सी । शनिबारको स्थानीय निर्वाचनमा ताइवानको सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डिपीपी) ले हार बेहोरेपछि क्षेत्रीय सन्तुलनमा फेरबदल हुने प्रक्षेपण गरिएको छ । बेइजिङसँग नजिक मानिएको कओमिनटाङ (केएमटी) पार्टीको जीतसँगै सन् २०२० को राष्ट्रपति निर्वाचनमा पनि यसको प्रभाव देखिने अनुमान गरिएको छ । यो नतिजाले अमेरिका–चीन सम्बन्धमा पनि असर पुग्ने छ । शनिबारको निर्वाचनअघिसम्म डिपीपीले ताइवानको […]

प्रहरी जवानको टिभी हाकिमले यसरी चोरे

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी हवल्दार र जवानहरुले खरिद गरेर राखेको टिभी हाकिमले चारेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ । आफूहरुले हेर्ने गरेको टिभी २०७४ साउन ७ गते चोरी भएको भन्दै पीडित प्रहरीहरुले प्रहरी महानिरीक्षकलाई सम्बोधन गरी उजुरी हालेका हुन् । उक्त उजुरीमा हाल अवकाश पाएका तत्कालीन लेखापाल नारायण भण्डारी र […]

भाषा विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं, १० मंसिर । भाषाको नीतिगत, संरचनागत र प्रयोगिक क्षेत्रमा अनुसन्धान गर्नका लागि दुईदिने ‘उनन्चालिसौँ भाषा विज्ञान समाजको वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन’ कीर्तिपुरमा शुरु भएको छ। भाषा विज्ञान समाज र त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागको आयोजनामा भइरहेको सो सम्मेलनमा शब्द, वर्णको व्यवस्था कस्तो, कुनै भाषाको ध्वनिको संरचना, शब्दहरु कसरी बन्दछन्, वाक्यको संरचना, शब्दको अर्थ कसरी […]

अब एसएलसी र आइएवाला शिक्षकले पढाउन नपाउने, तोकियो शिक्षकको न्यूनतम शैक्षिक योग्यता स्नातक

काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर हुनुपर्ने प्रस्ताव गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय तथा शिक्षण संस्था संचालन ऐन २०७५मा सो व्यवस्था गरिएको हो । मन्त्रालयका सहसचिव सुर्यप्रसाद गौतमको समितिले तयार गरेको ऐनको प्रारम्भिक मस्यौदाको परिच्छेद ३ मा आधारभूत तह र माध्यमिक तहका विद्यालय […]

व्यापार घाटाले आकाश नाघ्यो, २३ अर्ब निर्यात ३७३ अर्ब आयात

काठमाडौं, १० मंसिर । आर्थिक आर्थिक वर्षको तीन महिनामा कूल वस्तु निर्यात १६ दशमलव १ प्रतिशतले वृद्धि भई २३ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ दशमलव १ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार भारततर्फ २० दशमलव २ प्रतिशत, चीनतर्फ १४ दशमलव ४ […]

ढोरपाटनमा आगो लाग्दा ४४ घर जलेर पूर्ण रुपमा ध्वस्त

बागलुङ, १० मंसिर । बागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आइतबार बिहान आगलागी हुँदा ४४ घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने ४ घरमा आंशिक रुपमा क्षति पुगेको छ । आइतबार बिहान ३ बजे बस्तीमा लागेको आगो बिहान ८ बजे नियन्त्रणमा आएको थियो । आगलागीबाट ३ करोड ३० लाख ८० हजार बराबरको क्षति भएको इलाका […]

ला लिगामा बार्सिलोनालाई उछिन्दै सेभिल्ला पुग्यो शीर्ष स्थानमा

काठमाडाैं । सेभिल्ला बार्सिलोनालाई पछि पार्दै स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा रियल भालाडोलिडमाथि १–० को जित निकाल्दै सेभिल्ला शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदानमा भएको खेलमा सेभिल्लालाई जिताउन आन्द्रे सिल्भाले गरेको गोल नै निर्णायक बन्यो। इटालियन क्लब एसी मिलानबाट लोनमा आएका सिल्भाले क्लबका लागि […]

मध्यराती घरमा आगलागी हुँदा परिवारका चार जनाको जलेर मृत्यु

झापा । झापाको शिवसतासी नगरपालिका-७ लाल्झोडामा आगोले जलेर एकै परिवारका चार सदस्यको ज्यान गएको छ । घरमा अचानक लागेको आगोले जलेर उनीहरूको मृत्यु भएको हो । खनालको घरमा राति सवा १० बजेतिर आगो लागेको देखेको स्थानीयले बताएका छन् । स्थानीय भानु माध्यमिक विद्यालयबाट २० मिटर नजिक रहेको खनाल परिवारकको घरमा सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी […]