जापान सरकारले नेपालीलार्इ श्रम अनुमति दिने

काठमाडौँ, १० पुस । जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएको छ । केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको हो । जापानी अखवार द जापान टाइम्सले जापनी मन्त्रिपरिषद्को आजको बैठकको निर्णय भन्दै […]

बहत्तर बैशाखको भुकम्पले भत्काएका ३ लाख ३७ हजार ३१९ घर ठड्याइए

Earthquake-Nepal

काठमाडौँ, १० पुस । गोरखा भूकम्पले भत्किएका तीन लाख ३७ हजार ३१९ घर पुनर्निर्माण सम्पन्न भएको छ । अनुदान सम्झौता गरेकामध्ये ४५ प्रतिशत घर बनेको छ । निर्माणाधीन घर सङ्ख्या दुई लाख ३३ हजार ३४३ पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरण स्थापना भएको तीन वर्ष पुगेको अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रमुख […]

लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट’ हुने

काठमाडौँ, १० पुस । नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यले ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट–२०१८’ आयोजना गरिने भएको छ । आगामी पुस २६ देखि २८ गतेसम्म लुम्बिनी र भैरहवामा आयोजना हुने मार्टमा १५० भन्दा बढी मुलुकको सहभागीतासहित स्वदेशी र विदेशी गरी करीब १०० वक्ता र ४० को हाराहारीमा ब्लगरले भाग लिनेछन् । हालसम्म दक्षिण […]

बस अपहरण गर्न लाग्दा अनियन्त्रित बसले ठक्कर दिँदा ५ को मृत्यु २१ घाइते

एजेन्सी । चीनको पूर्वी क्षेत्र फुजियान प्रान्तमा मङ्गलबार एक व्यक्तिले गाडीको चालकलाई चक्कू देखाई गाडी अपहरण गर्न खोज्दा भएको बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् । चक्कूधारी व्यक्तिले बसलाई अपहरण गरेर लाने क्रममा स्थानीय समयानुसार दिउँसो ३ः२० बजेमा बस पैदलयात्रीसँग ठोक्किएको चिनियाँ राज्य सञ्चालित समाचार संस्था […]

निर्वाचन नजिकिँदै गर्दा १० हजार ५०० विपक्षी गिरफ्तार

एजेन्सी । बङ्गलादेशको प्रहरीले निर्वाचनका समय नजिकिँदै गर्दा एक हप्तामा विपक्षी दलका करिब १० हजार ५०० कार्यकर्तालाई प्रक्राउ गरेको प्रतिपक्षी दलहरूले मङ्गलबार जनाएका छन् । संयुक्त राज्य अमेरिकाले बङ्गलादेशको प्रधानमन्त्री शेख हसिनाको सरकारलाई निर्वाचन स्वच्छ तथा स्वतन्त्ररूपमा सम्पन्न गर्न सरकारबाट विश्वासको वातावरण बनाउन गरेको आग्रहपछि प्रतिपक्षबाट उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । तेस्रो कार्यकाल सम्पन्न […]

फेवा किनारमा देशका बरिष्ठ साहित्यिक दिग्गजहरुले यसरी गरे गरमा गरम बहस

पोखरा, ९ पुस । पर्यटकीय नगरी पोखरास्थित फेवाताल किनारामा बुकवर्म फाउण्डेशन र ¥याण्डम रिडर्स सोसाइटीद्वारा आयोजित आइएमई नेपाल साहित्यिक महोत्सवअन्तर्गत आज विभिन्न समसामयिक विषयमा चर्चा–परिचर्चा गरियो । महोत्सवमा लेखक साहित्यकारसँगै सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । लेखकका पुस्तक किन्ने र उनीहरूसँग ‘अटोग्राफ’ लिँदै लेखक तथा पाठकबीचको भलाकुसारी र कार्यक्रमस्थल बाराही चोकमा दिनभरि देखिएको थियो । महोत्सवअन्तर्गत […]

जनयुद्धकालीन गम्भीर घाइतेहरुलाई विदेशमा उपचार गर्न गृहमन्त्रालयले जनायो सहमति

काठमाडौँ, ९ पुस । जनयुद्धकालका गम्भीर घाइतेहरुलार्इ अावश्यकताका अाधारमा विदेशमा समेत उपचार गर्न गृहमन्त्रालय तयार भएकाे छ । विभिन्न माग राखेर अनसन बस्दै आएका जनयुद्धका घाइते तथा अपाङ्ग याेद्धाहरुसँग मंगलबार गृहमन्त्रालयले उक्त सहमति जनाएकाे छ । गृहकाे उक्त सहमतिपछि घाइतेहरुले अनसन ताेडेका छन् ।  छलफलमा चार बुँदे सहमतिपछि गत मङ्सिर २७ गतेदेखि चलेको अनसन तोडिएको हो […]

नक्कली जग्गाधनी खडा गरी एउटाको जग्गा अर्कैलाई बेच्ने मालपोत कार्यालयका १६ कर्मचारी विरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ, ९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री गरेको अभियोगमा मालपोत कार्यालय चावहिलका कर्मचारीसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार चन्दनकृष्ण कायस्थको नाममा रहेको बूढानीलकण्ठ नगरपालिका, साबिक विष्णु गाविस–७ को कित्ता नं ३२३, ३२५ र ३२९ गरी जम्मा दुई रोपनी आठ […]

कानुन विपरित स्वास्थ्य मन्त्रालयले चार करोड बाँडेको खुलासा

काठमाडौँ, ९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानुन विपरित उपचार खर्च भन्दै चार करोड बाँडेको थाहा भएको छ । मन्त्रालयले कस्ता व्यक्तिलाई सो रकम बाँडेको हो भन्ने कुरा सार्वजनिक भएको छैन । मन्त्रालयबाट मनपरी राज्यको ठुलो रकम वितरण हुन थालेपछि त्यसलाई व्यवस्थित गर्नका लागि जनस्वास्थ्य विधेयक २०७५ जारी गरिएको थियो । नयाँ जारी भएको […]

अख्तियारको वार्षिक प्रतिवेदन भन्छ नेपालमा सबैभन्दा बढी भ्रष्टाचार शिक्षामा 

काठमाडौँ, ९ पुस । शिक्षा मन्त्रालय र अन्तर्गतका निकायमा सबैभन्दा बढी अनियमिता हुने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सार्वजनिक गरेको २८ औँ वार्षिक प्रतिवेदनमा आव २०७४/०७५ मा शिक्षा क्षेत्रमा १८ दशमलव ३२ प्रतिशत उजुरी परेको उल्लेख गरिएको छ । त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित १८ दशमवल ०२, भूमिसम्बन्धी ६ […]