काठमाडौँ, १२ माघ । इन्टरनेट सेवा (इसेवा) बाट आर्थिक कारोवार गर्नेको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै आएको छ । नेपालमा पहिलोपटक इसेवा सञ्चालन गर्दै आएको हात्तीसारस्थित इसेवा प्रालि,का अनुसार ७५ लाख व्यक्तिले उक्त सेवा लिइरहेका छन् । कम्पनीका अध्यक्ष विश्वास ढकालले इसेवाको देशभर ४५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको बताए । इसेवाको मोबाइल एप्स् […]
Author: Nonstop Khabar
अस्थायी शिक्षक परीक्षा : आफ्नै विद्यार्थीसँग असफल
काठमाडौँ, १२ माघ । शिक्षाशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गर्नुभएका शिक्षक रामहरि सिग्देललाई विद्यालय शिक्षामा आफ्नो १५ वर्षको मेहनत खेर गएको महसुस भएको छ । नुवाकोटस्थित भूमिदेवी माविमा अङ्ग्रेजी विषय पढाउने उहाँ अस्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगले लिएको आन्तरिक प्रतियोगितात्मक परीक्षामा आफ्नै विद्यार्थी पुस्तासँगको प्रतिस्पर्धामा पछाडि परेपछि खिन्न भएका छन् । “कार्यरतमध्ये ७५ प्रतिशत शिक्षकका […]
नेत्रहीन महिला क्रिकेट टोली पाकिस्तान प्रस्थान
काठमाडौँ, १२ माघ । पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज खेल्न नेपालको महिला नेत्रहीन क्रिकेट टोली आज पाकिस्तान प्रस्थान गरेको छ । पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा पाँच खेलको टि–२० सिरिजका लागि नेपाली टोली पाकिस्तान प्रस्थान गरेको हो । भगवती भट्टराई बरालको कप्तानीमा रहेको टोलीमा कूल १५ खेलाडी छन् । प्रशिक्षकमा रिजन प्रजु छन् । […]
नेपालकै यस्तो गाउँ जहाँ, साठी घर घरका लागि एउटै शौचालय छ
जुम्ला, १२ माघ । चन्दननाथ नगरपालिका–५ कामीटोलका ६० घरधुरीले एउटै शौचालय प्रयोग गर्ने गरेका छन् । नगरपालिकाले निर्माण गरेको शौचालयले मात्र उनीहरूलाई पर्याप्त भएको छैन् । उक्त बस्तीमा बस्ने घरबाहेक अन्य शौचालय निर्माण गर्ने जमीन नभएका कारण सामूहिक शौचालय प्रयोग गर्न बाध्य भएका हुन् । स्थानीय ज्ञानबहादुर विकको परिवारलाई हरेक दिन बेलुका सुतिसकेपछि भोलि बिहानको […]
भारतबाट ल्याउँदै गरेका तीन लाखको अवैध सामान प्रहरीको नियन्त्रणमा
लहान, १२ माघ । प्रहरीको टोलीले सिरहाको विभिन्न स्थानबाट करीब तीन लाख मूल्य बराबरको अवैध समान बरामद गरेको छ । भारतबाट अवैध रुपमा चोरी पैठारी गरिरहेको अवस्थामा प्रहरीले सिरहाको लक्ष्मीपुर पत्तारी, महेशवारी तथा खिरौना लगायतका स्थानबाट ती सामान बरामद गरेका हुन् । इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पत्तारीबाट खटिएको टोलीले सल ७७ थान, कुर्ता १०२ थान […]
७८ वर्षीया वृद्धाले घरको छतमा बनाइन देशकै उदाहरणीय तरकारी बारी
भरतपुर, १२ माघ । भरतपुर महानगरपालिका–१० स्याउली बजारकी ७८ वर्षीया कृषक धनिकला काफ्लेको दिनचर्या कौसी र छतमा लगाएको तरकारीको स्याहारमा नै बित्ने गर्छ । परिवारका अन्य सदस्यसँगै उठेपछि नित्यकर्म सकेर उनी चियाको चुस्कीसँगै घरको छतमा उक्लिन्छिन । उमेरअनुसार भजनकीर्तन र घुमफिर गर्ने बेलामा पनि उनलाई आफ्नो पौरखमै खुशी लाग्छ । आफूलाई चाहिने तरकारी घरमै उत्पादन […]
यो साता एक अर्ब ५४ करोडको शेयर कारोवार
काठमाडौँ, १२ माघ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १० लाख ६८ हजार ६८१ मूल्य बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर १६६ कम्पनीका ५३ लाख १९ हजार ७१३ कित्ता शेयर कारोवार भएको छ । कारोवार मापक नेप्से परिसूचक साताभर ६.१४ बिन्दुले घटेर एक हजार १७२.७७ बिन्दुमा […]
अन्तर्राष्ट्रिय उडानमा नेपाल एयरलाइन्सले दियो यस्तो छुटै छुट
काठमाडौँ, १२ माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई टिकटमा छुट दिने भएको छ । निगमले काठमाडौँ–बैंकक–काठमाडौँ यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्रि इन ग्रुप फाइप’ योजनाअन्तर्गत पाँच जनाको समूहमा टिकट खरीदमा एक जनालाई टिकट निःशुल्क गराउने भएको हो । आगामी तीन महीना (जनवरी, फेबुअरी र मार्च) […]
अध्ययनले भन्छ, कलेजो प्रत्यारोपण गर्नुपर्ने मुख्य कारण मदिरा
एजेन्सी । कलेजो विग्रिएर प्रत्यारोपण गर्नु पर्नाको मुख्य कारण मदिरा रहेको एक अध्ययनले देखाएको छ । क्यालिफोर्निया–सान फ्रान्सिस्को विश्वविद्यालय मार्फत् गरिएको सर्वेक्षणको गत मंगलबार सार्वजनिक प्रतिवेदन प्रतिवेदनले मदिरा नै कलेजोसम्वन्धी रोगको मुख्य कारण भएको पाइएको देखाएको छ । कलेजो प्रत्यारोपण गरिएका ३२ हजार जनामा गरिएको सर्वेक्षणले यस्तो देखाएको सर्वेक्षणकर्ताहरूले जनाएका छन् । सन् २०१२ देखि […]
राष्ट्रपति ट्रम्पका पूर्वसल्लाहकार नै यसरी परे पक्राउ
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार रोजर स्टोन शुक्रबार पक्राउ पर्नुभएको छ । विषेश परामर्शदाता रोबर्ट मुलरको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । स्टोनलाई सात अभियोग लगाइएको न्युयोर्क टाइम्स र अन्य सञ्चारमाध्यमले मुलरको कार्यालयको स्रोतलाई उल्लेख गर्दै समाचार लेखेका छन् । झुटो वक्तव्य बनाएको, प्रक्रियागत कामहरूमा अवरोध गरेको, प्रमाणहरू बिगारेको लगायतका […]











